notorized कपि र ओरिजिनल ट्रान्स्क्रिप्ट भन्ने कुरा फरक फरक हुन। विश्व बिद्यालयले खोजेको कुरो ट्रन्स्क्रिप्ट नै हुनु पर्छ । प्राय जसो विश्व बिद्यालयलले सम्बधित विश्वबिद्यालयबाटै निस्रित लब्धाङ्क पत्रको अपेक्षा गरेको हुन्छ। त्यो सम्भव छैन भने सम्बन्धित राजादूतावासले गरेको प्रमाणइत प्रतिलिपी लाई मान्यता दिने गर्दछ।
आफ्नो बिषयमा मैले मेरो आइ एस्सीको ट्रान्स्क्रिप्टलाई त्रिबिबीको परिक्षा नियन्त्रण कार्यालयबाट प्रती ट्रान्स्क्रिप्ट २० रुपैया को भौचर नत्थी गरी निबेदन दिएं र शिलबन्दी ट्रान्स्क्रिप्ट पाएं।
ब्याचलर तहको ट्रान्स्क्रिप्ट भने भारतको भएकोले त्यती बेला नै केही ट्रान्स्क्रिप्टहरु शिलबन्दी तर खुला ल्याएको थिएं तर त्यतिले अपुग भाको ले भारतीयदूताबसमा गराएं, एक प्रतिको ५०० भारुमा। समय संग मुल्य तुलना हुँदैन। भारत गएर अनेक ब्युरोक्राटिक झमेला सहनु भन्दा सस्तो लाग्यो ५०० पनि।
मास्टर डिग्रीको ट्रन्स्क्रिप्ट चाँही नेडरल्यान्डस को संस्थालाई ईमेल गरेको भरमा आँफै पठाइ दियो।
तसर्थ नेपाली ट्रान्स्क्रिप्ट हो भने एक कल फोनमा घर लगाउनुस्, अनी नेपालबाटै मेल गर्न लगाउनुस्। सक्कलिको सक्कली, खर्छ पनि थोरै।
नेपाली काइदा बहुत फाईदा ।