क्रेजी भाई,
कथा लेख्नलाई म सँग त्यस्तो खुबी कहाँ नै छ र? कुनै दिन सुर्य पश्चिममा उदाए मेरो कथा साझामा आउलान् तर यती खेर भने म असमर्थ छु। यस्को लागि मलाई क्षमा गर्नु होला।
तपाईंहरुको अगाडि म त - "ईन्द्र अगाडि स्वर्गको बयान" जस्तै हो।
असारे फुल कथाको अन्त्य हतारमा भएर हामीलाई कथा अझै बाँकी भएको आभास भएको हो। यसैलाई फेरी असारे फुल १३ औ भाग बाट २४ औ भागमा टुण्ग्याउनु त्यस पछि कथामा सगरको रोल पनि बलियो देखिनेछ तर कथा बियोगान्तमा सकिन्छ होला। तै पनि उता सारा पनि एक्लै छे, उन्लाई पनि अफिसको कुनै केटा खोजिदिनु। या त सगर र निल मध्य कोही उनी तिर आकर्शण गराउनु।
तर ............ तर.................
मेरो कुरा कत्ती पनि नसुन्नु, किनकी मेरो सोचाइ मात्रा हो। प्लिज बिर्सनु होला माथिका १३ - २४ भागको कुरा, पहिला राम्रो सँग पारीक्षा दिने पास् भए पछि फेरी कथा लेखुँला, माया गरुला सबै चिज गरुला होइन र?
बरु यो कालो हुन बाट बच्नलाइ उपाय बताइदिनु भएकोमा धन्यवाद, तर नेग्रो भन्दा त सेतै छु है भाई त्यै फेयर् & लब्ली ले हो या हेन्ड्सम के जातिले हो?
नेपे ज्यु को अमुल्य सुझाब अनि मिठा सदबाहार गीतहरु सुन्न र साथमा सुन्दर फोटो पनि पायौ। सुझाबले क्रेजीलाई मात्र होइन सम्पूर्ण लेखकहरुलाई निर्देशन गरेको छ।
कालेदाइ