Posted by: pyaari kt June 16, 2009
"RECENT TOP TEN NEWS"..MAOISTS ARE TERRORISTS
Login in to Rate this Post:     0       ?        

कान्तिपुरमाथि माओवादी प्रहार



कान्तिपुर संवाददाता


काठमाडौं, उपत्यका बन्द आह्वान गर्दै सडकमा उत्रिएका माओवादीले सोमबार कान्तिपुर पब्लिकेसन्सको गाडीमाथि आगजनीको प्रयास गरेका छन् ।

तीनकुनेस्थित मुख्यालयबाट धुम्बाराहीतर्फ जाँदै गरेको पब्लिकेसन्सको बा६च २४६५ नम्बरको गाडीलाई उनीहरूले चाबहिल मित्रपार्कमा आगजनी प्रयास गरेका

हुन् । उनीहरूले कान्तिपुरकर्मीलाई गाडीबाट झर्न नदिई दुव्र्यवहार गर्दै लात्तीसमेत प्रहार गरेका थिए । गाडीको अगाडिको सीसा फुट्नुका साथै पछाडिको भाग कुच्चिएको छ ।

कान्तिपुर दैनिकमा सोमबार प्रकाशित समाचारलाई लिएर उनीहरू जाइलागेका थिए । 'माओवादीविरोधी समाचार पहिलो पानामा छाप्ने ?' भन्दै उनीहरूले कान्तिपुरकर्मीमाथि दुव्र्यवहार गरेका थिए । आगो लगाउने प्रयास गर्दा प्रहरीले उनीहरूलाई हटाएपछि चालक गाडी लिएर उम्किएका थिए ।

माओवादीले पछिल्ला दिनमा कान्तिपुरमाथि गरेका चारवटा आक्रमणमध्ये यो ठूलो हो ।

माओवादीले गत जेठ १८ गते बन्द अवज्ञा गरेको भन्दै कान्तिपुर एफएमका कार्यक्रम सञ्चालक हेम सुवेदीको मोटरसाइकलमा आगजनी गर्नुका साथै समाचारवाचिका कृष्णा पौडेलको मोटरसाइकल तोडफोड गरेका थिए ।

त्यसैगरी जेठ २४ गते पत्रिका बोकेर झापा जाँदै गरेको पब्लिकेसन्सको गाडी र पत्रिका मोरङको लालभित्तीमा जलाएका थिए ।

यस्तै २८ गते बन्द अबज्ञाकै निहुँ बनाई बुटवलमा कान्तिपुर पब्लिकेसन्सका पत्रिका जलाएका थिए ।

यसैगरी माओवादीका काठमाडौं जिल्ला कमिटी सदस्य राजेन्द्र फुयालको मृत्युपछि सोमबार आह्वान गरिएको बन्दमा खटिएका माओवादीले राजधानीका स्थानीय बासिन्दाका घरमा राखिएका कान्तिपुरका प्रचार सामग्री हटाउन पनि धम्की दिएका छन् ।

उनीहरूले घरधनीलाई होडिङबोर्ड लगायतका प्रचार सामग्री २४ घन्टाभित्र हटाउन चेतावनी दिएका छन् । सोमबार सडकमा बन्द गराइरहेका वाईसीएल कार्यकर्ताले कान्तिपुरका पत्रकार र फोटो पत्रकारमाथि निगरानी राख्दै दुव्र्यवहार गरेका थिए । कान्तिपुर टेलिभिजनका कार्यक्रम सञ्चालक वासुदेवकृष्ण शास्त्रीलाई पनि सोमबारै वाईसीएलले गैरीगाउँमा दुव्र्यवहार गरेका थिए ।

माओवादीले अन्य मिडियामाथि पनि आक्रमण गरेका छन् । समाचार संकलनका लागि पुल्चोकतर्फजाँदै गरेको इमेज च्यानलको गाडीमाथि कुपन्डोलमा आक्रमण गरेका थिए ।

महासंघको विरोध

नेपाल पत्रकार महासंघका अनुसार प्रदर्शनकारीले सिनामंगलतर्फजाँदै गरेका नेपाल समाचारपत्र दैनिकका सम्पादक बद्री तिवारी चढेको गाडीलाई अवरोध गरी फर्काएका थिए । यस्तै एभिन्युज टेलिभिजनका संवाददाता कृष्ण न्यौपानेलाई सीतापाइलामा दुव्र्यवहार गरेका थिए ।

महासंघले उपत्यका बन्दक्रममा सञ्चारकर्मीमाथि भएको दुव्र्यवहार र प्रेसका गाडीमाथि भएको आगजनी प्रयासको भत्र्सना गरेको छ । स्वतन्त्र प्रेसमाथि भएको आक्रमण जनताको सुसूचित हुने अधिकारमाथि आक्रमण भएको महासंघले जनाएको । महासंघको विज्ञप्तिमा जनताको सुसूचित हुने संवैधानिक अधिकार रक्षाका लागि अनवरत खट्ने सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति खेद व्यक्त गरिएको छ ।


 


राजेन्द्रको मृत्यु 'विष सेवनबाट'



कास


काठमाडौं, माओवादीका काठमाडौं जिल्ला सदस्य राजेन्द्र फुयालको मृत्यु 'विष सेवन' बाट भएको शवपरीक्षणबाट देखिएको छ ।

'पेटमा मेटासिड नामक विषादी देखिन्छ,' शवपरीक्षणमा संलग्न शिक्षण अस्पतालका चिकित्सकमध्ये एकले कान्तिपुरलाई भने, 'जीउमा कुनै चोटपटक देखिँदैन ।'

किसानहरूले बालीमा लाग्ने कीरा मार्न प्रयोग गर्ने रासायनिक विषादी 'मेटासिड' हो । चिकित्सकहरूले मृत्युको कारणबारे अन्तिम वैज्ञानिक निष्र्कषका लागि भिसेरा परीक्षण गर्न पठाउने भएका छन् । शवपरीक्षण भइसके पनि बन्दका कारण चिकित्सकहरू अस्पताल पुग्न नसकेका कारण अन्तिम रिपोर्ट भने तयार हुन नसकेको हो ।

'जबरजस्ती विष सेवन गराएको भए जीउमा कहींकतै ठूलासाना चोट देखिनुपथ्र्यो तर त्यस्तो केही नभेटिएपछि उनले आत्महत्या नै गरेको देखिन्छ,' अनुसन्धानमा संलग्न एक प्रहरी अघिकृतले भने । शवपरीक्षणका क्रममा फुयालले लगाएका लुगा फुकाल्दा परिचयपत्र भेटिएको थियो । बरामद परिचयपत्रका आधारमा प्रहरीले मृतकका आफन्त र पार्टीलाई सूचित गरेलगत्तै अस्पतालअगाडि नै चक्काजाम र सोमबार उपत्यका बन्द गरिएको थियो ।

'विष सेवनबाट मृत्य भएको भन्नेमा हामीलाई विश्वास छैन, प्रशासनको आडमा षड्यन्त्र गरेर हत्या गरेको हुनसक्ने आंशका छ, हामी पोस्टमार्टमको रिपोर्ट अध्ययन गरेपछि मात्रै निष्कर्षमा पुग्छौं ।' वाईसीएल उपत्यका इन्चार्ज तथा सभासद् चन्द्रबहादुर थापा -सागर) ले भने । राजेन्द्रलाई प्रहरीले बेवारिसे अवस्थामा जेठ २८ गते बिहान धर्मस्थलीबाट उद्धार गरेर उपचारका लागि वीर अस्पताल ल्याएको थियो । वीरमा उपचार हुन नसकेपछि शिक्षण अस्पतालमा लगिएका राजेन्द्रको सोही दिन मृत्यु भएको थियो । मृत्युको तीन दिनसम्म शव शिक्षण अस्पतालमा राखिएको थियो ।


 


