Posted by: बैरे June 17, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        
च्यङ्ग्राले केही बोलेन , हासी मात्रै राख्यो । अब भने कुरो मैले बुझे , पेटका आन्द्रा बटारिन थाले, बाटा हरु फेरी पहिलेको जस्तै मुस्कुराइ स्वागत गर्दै थिए , ति बाटा हरुले हामी लाई भुलेका थिएनन्, बिर्सेंका त हामीले थियौ , कत्ती खम्बा हरु हेर्दै बोली रहेका थिए - "मलाई सम्झिस ? यही आएर कत्ती वाक्या थिस्, याद छ ? " पहिले का कलीला रुख म र च्याङ्ग्रा लगायत कहियौ जड्या को शिचाईले अहिले जवान र हरिया देख्या थिए । सडकमा उड्ने धुलोको पनि उही सुगन्ध थियो , चार खुट्टाले टेक्दै कहियौ पटक घर तिर लाग्दा त्यो माटो सुँग्ने मौका धेरै पाएका थियौ ।

 

आफ्नो छुट्टेको परिवार लाई हेर्दै थिए । घर आउँदा बाउ को मुख देखेर हंसले ठाउँ छोडेर नशा सब उत्रे झै मेरो आँखा अगाडि त्यही पहिले को अपार्ट्मेन्ट यूनित डङ्ग उभिएको थियो ।

 

च्याङ्ग्रा - " के भयो, कहाँ हराईस ? एक छिन बस्दै गर म साचो लिएर आउछु " 
  

  
म केरेन तिर फर्के , रियाको नि हालत मेरो भन्दा कमको चाँही थिएन , उसका आँखा त झन रसाइ रहेका थिए । नेपालबाट उड्दा बादल नै छेड्ने त्यो रिया को आशु र अहिलेको रियाको आशु मा फरक धेरै थियो । त्यो आशुमा बियोगको घाऊ थियो यो आशुमा बिछोड पछीको मिलनको मलम बनेको आशु थियो ।

 

केरेन मुस्कुराउदै - " I Told you a ghost from the past will make a visit "

 

म - "But......."

 

केरेन - " Well we booked this place months in advance for a week, since the management knew that you guys lived here for such long, he didn't hesitate to say Yes "

 

रिया अझै सुक सुक गर्दै थिई , च्याङ्ग्रा आएर ढोका खोल्यो - "के भयो, किन सेन्टी ? ल ल माथि गएर रु, अहिले समान निकाल "

 

हामी समान निकाली आफ्नो पहिले को घर भित्र छिर्यौ , बद्लेको केही थिएन , त्यही पहिले कै सोफा हरु, टि.भी , भित्ता को रङ , कार्पेट चाँही नयाँ हाल्या रहेछ । हामी सबै आ- आफ्नो कोठा हेर्न गयौ, बद्लेको केही थिएन । मैले च्याङ्ग्राको उही काले तरिका ले हात मिलाए , रिया आइ अंकमाल गरी ।

 

केरेन हेरी सुक सुकाउदै थि - " So how's the surprise ?"

 

रिया - "Perfect " भन्दै केरेन लाई पनि अंकमाल गरीन्

 

भोक त खासै लागेको नि थिएन , त्यही पनि उही ईण्डियन खान जाने निधो भयो, केरेन र रिया फ्रेश हुन्छु भनी गए , च्याङ्ग्रा र म उही हामो fav spot मा गयौ , "बार्दली " । चुरोट सल्कायौ ,

 

- " कस्तो लाग्यो त ?"
 
म - " सहि छ , म बार्दली बाट सधैं झै क्षितिजमा देखिने पहाड तिर हेर्दै थिए "

 

च्याङ्ग्रा - " बैरे, जुन कथा तैले यहाँ अधुरो छोड्या थिईस्, त्यो पुरा गर्ने मौका आको छ ......"

