Posted by: pyaari kt June 17, 2009
"RECENT TOP TEN NEWS"..MAOISTS ARE TERRORISTS
Login in to Rate this Post:     0       ?        

माओवादी आक्रमणबाट भारतमा एक नेपालीको मृत्यु


बारा, (नेस) भरतका नक्सलवादी माओवादीहरूको आक्रमणमा परेर छत्तीसगढ आर्मी फोर्स (सिएएफ) मा कार्यरत् एक नेपालीको मंगलबार बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा जिल्ला निजगढ गाविस-७ का २९ वषीय सन्तोष शर्मा रहेका छन्। भारतीय सुरक्षाफौजले घरमा शव आफन्तको जिम्मा लगाएपछि शर्माको बुधबार साँझ निजगढमा दाहसंस्कार गरिएको छ।

फोर्सको छोटेडोङ र क्याम्पमा कार्यरत् शर्माको शौचालय जाने क्रममा हतियारधारी माओवादीहरूले गोली र विषालु तीरले हानेर बिहान ५ बजे हत्या गरेका हुन्। पोष्टमार्टम रिपोर्टबाट शर्माको शरीरमा चार गोली र एउटा विषालु तीर प्रहार गरिएको देखिएको उनका भाइ बैकुण्ठले बताए। सिएएफमा कार्यरत् बुबा शिवराजको सडक दुघनामा परेर मृत्यु भएपछि शर्माले सट्टामा सो फोर्समा चार वर्षघि नोकरी शुरु गरेका थिए।

Read Full Discussion Thread for this article