Posted by: ritthe June 9, 2009
तेह्रथुम
Login in to Rate this Post:     0       ?        
म ताप्लेजुङ् को त होइन तर
मलाई त तेह्रथुम भन्दा ताप्लेजुङ् अझ बढी मन परेको ठाउँ थियो ! शहरको बिच तिर बाक्लो बजार, पल्लो छेउमा सुकेटार (ऐर्पोर्ट) जाने बाटो अनी वल्लो छेउ मा आमला को होटेल अनी त्यो होटेल को तोङ्बा र रांगा को सुकुटी ओहो ! त्यो आमला ले त दालमा पनि बुङुरको मासु सानसानो पिस पारेर हाल्थिन, क्या मिठो ! उता पर पट्टी बाट हो क्यारे हाङ्देवा को पहिरो नि देखिन्छ ! रामनवमीको अवसर पारेर बाटो मा क्याम्पिङ गर्दै २ दिन लाएर माथि पाथिभरा देवीको मन्दिर पनि गा' थेउ १०-१२ जाना ! धेरै उचाइ भको कारण ले गर्दा लेक लाग्ला भन्ने डर थियो तर साथमा सातु अनी मकै भटमास लिएरै हिंडेका थियौ तर केही भएन ! एउटा खसी (बोका हो क्यारे) डोर्याउदै लेर गएर मन्दिर मा बली दिएर अनी तल आएर सितन बना'को ! जाने कहाँ गये वो दिन भने जस्तै हुन्छ अहिले त !
Read Full Discussion Thread for this article