 

च्याङ्ग्राको कुरा नसकिदै - "थहा छ मलाई , अब चाँही गल्ती हुने छैन । "

 

- "लौ लौ चाडो तान तेरो आमा हरु आयो भने फेरी पड्किन्छ "

 

हामी चुरोट तानी भित्र पसेर टि.भी हेर्दै उनिहरु लाई कुरेको झै गर्यौ , रिया बाहिर आएर फेरी घुर्न थाली , हर हरी सुगन्ध थियो कोठामा टि.भी हेर्या जस्तो गरेर के नै हुन्थ्यो ? तर उु केही बोलिन , उसलाई पनि थाहा थियो कि त्यो बार्दली को हक हामीले पुरा गरेका थियौ , सबै को सबै सँग भेट्ने ढंग हुन्छ , हाम्रो बार्दली सँग भेट्ने माध्यम चुरोट थियो , त्यसैले उु चुप थियो ।

 

खान जाने कुराको प्लान फेरी बदलियो , भोक बिशेष नलागेको ले बरु पिज्जा खाने र बेलुकी बरु ईण्डियन खान जाने निधो भयो , हुन त भोकै नलागे नि एउटा पिज्जा त कोप्ल्याउन सकिन्थ्यो त्यसैले दुइटा पिज्जा मगाइयो , बरु बिहान को निन्द्रा नपुगेकोले र भेगस को टन्टनापुर घाममा नपाक्न दिउसो थकान मारेर साझ तिर निस्किने कुरा भयो । पिज्जा हुलेर थकान मार्न बसियो सब जना आ- आफ्नो खोर तिर लागे , आफ्नो त दुईटी श्वासनी थियो त्यहाँ पनि  एक सँग सुते अर्को रिसाउने अर्को सित सुते अर्को रिसाउने , त्यसैले दुई बिच साँढेए गराइ दिउसो चाँही सोफा सँग सुतेर बेलुकी चाँही खाटको मन राख्ने भईयो ।

 

दिउसो को थकान मेटे पछी हामी भेगस घुम्न निस्क्यौ , केही बेर भेगस स्त्रिपमा घुमेर हामी ईण्डियन रेस्टुरन्ट गयौ , पहिले को नेपाली दाई त रहेनछन तर अरु नेपाली काम्दार हरु चाँही थिए । अब त त्यो सिट इन चार्ज पनि तिर्न सकिन्छ भन्दै च्याङ्ग्राले खिल्ली उडायो । खान पिन भए पछी च्याङ्ग्राले क्लब जाने कुरा निकाल्यो ।

 

केरेन - "How about we stay in tonight, we still have few days to stay, we can drinking out some other time. Let stay home and drink there instead ?"

 

म केरेनको कुरा सँग सहमत थिए, आफ्नो त ट्र्याक रेकोर्ड नै खत्तम थियो बाहिर टिल हुँदा, बरु घर मै बसेर ताने प्लेइङ सेफ हुन्थ्यो । मैले केरेन को हो माथि हो मिलाए , च्याङ्ग्राले नि कुरा बुझ्यो , त्यही पनि केरेन लाई दंग पार्न - "Anything for you Honey" थप्यो बजिया ले पाको बेला मा । रिया पनि खुशी नै देखियो ।

 

बियर त के खाइ भयो भनी उही खूब जमङ्गे जब मिलेङ्गे हम आप और (हुन त ब्याग पाइपर हो, तर पनि हामीलाई चाँही ) सिभास भन्दै सिभास र केटी हरु को लागि वाईन लिएर हामी कोठा तिर लाग्यौ । सितन को लागि चाँही उही ईण्डियन पसल मा गएर भुजिया , दाल्मोठ र विङ्स लिएर गयौ । कोठा फर्निश भए नि भाडा कुडा नभएकोले दिस्पोसब्ल प्लेट, कप र काटा चम्चा लियौ ।

 

कोठामा पुगेर नेक काम मा देरी किन भन्दै जाड खनाउन लाग्यौ । जाडमा आउँला हालेर राहु केतु भूत प्रेत हरुको चित्त बुझान छर्को हालियो , अब प्यास हाम्रो मेटाउनु मात्रै बाँकी थियो । च्याङ्ग्राले "चियर्स" भन्न जानेको थिएन " घ्याम्पे " भन्दै थियो तर मैले चाँही , "To a renewed frenship, to karen welcome to the family. To a new begining where it all started " भन्दै टोस्ट गरे ।

 

सबैले आफ्नो कप उठाए - केरेनले  " Thank You " भन्दै चुस्की लगाइ , रिया बोल्न खोजेको थिई तर सकिन तर मन बोल्या मैले चाँही सुने । पिउन अघी मैले आफुलाई जड्या बाट सोसल द्रिन्कर मा डाउन ग्रडे गर्ने प्रण गर्या थिए, सधैं नभए नि रिया को सामु चाँही , टुन हुँदा धेरै कुरा बिग्र्या थियो अब सपार्ने मौका लाई छोड्नु त भएन ।

