Posted by: Nepe June 4, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

क्रेजी, प्लेजर ईज अल माईन ! अनि फूल फूल्ने यामको अन्तर बारे त जलवायूशास्त्रीलाई सोध्नुपर्ला । तैपनि काठमाडौं को अक्षांश २७ डिग्री ४५ मिनेट उत्तर र न्यूयोर्क केन्द्रीय पार्कको अक्षांश ४० डिग्री ४७ मिनेट उत्तर छ भनेर त्यसै अनुसार अन्तर भा'होला भनेर अनुमान गर्छु ।

अनि मैले भनेको गीत चाही जसरी भएपनि सुन्नु है ।

शब्दहरु साझामा टाँसेको रहेछु, चार वर्ष पहिले:

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=41&PageNum=3&forum=2&threadid=25177#182102

Male version
Singer: Manik Ratna


सागर हो...... स्वास्नीमान्छे, उ त बुझ पचाउन सक्छे
सारा रहस्य छाती भित्रै लुकाउन सक्छे

अंगालोबाट आफुलाई उ जान्दछे छुटाउन
बिटुला ओठहरुलाई उ सक्दछे पखाल्न
उ अभिनय गरेर आँसु खसाल्न सक्छे
भावुक लोग्नेमान्छेलाई छिनमै भुलाउन सक्छे

सागर हो...... स्वास्नीमान्छे, उ त बुझ पचाउन सक्छे

घुम्टो उघारी हेर्दा उ जान्दछे लजाउन
आँखामा धेरै कुरा उ सक्दछे अटाउन
उ अनेक छाल पारी पवित्र बन्न सक्छे
हर एक सत्यलाई कहानी भन्न सक्छे

सागर हो...... स्वास्नीमान्छे, उ त बुझ पचाउन सक्छे


*** *** *** *** *** *** ***

Female version
Singer: Tara Devi

लहर हो...... लोग्नेमान्छे, उ नजिक आउन सक्छ
किनाराहरु अंगाली छोडेर जान सक्छ

उसको निम्ति माया आवेश हो नदीको
उसको निम्ति प्रिति सहयोग हो खुशिको
उ अनुभवी बनेर सब वाचा भुल्न सक्छ
कोमल स्वास्नीमान्छेलाई मायाले छल्न सक्छ

लहर हो...... लोग्नेमान्छे, उ नजिक आउन सक्छ

अनेक पाप मनमा साँचीरहेको हुन्छ
विश्वासघात गर्दै हाँसीरहेको हुन्छ
हजार रुप लिएर उ चोखो बन्न सक्छ
अर्काको मुटुलाई उ ढुंगा भन्न सक्छ

लहर हो...... लोग्नेमान्छे, उ नजिक आउन सक्छ

______________________________________

 

Last edited: 04-Jun-09 10:45 PM
Read Full Discussion Thread for this article