Posted by: ramprasadneupane June 17, 2009
हत्केलामा लिंग हुदो हो
Login in to Rate this Post:     0       ?        
हत्केलामा लिंग हुदो हो
हत्केलामा योनी हुदो हो
तिमी म लुकी लुकी कत्ति हाथ मिलाउथियौ
उन्माद्मा कत्ति ताली पिट्थ्यौ

बाटोमा हिड्दा पंजा नलगाए
कत्ति लाज हुदो हो
भिन्न भिन्न साइज़ मा पंजा पाइदो हो
भिन्न भिन्न साइज़ मा हाते कंडम पाइदो हो

खलती मा हात नहाली हिड्ने लाइ
कानून को डंडा लाग्दो हो
ती छाडा उरन्ठ्याउला हरु
हाथै देखाएर बस्दा हुन

रत्नपार्क माझ साझपख
हाथ मिलाउने बेश्या हरू
हाथ मिलाउन खोज्ने पिपासुहरू
खुलेआम लाज पाचाउदै हाथ को मोल तोल गर्दा हुन

"दशै आयो खाउला पिउला
धत्त पापी म त छुट्टै बसौला"
यो लोक भाखा गाउन बन्देज हुदो हो

"सुनीस तैले? फलानो की बूढी त फलाना संग सल्किछे
बुढो काम मा जाना साथ हाथ मिलाउन जादी रैछे
पल्ला घर की उत्ताउलि ले आफ्नै आखा ले देख्या रे
तेस्को कोठाको झ्याल बाहिर दिनहु पंजा फाल्या हुन्छ रे"

ताली पड्काउने लाइ भन्दा
देखने सुन्ने लाइ लाज
१४ बर्ष को ठिटो ले ७० बर्ष की बूढी लाइ
बेहोसै हुने  गरी हाथ मिलायेछ
कस्ता कस्ता हाथपिपासु हरू
नांगो हाथ नाचाउने हरू

लिंग दुई खुट्टो माझ हुदो हो
योनी दुई खुट्टो माझ हुदो हो
तिमी म लुकी लुकी
कत्ति लाप्पा खेल्दो हौ ?
Read Full Discussion Thread for this article