Posted by: Rahuldai June 4, 2009
निदाएको बेला मात्र किन आउछौ ए सपना ?
Login in to Rate this Post:     1       ?         Liked by

निदाएको बेला मात्र किन आउछौ   ए सपना ?  


 


तिमी आउने आशमा,
तिमीलाई पाउने आशमा,
युगौं देखी रात अनिदो रहे।
युगौं देखी बात अधुरै रहे ।


थाकेर एक छिन,
तिमीलाई नै भाकेर  एक छिन
के निदाएको थियो रात
के निदाएको थिए म
तिमी आइछौ ...................
 
निदाएको बेला मात्र किन आउछौ   ए सपना ?  


निदाएकै बेलामै भए पनि आइछौ,
शिथिल तन मन मै रमाएछौ।


धीत मरेन, मन भरेन
ब्युंझदा कुनै शेष रहेन।


 ओंठ छामेर हेरें अझै रसिलो चुम्बन ताजै  छ कि भनेर
छाती फुकाएर हेरें अझै आलिंगन आलै छ कि भनेर


दिन मै आए के फरक पर्थ्यो ए  सपना?


साथी भाईले खुस्किए छ भन्लान् 
दिउसै सपना देख्न थाले छ भन्लान् 
सपना देख्ने चिज होइन,
सपना लेख्ने चिज होइन,


मेरो लागि सपना,
बिभुती हो,
अनुभूती हो।


अनगिन्ती कहाली लाग्दो बिपनाहरु
घातप्रतिघातबाट वाक्क लाग्दो बिपनाहरु
निर्मोही, निष्ठुरी अनुहारहरु
उदेकलाग्दो  व्यबहारहरु
सबैबाट मुक्ती चाहन्छु


त्यसैले सपना
निदाएको बेला मात्र होइन,
अंध्यारिएको बेला मात्र होइन,
उज्यालोमा  आउने गर
अंगालोमा बाध्ने गर  
 
 
 अस्तु!
 


 

Read Full Discussion Thread for this article