Posted by: sathi_meroo June 1, 2009
मेरो साथी पुष्प ठुलो मान्छे भयो
Login in to Rate this Post:     0       ?        

मेरो साथी पुष्प ठुलो मान्छे भयो

रामपुरमा कुटाइ खाइ जंगल तिर पस्यो

जंगल तिर दुई-चार मान्छे बोलाएर लाग्यो

अरु दुइ-चार जना फेरी त्यतै तिर भेट्यो



क्रान्तिको कुरा गर्यो अनी डाका पल्कायो

आफ्नै गाउँ पोहिला लुट्यो अनी हतियार बटुल्यो

त्यही हतियारको भरमा मान्छे तर्सायो

स्कुल बाट केटा केटी पनि जंगल पसायो



दाइलाई गोली हान भनी भाईलाई सिकायो

जो मरे पनि घरमा आमा बा लाई रुवायो

१३००० हजार जनता सक्यो अनी दात कोट्यायो

यती भयी पछी त राजनीति मा खुट्टा तन्कायो



जनता को आवज हामी हौ भनी नारा लगायो

आफ्नो बाटो सिधा आउनेलाई स्वागत रचायो

बाङिने र नटेर्ने लाई चिर्पाट्ले बजायो

चुनाव नारा मा हतियार नउठौने भनी सबैलाई झुक्यायो



मेरो साथी पुष्प ठुलो मान्छे भयो

जिन्दगीमा एक चोटि प्रधान-मन्त्री बनेर देखायो

सत्ता बाट हट्दा पनि गज्रिएर धम्की दिदै हट्यो

मेरो साथी पुष्प ठुलो मान्छे भयो

Source : http://suste-junge.livejournal.com/7053.html

Read Full Discussion Thread for this article