Posted by: बैरे June 9, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

आफ्नो नजर पनि हल भित्र पर्दा, आँखाले झिम्किन पनि छोडे, मुटुले धन्ड्किन पनि, मानौ कि सारा जगत नै अडिएको थियो र सम्पूर्ण जगत को दृष्‍टि नै त्यही हल भित्र छिर्ने ढोकामा परेको थियो ................


त्यो काला टक्सीडो र सेता ड्रेस्स को सामु उनी रङ भरिएको रातो लामो ड्रेस्समा सुसज्जित भएर भित्र आउँदै थी, काध देखी पैतला सम्म बगेको त्यो एक जोडे ड्रेस्सले आज आफ्नो लक्ष पाएको थियो । हातमा, कानमा हिराको ब्रेसलेट, टप र छातीमा चम्केको हिराको आसुँ थोपा झै जडित नेकलेसमा उु चम्की रहेकी थि । उसका मृग नयन गाजलको कालो पनले आँखाका नानी हरु लाई झन उज्यालो परेका थिए भने , लाली र लिपस्तिकले  गाला अनी ओठ स्याउ झै राता र रसिलो बनाएको थियो । समुन्द्रका लहर झै उसको केश हावाका बेग सँग  बगी रहेको थियो , नदीले धर्तीलाई बङ्गाए झै उसको कमर लच्किरहेको थियो । हरिणको चालको सुनेको थिए आज देखियो पनि । त्यो केल्विन क्लेन को सुगन्ध पनि कस्तुरीको सुगन्ध झै सधैं उु सँगै बल्झेको थियो । सृष्टी कर्ता पनि आफ्नो काली गढी देखी, अचम्म भए होला । 


 

उु च्याङ्ग्रा र म भए ठाउँमा हेरी मुस्कुराइ , च्याङ्ग्रा लाई हेरेर मुस्कुराउनु त जरुरी नै थिएन, त्यो मुस्कानको हरेक मुस्काइमा मेरो नाम लेखिएको थियो । हामी उभिएको ठाउँ कटी आफ्नो सिट तर्फ लागि ।  सबैको नजर उु माथि नै थियो , आकाशमा लागेको बादल पनि हटाउदै सुर्यले पनि उसको दर्शन गर्‍यो ।

च्याङ्ग्राले मलाई हेर्दै , "केही याद आयो ?" भनी सोध्यो । म केवल मुस्कुराइ रहे कसरी बिर्सिउ मैले च्याङ्ग्राको पुरानो खैरेनी लाई मेरो सपनाको परी रातो ड्रेस्समा आसुँ थोपे नेकलेस लगाएर आउछे भनेको ? उसले आज मलाई उु नै मेरो सपनाको परी हो भन्ने संकेत गराएकी थिईन् । तर मनको कुनै कुनामा अझै निराश पन छाई रहेको थियो ,मेरो गल्ती हरु के उसले माफ गर्न सक्थी ?


एकै छिन को सुन्यता पछी विबाह सुरु भयो । पहिले च्याङ्ग्रा र पूजारी गई अल्टरमा उभे , त्यस पछी म र एउटा ब्राईड्स मेट गयौ र हाम्रा पछाडि अरु । अल्टरको अघी गएर ब्राईड्स मेटलाई आफ्नो ठाउँमा लगि म आफु उभिने ठाउँमा बसे । सबै जना आफ्नो ठाउँमा उभीए पछी पूजारीले "अल राइस " भन्यो । सबै जना उठे , मधुरो स्वोर ले धुन गुन्जिदै थियो । केरेन आफ्नो बाबुको हात समाइ अल्टर तिर आउँदै थिई । उसको बाबुले च्याङ्ग्राको हातमा आफ्नो छोरी स्वोम्पेर आफ्नो सिटमा बसे । विबाह आरम्भ भयो , नेपाली विबाह जस्तै लामो नहुने रहेछ ३० मिनट मै सकियो सबै कार्यक्रम । विबाहको अन्तमा पूजारीले " आइ प्रिजेन्ट टु यू, Mr. एन्ड Mrs. च्याङ्ग्रा भन्यो " सबैले ताली बजाए । उनीहरु अल्टर बाट भित्र मुख्य कक्ष तिर लागे, सोहि गरी हामी ग्रूम्स मेन र ब्राइड्स मेट पनि पछी लाग्यौ ।


