मैले राधा पढेर सिध्याइसकेकी थिएँ । एउटा अनौठो छाप छोडेर गयो राधा
मेरो मनमाँ ,पुर्णतय स्त्री चरित्रवादी र मैले सोचेको
भन्दा थोरै पृथक अन्त्य!खुशि लाग्यो आखिर केहि त नयाव खुराक पायो मेरो जीवनले , टेबलमा
बस्दा बस्दै आभाष याद आयो , याद आयो पनि किन भनौँ मैले त उसलाई बिर्सिरहेकै छैन नी
हिजोदेखि !टेबलको कुनामा बसेँ उसको लिजर टाइममा आइपुग्ला ,अफिस नजिकै छ भनेको छ
खाजा खाने ठाउँ खोज्दै आएको उ , ब्यग्रता मेरो लागि मात्रै त पक्कै पनि होइन होला ,ढोका
ढप्किँदै खुल्दै गर्यो चौतारो जस्तो क्याफेमा धेरै आउँदै सुस्ताउँदै अनि फेरि
हराउँदै गए ।
मैले बिस्तारै ब्यागबाट आफ्नो ल्यापटप खोलेँ ,हिजोको भेटले मलाई नया
कथा दिएको छ । म यहि चियापसलबाट एउटा कथाको शुरुवात गर्छु ,यहि चियापसलमा हुन
सक्ने टेबल गफहरु मात्र लाई लिएर जसमा केवल दुइ पात्र रहलान् , सानो रंगमन्च रहला
किनकी ति दुवै त्यो क्याफे बाट बाहिर निस्कनेछैनन् ।एउटा अनौठो प्रयोग गर्नेछु म
फलैँचामा ,कसो मन नपराउलान् फरक प्रकृतिका बस्तुहरुलाई धेरै मान्दछ दुनियाले , म
फलैँचामा एउटा नया आयाम थपिदिनेछु ।यो गाह्रो छ होला यदि आभाष फेरि भेटिएन भने
मेरो यो कथाको लागि मात्रै पनि आभाष फेरि भेट्टिइनु जरुरि भएको छ । उ आउँछ होला
अथवा भनौँ मेरो सात नम्बरको टेबलले उसलाई फेरि तान्नेछ । मैले माथिको तस्विरलाई
फेरि नियाले उसको पानी बोकेको यात्रा टुंगिएको थिएन।
कथा फुर्दै गयो एउटा केटा बाट शुरु गरेँ मेरो कथा मैले ,मलाई आफू केटी
नै भए पनि केटाका मनोविग्यान हरु मन पर्छन् युवकको आँखाबाट स्त्री हेरीएको कल्पना
नै मात्र पनि रहरलाग्दो हुन्छ ।छेउ छाउका चलायमान चिजहरु कथाका शब्दहरुमा उत्रिदै
गए ।मलाई मैले लेखेको कथा रमाइलो लागेको थियो ।थोरै अड्किए जस्तो भए पछि मैले फेरि
ब्ल्याक कफि मगाएँ ।त्यो यात्रामा गाडि मा प्रयोग गरिएको मबिल जस्तै हो ,ब्ल्याक
कफिको तरलताले कथालाइ चिप्ल्याउँछ यसरि बगाउँछ कि कतिखेर कथाको अन्त्य आइसकेछ
स्वयँ लेख्ने मलाई समेत थाहा हुन्न ।
सुन्दा सबैलाई हाँसो उठ्ला तर म कहिल्यै कथाको अन्त्य सोचेर लेख्दिन ।
कथाहरुले आफ्नो अन्त्य आफैँ खोज्नु पर्छ हामी त केवल साधक हुँ कथा सँग को यात्रामा
आफ्नो जीवन पनि छोडेर बगिदिने !
