Posted by: no_quiero June 16, 2009
Nepal sets NEW WORLD RECORD ( Good job Nepali People you made us proud )
Login in to Rate this Post:     0       ?        

हत्या हैन, ‘विष खाएको’


 स्रोत: Nagarik News | 16 June 2009 6:57 am



जसको
हत्याको आरोपमा वाईसीएलले सोमबार काठमाडौँ बन्द गरायो, उसको मृत्यु हत्या
नभएर विष खाएर भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। माओवादीले अस्पतालको
पोस्टमार्टम रिपोर्ट गलत भएको उल्लेख गर्दै फुयाल आफैंले विष खाएको नभएर
उनलाई अरु कसैले खुवाएको दाबी गरेको छ। तर विधिविज्ञान प्रयोगशालाका
चिकित्सकहरुले भने ‘यति ठूलो मात्रामा विषादी अरुले खुवाउन सम्भव नै छैन
आफैंले खानुपर्छ।


शिक्षण अस्पतालमा भएको पोस्टमार्टमबाट उनको पेटमा अत्यधिक मात्रामा
‘ओर्गानो फस्फेट’ वर्गको कीटनाशक औषधी फेला परेको चिकित्सकहरुले बताएका
छन्।


पोस्टमार्टममा संलग्न चिकित्सकहरुले प्रारम्भिक रिपोर्टबाट फुयालको
मुत्यु विषादी खाएर भएको देखिएको बताएका छन्। यसलाई विधिविधान प्रयोगशाला
वा प्रहरी ल्याबमा पुनः परीक्षण गरेपछि अन्तिम निष्कर्ष मानिने उनीहरुले
बताए।


माओवादीको युवा दस्ता योङ कम्युनिस्ट लिग वाइसिएल ले उनको हत्या भएको
जनाउँदै विरोधमा सोमबार उपत्यका बन्द गरेको थियो। माओवादीले अस्पतालको
पोस्टमार्टम रिपोर्ट गलत भएको उल्लेख गर्दै फुयाल आफैंले विष खाएको नभएर
उनलाई अरु कसैले खुवाएको दाबी गरेको छ। तर विधिविज्ञान प्रयोगशालाका
चिकित्सकहरुले भने ‘यति ठूलो मात्रामा विषादी अरुले खुवाउन सम्भव नै छैन
आफैंले खानुपर्छ।’

Read Full Discussion Thread for this article