Posted by: HomLal June 1, 2009
उपत्यका बन्द र नेवार !!!!
Login in to Rate this Post:     0       ?        
नेवार समुदायले आयोजना गरेको बन्दलबाट देखिएका तस्वीरको आधारमा अर्को नेवारको शिर झुक्ने भन्ने कुरा मेरो विचारमा अलिक फितलो लाग्यो। किनभने राम्रो र नराम्रो भन्ने चिज कुनै जात, धर्म, देश जस्ता कुराहरुमा सीमित हुने कुरा हैन। यी कुराहरु आफ्नो ब्यक्तित्वमा निर्भर हुने कुरा हुन। हाम्रो देशमा राम्रा नेवार, बाहुन, राई, लिम्बु, मगर, मधेसी, पहाडी, नेपाली सबै पाईन्छन।  नराम्राको हकमा नि त्यै हो। विदेशीको कुरा नि त्यस्तै हो। त्यसैले, म त राम्रो भारतीय लाई छोडेर नराम्रो नेपालीसंग आफूलाई आवद्ध गर्न ठीक ठान्दिन। एउटा उदाहरण मात्र।
Read Full Discussion Thread for this article