के गर्नु त ? सबै तिमीले अर्काको ठाउँमा देख्या जस्तो ठुलो र आधुनिक काँहा हुने भो त । याँहा ठाउँँ सानो छ, अर्थतन्त्र सानो छ, केही गरुँ भन्नेको जमात सानो छ अनी यो टावर नि सानै भो । तर यत्ती भए नि तल बेँसीका मान्छेलाई गर्मी छल्ने र याँहाका पसले बुवा जस्तालाई दिन धकेल्ने बाहाना दिएको छ । हुन त ठुला कुरा हामीले चाहेर पनि काँहा पाउने हो र ? अब त बानी नै पारी सक्यो सानै कुरामा
समेत् खुशी हुने । सानै कुरामा जिबन खोझ्छौँ, जिउन सिक्छौँ र बेला मौकामा रमौछौँ । रहर नहुने त काँहा हो र ? तर सम्झौता गरेर रहर मार्न बानी पर्छौँ हामी । सानो छँदा चाबिले दम दिएर गूड्ने गाडी खेलाउने एकदम रहर थियो तर किन्ने ल्याकत मेरो परिवारको थिएन । कालिमाटी कुटेर गाडी बनाउन सिकेँ, दम दिएर गूड्ने नभए के भो त डोरी लाएर लतारेँ । म त्यसैमा रमाउन सिकेँ । त्यतिखेर देखी सम्झौता
गर्न सिकेको मान्छे यो उमेरमा अैपुग्दा त सम्झौता नै समझदारी बनी सक्छ अनी याँहाका मान्छेलाई सानो कुरो पाउदा पनि ठुलै लाग्ने भएन त ?"
रमाइलो कथा को बिच मा Sentiment मिसाउन नि कत्ती जानेको क्याप्टेन साब ले। फेरी तपाईंको कथा पढेर नतमस्तक भए।
अर्को पाटो नि चाडै पस्किम।
जय होस्।