Posted by: Nepe June 1, 2009
उपत्यका बन्द र नेवार !!!!
Login in to Rate this Post:     0       ?        

गत साता मैले वासिङटन नेपाल फोरमद्वारा आयोजित एउटा कार्यक्रममा जातिय संघियताको सबल पक्ष (जस्तै: विद्यमान cultural exclusion, असन्तुष्ट विद्रोही समुहहरु) र दूर्वल पक्ष (जस्तै: cultural exclusioneconomic exclusion लाई छ्यासमिस गर्ने धुर्त तर्क, elite उपवर्गमा मात्र सिमित भएको hegemony लाई पुरै ethnicity को hegemony हो भनेर आविस्कार गरिएको जातीय उत्पीडन को फटाहा सिद्धान्त, नेपालको विद्यमान सर्वजातिय छ्यासमिस र शान्तिपूर्ण बसोवासलाई र आर्थिक असमानताको प्राधान्यलाई deny गरेर भूमिको कृतिम अंशबण्डा त्यो पनि केही छानिएका जातीहरुलाई राज्य पाउने भाग्य र बाँकी जातीहरुलाई राज्यबिनाको राज्यमा चित्त बुझाउनु पर्ने गरी मनुस्मृतिलाई पनि माथ गर्ने जातिय वर्णाश्रम को शुरुवात र त्यसले पैदा गर्न सक्ने जातिय द्वन्दको chain reaction प्रति गैरजिम्मेवार वेवास्ता, आदि) को चर्चा गरिएको talk प्रस्तुत गरेको थिएँ । त्यो सामाग्री यस धागोमा धेरै सान्दर्भिक हुने भए पनि, लम्बाईको कारणले प्रस्तुत गर्न असमर्थ छु ।


तर नेवा राज्यको माँगको बहससंग सान्दर्भिक हुने दुईवटा तथ्य राख्‍न चाहन्छु ।


 


. नेपालको राष्ट्रियताको परिचायक symbol हरुमा नेवार लगायत अन्य जातिको सांस्कृतिक symbol हरु समावेश न्यून वा हुँदै नभएको तथ्य र त्यसबाट उत्पन्न असन्तुष्टी साँचो हुन् ।


समाधानार्थ मैले जनजातिय सांस्कृतिक चिन्हहरुलाई राष्ट्रिय चिन्ह बनाउने लगायतका अरु केही चाखलाग्दा प्रस्तावहरु प्रस्तुत गरेको थिएँ । एउटा प्रस्ताव थियो: नेपाली भाषाको विस्तार गर्दा (जस्तै नयाँ नयाँ प्राविधिक शब्दहरुको आविस्कार गर्दा) संस्कृतलाई मात्र श्रोत बनाउने जुन परम्परा छ त्यसको क्रमभंग गरी अबदेखि जनजातिय भाषालाई पनि श्रोत बनाउने ।


वास्तवमा म त्यस्ता उपयोगी झर्रा नेवारी शब्दको खोजी र संकलन गर्दै थिएँ, talk मा प्रस्तुत गर्न भनेर, तर अपुरो भएकोले प्रस्तुत गर्न सकिनँ । तर नेवारी शब्द खल:, तामाङ शब्द घेदुङ आदि हाम्रो प्रतिनिधि सभा वा यस्तै सभा जनाउने कुनै राजनीतिक अंगको लागि प्रयोग गर्न सकिन्छ भनेर राखेको थिएँ ।


यो त एउटा सानो उदाहरण मात्र हो । नेपालको राष्ट्रिय पहिचानलाई सर्वजातिय सांस्कृतिक चिन्हहरुद्वारा निर्मित गरी खसजातीको राष्ट्रिय सांस्कृतिक आधिपत्यलाई विस्थापन गर्ने अनेक बाटाहरु छन् । जातिय विभाजन र isolation जायज समाधान होईन, समाधान होईन के, यसले त पहिलेको भन्दा पनि बढी समस्या, असन्तुष्टी र जातिय द्वन्द ल्याउने कुरा सर्वनिश्चित छ ।


मैले अहिले माओवादी मूर्खहरु लगायत अन्य जातीवादी समुहहरुले प्रस्तावना गरेको जातिय राज्य (खसान, मगरात, थरुहट, तमुवान, तमाङसालिन, लिम्बुवान आदि) का नवस्थापित शासक जाती र त्यहाँ बसोवास गरिरहेका अन्य रैती जातीहरुबिच द्वन्द भएर ती राज्यहरु फेरि टुक्रने, यसरी टुक्रेका राज्यहरु पनि फेरि टुक्रने, र त्यो क्रम सम्पूर्ण देश सानो सानो ईलाका, गाउँ, टोल, अनि घर घर र अन्त्यमा पतिपत्‍नीको ओछ्यान पनि टुक्र्याउने गरी हरेक आधा ओछ्यान स्वायत्त राज्य घोषणा गरिने नभए सम्म अथवा धत्तेरी यस्तो बौलाहा काम पनि गर्ने भनेर फेरि सर्वजातिय एकात्मक राज्यमै फर्किने नभए सम्म जारी रहनेछ भनेर दर्शकहरुलाई हँसाउन तर भित्र मनमा भने रुवाउन सफल भएको थिएँ कि जस्तो लाग्छ, कार्यक्रममा ।


 


. नेवारको cultural exclusion भए पनि सरदर आर्थिक मामलामा भने अन्य जातीको सरदर अंक भन्दा माथी रहेको तथ्य एउटा अर्को धागोमा टाँसेको थिएँ । अब यसलाई कसरी अर्थ्याउने हो, त्यो पाठककै जिम्मा ।


 



 


थप गफ:


http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=72091


 


. दुईतीन दिन जति भयो एकजना उग्र जातियराज्यवादी नेवार मित्रले ईमेलै लेखेर नेपालमा “ethnic uprising” भईरहेको भन्दै त्यसको गौरवगाथा गाउनुभयो । अनि मैले तराईका विभिन्न सशस्त्र समुहहरुले जुन लुटपाट, हत्या, धम्की र जातिय खेदाईको काम गरिरहेका छन् उनीहरुले नेवार र अन्य भनेर discriminate गरेका छैनन् जस्तो लाग्छ भनेर नेवार बसोवासको map पठाईदिएँ । उनले जवाफ दिएनन् । यो map मा स्पष्टै देख्‍नुहुन्छ नेवार समुदाय काठमाडौं खाल्डोमा मात्र सिमित छैनन् ।


अब नेवार राज्य बाहिरका नेवारहरुले के गर्ने त ? नेवार राज्यमा बसाई सर्ने की अन्य जातीको राज्यमै रैती दर्जाको जाती भएर र समभवत: रातोदिन जा तेरै राज्यमा बस्न जा भन्ने खप्की खाई खाई बस्ने, हँ ?


र यो कुरा अरु जातिय राज्यका जातीहरुको हकमा पनि लागु हुने कुरा हो ।


 



 


Nepe

Read Full Discussion Thread for this article