Posted by: Chicago-Bull June 8, 2009
झापा गौरादह तनाबग्रस्त
Login in to Rate this Post:     0       ?        



तोडफोड र आगजनीको विरोधमा प्रदर्शन
झापा । जेठ २५ गते

बन्दकर्ता एकिकृत माओवादी स्थानिय बासिन्दाबीच ०६६ जेठ २३ गते भएको झडप तोडफोडको विरोधमा गौरादह गाविसको गौरादह बजारका स्थानिय बासिन्दाहरुले जेठ २५ गते विरोध जुलुश प्रदर्शन गरे।


 


गत जेठ २३ एकिकृत माओवादीको भातृ संगठन नेपाल आदिवासी जनजाति गाणतान्त्रिक मञ्चको आयोजनामा जिल्ला बन्द गर्नेक्रममा गौरादह बजारका स्थानियवासिन्दा बन्दकर्ताहरुबिच झडप भएको थियो माओवादी कार्यकर्ताहरु बसमा गई स्थानिय बासिन्दाका घरहरु , पसल तथा होटलमा आक्रमण गर्नुका साथै पार्र्कि गरेर राखेका सवारी साधनहरु करिब दर्जन को संख्यामा बस , ट्रक तथा जीपहरु तोडफोड गरी क्षति पूर्žयाएका थिए तोडफोड गर्नेक्रममा १० ओटा पसल तथा घरमा तोडफोड गर्नुका साथै लाखौँको धनमालमा क्षतिपूराएको स्थानिय एक व्यापारीले बताए तोडफोडमा सबैभन्दा बढी क्षेत्र .- का सभासद् दिपक कार्की , स्थानिय केवल नेर्टवर्क सञ्चालक दिलबहादुर राना लगायतको घर तथा पसलमा क्षती भएको थियो झडपमा परि स्थानिय वलबहादुर तामाङ्ग , कृष्ण पौडेल , राजेन्द्र राई , लोकनाथ चापागाइँ लगायतका मानिसहरु गम्भिर घाइते भएका थिए भने माओवादी तर्फ सन्तोष बिक , गुमानसिंह गुरुङ्ग , भूमिका कार्की अन्य जना कार्यकर्ताहरु गम्भिर घाइते भएका थिए घाइतेहरुको विराटनगरको न्यूरो अस्पताल , धरानको विपी अस्पताल दमकको लाईफलाईन अस्पतालमा हालसम्म उपचार भईरहेकोछ


 


घटनाका अनुगमन गर्न इन्सेक तथा सञ्चारकर्मीहरुको समूह ०६६ जेठ २४ गते घट्नास्थल गएको थियो प्रमुख जिल्ला अधिकारी लगायत प्रशासन प्रमुखहरु जेठ २५ गते विहान घटनास्थल गई क्षतिको जानकारी लिएका थिए


 


यसै घटनालाई लिएर २५ गते बिहानै गौरादह स्थित गौरादह क्याम्पसका क्याम्पस प्रमुख भोजराज दहालमाथि विद्यार्थीले आक्रमणको प्रयास गरेका थिए क्याम्पस प्रमुखको कुर्सी बाहिर निकालेर जलाएका थिए विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई गौरादहमा भएको घटना गराउनमा सहयोग गरेको आरोप लगाउँदै आएकाछन् क्याम्पस प्रमुख Read Full Discussion Thread for this article