घडि हेरेँ । करिब दुइ बज्न आँटेको थियो । हिजो हुन त मैले घडि हेर्ने
न समय पाएँ न घडि हेर्ने रहर नै जाग्यो तर मलाई लाग्छ ।हिजो आभाष आउँदा पनि यस्तै
यस्तै समय भएको थियो । उसलाई कम्प्युटर सँग जोडिएका कुराहरु मन पर्दैनन् ।म उसबाट
सकेसम्म मेरी सुगन्धालाई लुकाउन चाहन्छु । सुगन्धा मेरो नभएकी विश्व हो , मेरो
कुनै शुभचिन्तक ले नै भने जस्तो । मैले ल्यापटप भित्र राखेँ झोलाको अनि किताव
झिकेर पढ्न बसेँ । आधा बाटो धारावासी को आफ्नै कथा रहेछ । मलाई रमाइलो लागीरहेको छ
धारावासीको किताब यात्रा ,यो भन्दा पहिले मैले ध्रुवचन्द्र गौतम रोजेकी थिएँ
।रमाइलो भइराखेको छ मेरो फलैँचाको जागिर ।किताबहरु सँग को सम्बन्ध । त्यो एउटा
पुरुष सँग बिताएको रात जस्तै मादक हुँदो रहेछ टासिइरहुँ झैँ लाग्ने ,छोड्न मन
नलाग्ने र किताब सकिएर सर्वांग उधारिएको बेला पनि पल्टाइरहुँ लाग्ने पाना पाना
खेलाईरहुँ लाग्ने ।
घडिको सुइ बिस्तारै बिस्तारै घुमिरहेको थियो । प्रतिक्षामा घडि
बिस्तारै नै घुम्छ भनेर त स्वयं आइन्स्टाइन को थियरि अफ रिलेटिभिटी ले मानेको कुरा
हो मैले नमान्ने त झन कुरा नै आएन । ढोका मा मैले हेर्ने टाइम ग्याप बिचको
फ्रिक्वेन्सी बढ्दै गयो । आभाष आज आउदैन जस्तो छ । थोरै रिस उठ्यो ,थोरै चिन्ता पनि
लाग्यो । उ सँग मैले उसको नम्बर मागिनछु ,अब आभाषलाई खोज्ने कसरी ? यो प्रश्नको
जवाफ म सँग छैन । म थोरै छटपटाएँ किताब बन्द गरेँ ,अर्को चोटि मेरो उ सँग भेट हुने
सम्भावना कत्तिको छ त ?शायद आज जस्तै काला दिनहरु भए भने त छैन नै होला । तर हैन
उसले यदि साँचो बोलेको हो भने आज नभ्याएको पनि हुन सक्छ ।म जति छटपटाईरहेको छु
पारि पट्टि पनि त त्यस्तै प्रतिकृया हुनुपर्छ । मैले सोचेँ ,ठिकै छ भोलि त अवश्य
नै आउला !
छेवैको टेबल मा केहि कुरो मिलेनछ । फुच्चे लाइ गरिरहेको गालीले म थोरै
झस्किएँ । कसैको पेन्ट मा चिया चुहिएको कथा जस्तो लाग्यो । हेरेँ उसको पेन्टमा
कुनै रचनात्मक फरक भने परेको थिएन । फुच्चे टुलुटुलु निरिह आँखाले उसको पेन्टमा
लागेको दाग कहाँ नेरि छ भनेर खोज्न ब्यस्त थियो । उ आफ्नो गल्तिलाइ उसको पेन्टमा
खोज्न खोजिरहेको थियो ।देख्ने खाले गल्ति थिएन हुन त गल्ति सुक्ष्म थियो तर उसले
देखिने खाले बृहत सजाय पायो । गालिहरु रोकिन मानिरहेकै थिएनन् । उ सँग गालिको अथाह
भण्डार छ जस्तो थियो । उ एक एक अस्त्र युद्दमा छोडेर आफ्ना प्रतिद्वन्दिलाई घायल
गर्न खोजिरहेको जस्तो थियो । धेरै बेर सुनिरहेँ शब्दहरुले मलाई नै घोचिरहेको जस्तो
लाग्यो । म केहि पनि गर्न सक्दिन , मैले केहि भने भने उ म तिरै खनिनेछ , उसका
भण्डारमा अझ पुन प्रयोग गर्न मिल्ने धेरै अस्त्र होलान जसको मलाई डर लागिरहेको छ ।
नैतिक मान्छे कायर हुन्छ ।एक छिन सम्म बिरक्त लाग्यो । मान्छे हरु किन यति निरिह
हुन्छन् , उसले आफ्नो काम छोड्न सक्दैन , अनि मान्छेहरु किन यति कुरुप हुन्छन छेवैको टेबलको को रिस शान्त भइरहेको थिएन ।
म फेरि आफ्नो कथामा फर्के । आज केहि लेख्दिन भनेर थन्क्याएको ल्यापटप
फेरि बाहिर निकाले ।विन्डो को उहि सुनिराखेको धुन फेरि सुनियो । कथा लेख्न फेरि
शुरु गर्न खोजेँ तर अहँ शब्दहरु पटक्कै उक्किएनन् । मेरो कथा अड्किएको छ । पहिलो
भागमैँ ।हिजो देखि शुरु भएको कथा मेरो पहिलो भाग मैँ अड्कियो शायद यो कथाको अन्त्य
गर्न फेरि चियापसलमा आभाष झुल्किनुपर्छ ।
क्रमश: