Posted by: बैरे June 15, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

हामी कहाँ जाने अझै थाहा चाँही थिएन , सोहि थाहा पाउन मैले उत्तर थाहा हुँदा पनि केरेन लाई सोधे - " So karen where we headed for ?"


केरेन - " Why do you ask when you know the answer, see Riyaa is so patience "


म - " I'm excited "


केरेन - " Lets just say this might be your opportunity to redeem yourself" 


म - "I still don't understand why you want to spend time with us when you could have your honeymoon"


केरेन - " I have been with च्याङ्ग्रा for over 2 yrs now, every moment is like a honeymoon, besides I can have my honeymoon later, I want to be officially inducted to your group"


हामी केही क्षण मै एअरपोर्ट पुग्यौ , " so we are flyin huh ?"


केरेन - " Its about time you noticed that "


चेक इन गर्दा बोर्डइङ पास त दिनै कर लाग्यो , केरेनले दिएको समय को रिण चुक्ता भयो । बोर्डइङ पास हेर्दा मेक कर्‍अन देखियो , मन झसँग भयो । हामी फेरी अतित तिर फर्कदै थियौ । मेरो सिट र रियाको सिट सँगै रहेछ च्याङ्ग्राले मेरो नाउ पार गराउने प्रयत्न अझै गरी रहेको थियो । क्लेरेन्स सकाएर हामी आफ्नो गेट तिर लाग्यौ, केही छिन पछी बिमान तिर प्रस्थान पनि गर्यौ ।


प्लेनले आफ्नो गती लिदै आकाश चुम्यो , रिया सँग कुरा कहाँ बाट सुरु गरु भनी सोच्दै थिए , - "गेम खेल्ने ?" भनी उसले प्रश्न गर्‍यो ? उु सँग साथमा समय बिताउन त्यो प्लेन बाट हाम फाल्न त तयार थिए जाबो गेम को के कुरा ? - "हुन्छ " मैले जवाफ दिए । उसले प्लेनमा राखेको न्याप्किन मा कलमले बिन्दु हरु बनाउन थाली । त्यो बिन्दु हरु लाई जोडी बाक्स बनाएर आफ्नो नाम लेख्नु पर्थ्यो । खेल सुरु भयो , उसले पहिले को ४ वोटा बाक्स बनाइ "R" लेखी , जित्न दिउ कि जस्तो पनि लाग्यो तर कत्ती हार्नु जिन्दगीमा जस्तो लाग्यो म पनि ध्यान दिएर खेल्न थाले ।


बाकस हरु भरीदै गए कही "R" थिए भने कही "B" अन्तिम ३ बाकस मेरै नाम भर्न मात्रै बाँकी थियो गनी हेर्दा म २ ले मात्रै पछी परेको रहेछु । तरुनी फकाउने मौका बार बार आउँदैन झै लाग्यो त्यसैले २ बाक मा "B" लेखे र अन्तिम को बाकसमा चाँही "BR" लेखे । लेखी मात्र भ्याको के थिए - "उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ" सुनियो । उसलाई हेरे उसको मुहारमा मुस्कानका किरण हरु झुल्केका थिए ।


खेल त बराबरी मा टुङ्गियो , तर उसको त्यो उफ्फ्फ्फ्फ्फ्फ ले च्याङ्ग्रा र केरेन को ध्यान हामीमा पर्‍यो , केरेनले "What happened ? What Did you do बैरे ? " सोधी


"Why do you think it was me ? Actually I just tied the game which she was suppose to lose "


केरेनले कुरा बुझेर हासी , च्याङ्ग्राको चाँही आँखा बोली रहेका थिए , मेरो प्रगती देखेर उसका आँखा हरुले मलाई -"चपा बैरे चपा , यही हो मौका " भन्दै थियो । च्याङ्ग्रा र केरेन हामीलाई आफ्नो ताल मा छोडि फेरी आफ्नो गुन गुन तिर लागे ।   

 

अब खेल खतम पैसा हजम गर्नु त हुन्न थियो, फेरी रात भरी करायो दक्षिणा हराए त आफु लाई घातक नै हुन्थ्यो । त्यसैले रिया सँग बोल्ने प्रयास गरे तर अतित तिर जादै भे नि अतित का कुरा चाँही नगरने बिचार  गरे - " अनी रिया बिगत ४ बर्षमा के के प्रगती भयो त ? "

 

शायद मेरो प्रश्नले उस्को चारै खाना चित गरिदिएको थियो, उसले मेरो प्रश्न को ब्यङ्गात्मक उत्तर खोज्नै भ्याईन होला, सिधै - " खासै केही छैन प्रगती, कलेज सक्किए पछी काम को खोजी मा लागियो, खसै काम पनि पाईन, फेरी कलेज जोइन गरे, त्यही बिच काम चाँही खोज्दै थिए , काम पनि सुरु गरेको खसै धेरै भाको छैन "

 

(उसको जीवनमा अरु केही छ कि छैन, त्यो थाहा पाउनु आवश्यक थियो )

 

म - " अनी अहिले कहाँ बस्छौ त "

 