केरेनको बाबु आमा पनि हात अंकमाल गरी आए र उनका अरु परिवार पनि , रिया एक्लो भएकोले वेद्दिङ प्लानरले मलाई "गो ब्याक अन्द ब्रिङ्ग च्याङ्ग्रा's फेमिली " भन्यो । के खोज्छस काणो आँखा , म मन मनै डौडे तर वास्तबिकता मा चाँही सरल हिडाइ थियो । रिया छेउ उभी मैले मेरो हात कमरमा राखी कुईनो बाहिर निकाली बिचमा उसको हात अट्ने प्वाल बनाए । उसले आफ्नो हातले मेरो हातलाई अंकमाल गरी र हामी फेरी मुख्य कक्ष तर्फ लाग्यौ । मन मनै कती नजिक यो मुख्य कक्ष भन्दै सरापे । उसलाई मुख्य हल लगि, उु बस्ने सिटमा राखी म आफु उभिनु पर्ने ठाउँमा उभिए ।


केही क्षणमा आफुले खैरे पराम्परा पालन गर्न आफ्नो टोस्ट गरे , च्याङ्ग्रा र केरेनको सफल जिन्दगी को शुभकामना गरे र खुशी साथ दाम्पद्य जीवन बितोश भन्ने कामना पनि ।


खाना र केक खाइ सके पछी, बेहुला बेहुली को पहिलो डान्स भनी च्याङ्ग्रा र केरेन नाच्नको लागि तयार भए । म्युजिक ब्यान्ड पनि रहेछ सुरुवात "वोन्डरफुल टुनाइट " बाट भयो , च्याङ्ग्रा र केरेन एक अर्का सँग नाची रहेका थिए, दुबै जना एकदम खुशी देखिन्थे, समय समयमा दुई जना एक अर्काको कान मा केही कुरा भन्थे अनी मुस्कुराउथे, कहिले कही एक अर्का लाई आफ्नो प्रेम जनाउन दुईको ओठ हरुको मिलन हुन्थ्यो । म लगायत सबै उपस्थित पाहुनाहरु दुईको प्रेम देखी खुशी थियौ ।


त्यस पछी "टाईटेनिक" को गीत बज्यो " माइ हर्ट विल गो ओन " भन्ने , केरेन आफ्नो बाबु भए ठाउँमा गई, आफ्नो बाबु सँग नाच्न थाली, च्याङ्ग्रा केरेनको आमा सँग, एकै छिन पछी केरेनको आमा बस्नको लागि च्याङ्ग्रा लाई छोडि आफ्नो सिटमा गई बसिन् । च्याङ्ग्राले रियालाई नाच्न आग्रह गर्‍यो । रियाको सौन्दर्ताले सारा माहोललाई आफ्नो कब्जा गरेको थियो, उस्को हरेक पाइला सँग सारा जगत नै झुमी रहेको थियो । म रियालाई हेर्दै आफ्नो फोन हेर्दै केही सोची रहेको थिए, तर मेरो सोच लाई भंग गर्न केरेन आइपुगी - " Can I have this Dance Please "    


मैले उसको त्यो प्रस्ताव लाई - " Pleasure is all mine " भनी स्वीकारे ।


डान्स फ्लोर मा केवल केरेन, म, च्याङ्ग्रा र रिया नाची रहेका थियौ । गीत गायकले सबै लाई नाच्न को लागि आग्रह गरे, सबै जना आ-आफ्नो जोडी बोकी नाच्न डान्स फ्लोर मा आए ।  गीत सकियो, केरेनलाई छोडि म आफ्नो सिट मा बस्न जानु भनेको मेरो भलाद्मीपन बिर्सनु  हुन्थ्यो त्यसैले म केरेन सँगै त्यही उभी रहे । केरेनले "excuse me for a while, I will be right back " भन्दै गीत गाउँनेको कानमा केही भनी र रियालाई लिएर मेरो सामु आइ । " I think you two need to dance in this song " भनेर उु च्याङ्ग्रा सँग नाच्न गई ।