डाक्टरलाई पनि छाडेनन्



अतुल मिश्र


काठमाडौं, मुटुरोगीको शल्यक्रिया गर्न घरबाट जाँदै गरेका सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रोशन राउतलाई बन्द आह्वानकर्ताले दुव्र्यवहार गरी मोटरसाइकल जलाइदिएका छन् ।

भक्तपुरबाट बाँसबारीस्थित अस्पताल जाँदै गर्दा उनलाई सोमबार बिहान पौने ९ बजे चाबहिल पीपलबोटनजिक माओवादी कार्यकर्ताले रोकेका थिए । उनले हतारमा अस्पताल गई एक बिरामीको पेसमेकर शल्यक्रिया गर्नु थियो ।

'म डाक्टर हुँ । मलाई अस्पताल जानैपर्ने छ । हेर्नुस्, तपाइर्ंहरूजस्तै नेपाली दाजुभाइको मुटुको चाल नियन्त्रित गर्ने पेसमेकर राख्न म जाँदैछु । समयमा नराखे उनको ज्यानसमेत जोखिममा पर्छ, समस्या बुझ्नुस्,' डा. राउतले बन्दकर्तासँग यस्ता अनुरोध गरे । तर ती त्यत्तिकै खेर गए । उनले अस्पताल जान अति जरुरी भएको कारणमात्र प्रस्ट्याएनन्, आफ्नो परिचयपत्र देखाए । आन्दोलनकारीले उल्टै परिचयपत्र थुतेर च्यातिदिए ।

'मलाई मोटरसाइकल जलाएको पीडा छैन । बरु यस्तो स्थितिमा अब कसरी चिकित्साकर्मीहरू अस्पताल जाने भन्ने चिन्ताले पिरोलेको छ,' उनले भने, 'अस्पताल पसलजस्तो होइन, जुन बन्द गर्न पाइयोस् । अझ तीनजनाले यत्रो अराजक क्रियाकलाप गर्दा भेला भएका धेरै जनाको भीडले टुलुटुलु हेर्दा दुःख लाग्यो ।' अभद्र व्यवहारले मर्माहत भएका डा. राउतले यस प्रकारको अस्पताल बन्दबाट बिरामीलाई पुग्ने क्षति वा मृत्युको जिम्मेवार बन्द आह्वानकर्ता हुनुपर्ने बताए ।

घटनाको चिकित्सा क्षेत्रबाट कडा विरोध भएको छ । 'बन्दमा सेवा प्रदान गर्न निस्केका चिकित्सक तथा स्वास्थ्यकर्मीमा आक्रमण हुने अवस्था जारी रहे कुनै दिन आलु/प्याजको पसलजस्तै स्वास्थ्य सेवासमेत बन्द हुने स्थिति आउन सक्छ,' नेपाल चिकित्सक संघका अध्यक्ष डा. केदारनरसिंह केसीले भने । उनले ड्युटीमा गएका चिकित्सकको जलाइएको मोटरसाइकलको क्षतिपूर्ति 'कसले दिने ?' भनी प्रश्न गरे ।

घटनापछि संघ स्वास्थ्यकर्मीको सुरक्षाका लागि बन्दमा चिकित्साकर्मीहरू अस्पताल पुग्नैपर्ने बाध्यात्मक स्थितिमा पुनर्विचार गर्ने मनस्थितिमा पुगेको छ । 'दिनहुँजसो बन्द हुने हाम्रो राष्ट्रमा यस्तै अवस्था रहे आम स्वास्थ्यकर्मीको सुरक्षाका लागि बन्दमा पसलजस्तै स्वास्थ्य निकाय बन्द गर्नुपर्ने प्रक्रियामा हामी जान सक्छौं,' केसीले चेतावनी दिए ।

गंगालाल अस्पताल कर्मचारी संघले भने डा. राउतको मोटरसाइकल जलाउनु, परिचयपत्र च्यात्नुलगायत अभद्र व्यवहारको भत्र्सना गरेको छ ।

Read Full Discussion Thread for this article