Posted by: Nepe June 4, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

एकदम मन पर्‍यो कथा । पुरै कथा भन्दा पनि मूलकथा (पटकथा भनम् न) जुन छ त्यो घच्चीको brilliant flawless छ । बरु लेखकले त्यसमा थपथाप गरेको टिप्पणीहरु चाही, खास गरेर लामा लामा, अनावश्यक थिए र कतिपय स्थानमा त तीनले मूलकथाको गाढापनलाई नै dilute गरिदिएका छन्, तीनको उद्देश्य विपरित । त्यसैले तद्तद् स्थानमा strong editing को सिफारिश गर्दछु । त्यसपछि यो कथा कतै खोट नभएको, कतै भद्धापन नभएको, सामान्य कथाको बाटोमा नै ठाम ठाममा गहन वैचारिक कोसेढुङ्गाहरु भएको एक सुपठनिय कथा बन्नेछ ।


मलाई अन्त्य पनि एकदम चिटिक्कको, पर्याप्त सांकेतिता सहितको र त्यसैले गर्दा लेखकिय जायजता भएको लाग्यो । त्यो भन्दा बढी elaboration त पाठकलाई केटाकेटी ठानेको जस्तो हुन्थ्यो भन्ने मेरो ठम्याई छ ।


मैले जुन कोसे ढुङ्गाहरुको कुरा गरें तीनको विस्तृत बयान गर्ने त थुप्रै अनुच्छेद र पंक्तिहरु उधृत गर्नु पर्ने हुन्छ । त्यो अहिले नगरम ।


तर यति चाही भनिहाल्न मन लाग्यो- पात्र र माध्यमको भूमिकामा जुन द्वन्दात्मकता र द्वैधता थियो/छ, त्यो एकदम brilliant सिर्जना हो । र, I am very familiar about that myself पनि ।


समग्र मुल्यांकनमा, अलिकति सम्पादन गर्न बाँकी उच्चकोटीको कथा ।


 

Nepe   
Read Full Discussion Thread for this article