मेरो मुटुले ढड्कन तेज गर्‍यो, धुन सुरु भयो ...... ड्रम र पिआनोको मिसेको धुनमै मैले गीत चिने " लेडी इन रेड "  मैले रिया को हात मेरो हातमा लिए , मेरो एक हात उस्को हातमा थियो हने अर्को उस्को कम्मरमा, उस्को हात मेरो काधले धामी रहेको थियो । मेरो हरेक चाल सँग उसको चाल मिली रहेको थियो । गीतको धुन सँग उु पनि मेरो नजिक नजिक आयो, गीतमा भने झै " The lady in red is dancing with me cheek to cheek " । उसको स्पर्श, सुगन्धले मेरो मन काबुमा राख्न मलाई निकै गाह्रो भएको थियो ।


गीत को भाको सँगै "And when you turned to me and smiled, It took my breath away I have never had such a feeling ,Such a feeling of complete and utter love, as I do tonight" मलाई उु मुकुराएको महसुश भयो, म पनि मुस्कुराए तर उु सँग कुरा गर्ने म सँग अझै आट आएको थिएन ।


त्यो गीतको अन्त हुने साथ " ह्याव आइ टोल्ड यू " बज्न थाल्यो , उसको आँखा रसाको मैले देखे तर उसले आफ्ना आशुलाई नबहने आग्रह गरीन् । भाग्य झै आशुका थोपा कती बेर आफ्नो लक्ष्य पुरा नगरी छोड्थ्यो र ? उसका आशुका थोपामा सारा देवलाई डुबाउने शक्ती थियो । शायद त्यही डरले होला वा उसको रसाको आँखा सबै बाट छोप्न, मैले रियालाई आफ्नो अंगालोमा बाधी त्यो आशुको बोझ आफ्नो काधले थामे । मेरो पापको प्रयासचितको पहिलो बोझ उसका आशुका थोपा हुन पुगे, सारा संसार हाक्ने म मा अझै शक्ती थियो, तर उसको आशुका थोपा मेरो लागि ब्रह्मन्ड बनेको थियो, जो सँग लड्न म काविल नै थिईन ।


गीतको अन्त पछी त्यो आशुको बोझ बोकी म बाहिर निस्के, वातावरण रमाइलो थियो हावाको मन्द मन्द लहर हरु बगी रहेका थिए, घाम पनि ढल्किन खोज्या थिएन र आफु र मेरो बिचमा परेको बादल लाई रियाको लुगालाई झै रत्ताएको थियो । म गई बगैचामा राखेको पिङमा बसे मेरो छेउको पिङ खाली थियो ।


म एक्लो भएको थिए , आफ्नो अतित र गरेका गल्तीहरु सम्झी म आँफैलाई धिकार्दै थिए । म कस्तुरी जस्तै आफ्नो सुगन्ध आफु सँग भएको ज्ञान नपाएर चारै तिर भौतारी रहेको थिए । मेरो सपनाकी प्रियासी सधैं मेरो सामु नै थियो, मैले उसलाई जान्न र बुझ्न कहिले प्रयत्न गरिन । मेरो पशुपती नै मेरो सब से ठुलो धाम थियो तर त्यो कुरा बाट म अज्ञान थिए,  तर अब निकै ढिलो भए झै मलाई लागि रहेको थियो । म रियाको माफि चाहन्थे तर त्यस्को लायक थिए कि थिईन त्यो मलाई थाहा थिएन । म जिन्दगी नामको महासागरको घुम्तिमा दुब्दै गएको थिए ।


मलाई अचानक बाहिर निस्क्या देखेर च्याङ्ग्रा पनि बाहिर आयो । "के भयो , किन बाहिर आको " उसले सोध्यो  । म केही बोलिन, म मौन नै बसी रहे । -"बैरे, त कुरालाई भए भन्दा जटिल बनाइ रहा छस , रियाले तलाई अझै मन पराउछे त्यो अहिले सम्म तैले बुझ्नु पर्ने हो , बुझ्या छैनस भने त मुर्ख होस् । अब त उु सँग आफ्नो गल्तीको माफि माग्न सक्छस कि सक्दैनस त्यो तेरो कुरा हो । मैले गर्नु पर्ने कुरा सब गरी सके , म भित्र जान्छु, रियालाई यहाँ पठाउछु, सायद तेरो यो अन्तिम मौका होला कसरी ईसतमाल गर्ने त्यो तै सोच । " भनी च्याङ्ग्रा भित्र गयो ।


 

Read Full Discussion Thread for this article