Posted by: Chicago-Bull June 8, 2009
झापा गौरादह तनाबग्रस्त
Login in to Rate this Post:     0       ?        
झापा गौरादह मा १६ घाइते

झापा -कास)- एकीकृत माओवादीको बन्द क्रममा शनिबार भएको तोडफोड र भिडन्तमा १७ जना घाइतेे भएका छन् । बन्दकर्ता र बन्दको विरोधमा उत्रेका स्थानीय बासिन्दाबीच झडप भएको हो । झडपले करिब १६ लाखको क्षति भएको प्रहरी चौकी गौरादहले जनाएको छ ।

म्ााओवादीसहितका दलले डेढ वर्षअघि यस क्षेत्रलाई बन्द-हडताल मुक्त घेाषणा गरेका थिए । यसअनुसार कुनै पनि दल वा समूहले गरेका बन्दको असर गौरादहमा पर्ने गरेको थिएन । तर आफैंले गरेको प्रतिबद्धता उल्लंघन गरेको भन्दै स्थानीयले माओवादीको विरोध गरेका थिए ।

बन्द गरेका पसल र घरमा थन्क्याएको सवारीसाधनसमेत उनीहरूले आगजनी र तोडफोड गरेको पीडितले बताएका छन् । डिपुचोकमा रहेका केबुल नेटवर्कको कार्यालय बन्द गरेकै अवस्थामा माओवादी कार्यकर्ताले आफैं खोलेर फोडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पुल तोडफोड गरेको लाठी माओवादीले त्यहीँ छोडेर हिँडेका छन् । प्रत्यक्षदर्शी गंगा सिटौलाका अनुसार समूहमा आएका कार्यकर्ताले बन्द गरेको सटर खोलेर तोडफोड गरेका हुन् । उनीहरूले अफिसकै पेटीमा राखेको मे२प २७६७ नम्बरको मोटरसाइकल समेत जलाएको सिटौलाले बताए ।

यसैगरी डिपुकै तारा उप्रेतीका दुईवटा पार्किङ गरेका ट्रक माओवादीले तेाडफोड गरेका थिए । घटनामा माओवादीका तर्फबाट एक मोटरसाइकलमा आगजनी तथा १६ वटा मोटरसाइकल, दुईवटा गाडी, दुई ट््याक्सी र दुईवटा ट्रक तोडफोड भएका छन् ।

Read Full Discussion Thread for this article