Posted by: shirish June 3, 2009
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        

कांग्रेस शीर्ष नेताहरु असन्तुष्ट


पार्टी सभापति कोइरालासँग छलफल गरिने


काठमाडौं, २० जेठ (दैनिकी)


नेपाली कांग्रेसका शीर्ष नेताहरुको अनौपचारिक बैठकले पार्टी सभापति गिरीजाप्रसाद कोइरालाको मंगलबार गरेको एकलौटी निर्णयप्रति व्यापक असन्तुष्टी जनाएको छ ।
बुधवार पार्टी कार्यालय सानेपामा पार्टी कार्यवाहक सभापति सुशील कोइरालाको संयोजकत्वमा बसेको शीर्ष नेताहरुको बैठकले पार्टी सभापति कोइरालाले आफनी छोरी तथा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाको नेतृत्वमा सरकार पठाउने तथा उनलाई परराष्ट्र मन्त्री बनाउने निर्णयसहितको प्रस्तावप्रति आपत्ती जनाएका हुन ।
अहिलेको परिस्थितिमा पार्टी सभापतिको भूमिकाप्रति पदाधिकारीहरुले गम्भीरतापूर्वक अनौपचारिक छलफल गरेको एक नेताले दैनिकीलाई जानकारी दिए ।
कांग्रेस केन्द्रीय समितिले कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषयमा औपचारिक निर्णय नभई सकेको अवस्थामा पार्टी सभापति कोइरालाको एकलौटी निर्णयप्रति शीर्ष नेताहरले घोर आपत्ति जनाउदै यस विषयमा पार्टी सभापति कोइरालासँग छलफल गर्ने बताएका थिए ।

Read Full Discussion Thread for this article