- "अझै पुफु सँगै बस्छु, तर अब यहाँ बाट गएर चाँही अन्तै बस्छु होला, कती बोझ हुनु अरुलाई , अहिले त फेरी आफ्नो कमाइ पनि छ "

कुरा त सहि हो, तर पुफु सँग छुट्टीनु भन्या अरु कोही सन बस्नु थियो कि , मन माथि धुङ्गा राकी सोधे - "अनी न्यू योर्क त साह्रै महँगो हुन्छ , को सँग बस्छौ त ? "

 

रिया - " काम मा साथी छ, उु र म सँगै बस्ने "

 

हरे भगवान, अब उसको नेपाली ग्रामर पनि मेरो जस्तै होश भन्ने प्राथ्ना थियो , आफु त केटा पनि गयो केटी पनि गयो भन्ने मान्छे , अब साथी छ भन्यो , कहिले नआको ग्रामर अहिले आयो , केटी भाको भए त " छे " भन्नु पर्ने " छ " भनी अब के के । सोध्ने कि नसोध्ने दुबिधा मा परे ।

 

दुबिधामा तल्लिन थिए कान मा व्हाट वोउल्द यू लाइक टु द्रिन्क भनेर प्रश्न आयो , यसो हेर्दा त पिय पदार्थ बाध्दै गरेका रहेछन , " कोक प्लिज , लोत्स अफ आईस " , रिया ले पनि कोक नै मगाइ ।

 

एअर होस्तेस्स गई सके पछी , - " किन लोत्स अफ आईस भन्या " उसले सोधी ।

 

आफुलाई एक त यसै आईस मन पर्ने , अहिले त आफ्नो हालत लाई ठण्डा पार्न नि काम लाग्थ्यो , - " त्यसै मलाई आईस मन पर्छ "

शायद मेरो दुबिधा बुझेर होला उसले - " क्याथी ले पहिले देखी नै सँगै बसौ भन्या भएर मात्रै हो, नभए एक्लै बस्ने प्लान थियो "

 

मेरो मुस्कानले प्लेन भित्रको बातावरण यस्तो चम्कायो कि छेउ मा बस्या खैरे ले नि , कालो पट्टी आँखा मा राखी सिट पछाडि ठेली टाउको माथि राख्न थाल्यो । रिया पनि नदेख्ने गरी हलुका मुस्काइ । "लजालु मुस्कानले प्रियासी छोरी लग्यौ मन मेरो तिमीले " भन्थे आफुलाई पनि त्यसतै भयो ।

 

हामी आफु बिच ४ बर्षको दुरी लाई हटाउने प्रयासमा प्लेन कती खेर ल्यान्ड गर्यो पत्तो नै भएन । बाहिर निस्किदा "देजा वु " भन्या झै भयो । सुट केस बोकी फेरी उही पहिले कै ग्याङ्ग, फेरी काहानी को सुरुवातमा ............

 

हामी एअरपोर्ट बाट निस्किदै कार रेन्टल तिर लाग्दइ थियौ , आफ्नो अगाडि जुवा का मसिन हरु ट्याउ ट्याउ गर्दै कराइ रहेका थिए । हुन त जिन्दगीको जुवा मा नै हारेको म , अगुल्टोले हान्या कुकुर बिजुली चम्कदा डराउछ भन्थे, तर देव आनन्दको "ग्याम्ब्लर " भन्ने फिल्म मा झै सुका ले जिन्दगी नै बद्ल्या झै आफ्नो नि जिन्दगी बादलन खल्टी मा छाम्दा सुका भेटे । अब म नि देव आनन्द झै चन्द्रा लाई पाउने आशमा त्यो सुको मसिन भित्र घुसाए र मसिन को ह्यान्डल ताने , ठुस्स आवाज नै आएन बजिया ।

 

खुट्टा मा पुछर लुकाको कुकुर झै लागे रेन्टल तिर ।

 

- " के भयो केही परेन ?" पेल्न पाको रियाले के छोड्थ्यो

 

"परेन, तर यो चाँही लास्ट त्राइ थियो , फोर ओल्ड टाईम सेक । अब नो मोर रिस्क , सेफ प्ले मात्रै गर्ने हो " आफ्नो डाइलगले काम गर्‍यो रिया मसक्क हासी ।

 

गाडी लिएर हामी भेगस शहर पस्यौ , भेगस स्त्रिप कट्यौ , केही बोलिन केटोले डाउनटोव्न तिर रूम ल्या होला सोचे , च्याङ्ग्रा माफिया भने पछी हुरुक्कै हुन्थ्यो , "God Father", "Donnie Brasco", "Scarface", "Pulp Fiction", जस्ता फिल्म उस्को अल्ल टाईम फिल्म थियो त्यसैले "Four Queens" ,"Golden Nugget" तिर बस्ने होला सोचे , तर औतारीले डाउन टोव्न पनि कटी अझै अघी हाई वे तिर लाग्यो ।

 

- " कहाँ जान लागिस ओए " मैले सोधे

 

च्यङ्ग्राले केही बोलेन , हासी मात्रै राख्यो । ....................

 

क्रमश :
Read Full Discussion Thread for this article