 

सोसल द्रिन्कर भन्दा भन्दै , सितन र रात नै आधा नपर्दै बोटल चाँही आधी भएछ , लाग्या जस्तो त थिएन, कहाँ बाट रिया सँग नजर जुध्न पुग्यो ज्वाला मुखी फुट्नै आट्या रहेछ । डर ले झुम्म पारेको जाडले नि छोड्यो , अब त्यो झुम्म पार्न फेरी पिउनु पर्ने थियो तर अब पिउनु भन्या काल लाई कुत्कुताउनु हुन्थ्यो , - "मलाई त पुग्या पुग्या भयो , च्याङ्ग्रा " रिय ले सुन्ने गरी भनी - " क्या झुम्म भयो "

च्याङ्ग्रा - " बिहे नै नगरि यती ले झुम्म पर्‍यो भने, बिहे गरे पछी त तलाई बोटल देख्दा नै लाग्ला, नाटक गर्छस, तलाई नचिन्या हो र "

 

म - " होइन होइन बरु भोली कोन्टिनु गरौला "

 

केरेन ले नि कुरा बुझ्या थियो , मलाई बच्चाउन आइ - "Why do you force him, when he says its enough ? i think you too have had too much to drink"

 

रियाको ज्वाला मुखी सुस्ताउदै थियो , मैले नि त्यो सुस्ताउदै गरेको ज्वाला मुखी सँगै सास फेरे । हुन त च्याङ्ग्रा लाई पनि लाग्या त थिएन तर बजियेले चान्स मा डान्स गरु भनेर लाग्या झै गर्‍यो । - " ओई (रियालाई हेर्दै) तेरो झगडा सक्यो , मन पराउछस भने मन पराउछस भन न किन ड्रामा धेरै, ४ बर्ष सधैं म सँग कुरा हुँदा चाँही बैरे को के छ खबर भन्दै सोध्छस अहिले अगाडि पर्दा चाँही नाटक किन ?"

 

रिया लाज ले रातो भई भुई तिर आफ्नो आँखा जुधाइ , केरेन केही भनुला झै गरेकी थी तर च्याङ्ग्रा ले केरेन लाई हेरेर आँखा झिमाकायो , केरेन ले नि कुरा बुझ्यो त्यो च्याङ्ग्राको नाटक थियो र मेरो र रिया को मिलन को लागि बोली रहेको थियो भनेर । अच्चम्म त म पो परे , रियाले बिगत ४ बर्षमा मलाई भुल्न शाक्य रहेनछ , उसले अझै मलाई मन पराउने रहेछ, मेरो प्रतिक्षा अझै गरेकी रहेछ । त्यो रातको अन्धकारमा मैले आशाको बिहानी को किरण पलाएको देखे । म खुशी थिए, उफ्री उफ्री नाछु झै लाग्या थियो तर आफु लाई संहाली - "ल ल भयो भन्दै मैले च्याङ्ग्रालाई दंग पर्दै रोके " ।

 

मोराले त उल्टै मलाई पो फसायो - "त किन दंग नि , अहिले सम्म सरी भनेर सुल्हा गर्न सक्दैनस ? रिया अगाडि नपर्दा त पानी बिना को माछा जस्तै हुन्छस फेरी अगाडि पर्दा किन डाइलग हनी हानी बिचराको चित्त दुखाउछस ? " मलाई डाइलग हानेर आँखा झिम्काइ मुसुक्क हास्यो , फसाउनु फसायो अब हासेर के काम ।

 

केरेनले स्थितीलाई सपार्न - "Lets go out " भनी

 

च्याङ्ग्रा - "Sure Honey, let me get dressed "

 

केरेन - "Out to the porch, you drunk"   हाँस्दै

 

च्याङ्ग्रा - "I knew it, I was just teasing you "

 

हामी सबै हास्यौ , बार्दलीमा गएर फेरी हामी चुरोट सल्काउन लाग्यौ , अहिले न त रिया न त उसका आँखा र मुख हरु केही बोल्ने स्थिती मा थिए , उसका आँखा मुख हरु आफ्नो लाज छोप्नै ब्यस्त थियो ।
Read Full Discussion Thread for this article