Posted by: crazy_love June 1, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

"मायामा सहिद म! सहिद तिमी! जोडी त मिलेकै हो है?"


नेहा रिसले बोल्न पनि सकेकी थिइन। नील ढोकामा उभिएर एकोहोरो हेर्दैथ्यो उसलाइ, नेहा जुरुक्क उठी र अर्कैतिर फर्केर बसी। नीललाइ एकचोटी फर्केर पनि हेरिन।


 


भाग-११


दुइ हप्तापछि फेरि साराको घरमा बुक-क्लबको लागि नील र नेहाको भेट भएको थियो। उनिहरु एक अर्कासङ प्रत्यक्ष कुरा गर्न हिच्किचाइ रहेका थिए। नील बहाना बनाँउदैं नेहासङ कुरा गर्न खोज्थ्यो। नेहा कुरालाइ गम्भिरतापूर्बक नसोची समाप्त गर्थी। सामान्य "हाइ, हेल्लो" पछि केहि बेरमैं साराले बुक क्लबको लागि छलफल शुरु गर्ने अनुमति मागि, उपस्थित सबैले शुरु गर्ने सहमति दिए।


नील पहिलो बक्ता थियो, उसले "उदरिङ् हाइट्स्" कि पात्र क्याथरिनको बारेमा बोल्न शुरु गर्‍यो।


"क्याथी एक आफैमा प्रष्ट नभएकी पात्र हो। उ प्रेममा होइन कि जिबनमा कतै अड्किएकी छे, उ कहिँ रोकिएकी छे, जहाँ उ गति लिन सक्दिन र हिथक्लिफलाइ माध्यम बनाएर उ असफल प्रेमको जालोभित्र लुक्न चाहन्छे। उ दिग्भ्रमित छे, जिबनमा उ अघि होइन, पछि मात्र फर्किन खोज्छे। यसले जिबनको नियमलाइ चुनौती दिएको छ, फलस्वरुप उ हिथक्लिफलाइ खराब बाटोतिर लाग्ने प्रेरणा दिन्छे। उ आफ्नो दुखको मात्र होइन, पारिबारिक तहसनहसको लागि पनि जिम्मेबार छे।"


"हिथक्लिफ क्याथीको पहिलो प्रेमि हो, उनिहरुको प्रेम साँचो हो, क्याथी हिथ्क्लिफको अस्तित्वलाइ आफ्नै मान्छे। त्यसैले "म हिथ्क्लिफ हुँ" भन्छे। नेहाले तुरुन्तै नीलको कुरा काटेर बोली। सारा लगायत सबै जना अरु अचम्म मानेर नेहालाइ हेर्न थाले।


"त्यो किशोराबस्थाको प्रेम "प्रेम" हुन सक्दैन, त्यो एउटा आकर्षण मात्र हो क्याथी र हिथक्लिफ बिचको। त्यसैलाइ कारण बनाएर हिथक्लिफको धनी हुने योजना र क्याथीको दुखी बन्ने रहर दुबै आसक्तिका घातक परिणाम हुन्। जिबन गतिशील हुनु पर्छ, तर यस कथामा प्रेमले बिनाश निम्त्याएको देखिन्छ। प्रेममा कहिले त्यस्तो हुन सक्दैन।" नीलले नेहालाइ हेर्दै अरु जोशिएर बोल्न थाल्यो। कोठामा झन मौनता थपियो।


"प्रेमको परिभाषा तिमी आफै बनाँउदैँ छौ, सारा संसारले  मानेको प्रेमलाइ प्रेम होइन भन्ने तिम्रो प्रयाश "उदरिङ् हाइट्स" प्रतिको लक्ष्य होइन, म प्रतिको तिम्रो ब्यक्तिगत प्रहार हो।" नेहाको स्वरमा पनि रिस देखियो।


बुक- क्लबमा भइरहेको कुरा बुझ्नलाइ सारालाइ केहि गार्हो भएन। उसले नील र नेहालाइ एकछिनको लागि बाहिर लगी र भनी।


"यो बुक- क्लब हो, तिमीहरुको झगडा गर्ने ठाँउ होइन, तिमीहरु दुबै उपन्यासको पात्रको सहारा लिएर एक अर्कालाइ ब्यँग गर्दैछौ। यो कुरा राम्रो होइन, भित्र सबै साथीहरु तिमीहरुको चर्तिकला देखेर दिक्क भएका छन्। म तिमीहरुलाइ आज बुक-क्लबमा समाबेश गराउन सक्दिन।"


"तिमीले त हो नि यो सबै शुरु गरेको?" नेहाले नीललाइ आँखा तर्दै भनी।


"हो, हो मैले हो सबै गल्ती गरेको तिमी त चुप लागेर बसेकोथ्यौ।" नीलले तुरुन्तै जवाफ फर्कायो।


"मलाइ तिमीहरुको झगडामा केहि रुचि छैन। तिमीहरु दुबै राम्ररी कुरा गरेर यो समस्यालाइ आजै समाधान गर्ने। त्यहीँ बसेर कुरा गरे पनि हुन्छ।" साराले नजिकैको कौसी देखाइ दुबैलाइ।


"तिमीहरुको कुरा नमिलेसम्म भित्र नआउने।" ढोकाभित्रै पस्ने बेलामा साराले दुबैलाइ सुनाइ।


नेहा कौसीको एक कुनामा गएर आकाश हेर्न थाली, त्यो साँझ पनि आकाश उस्तै सुन्दर थियो, चन्द्रमा उस्तै मुस्काइरहेकी थिए, ताराहरु उदाश देखिन्थे, नेहाकै दुखमा रोइरहेका जस्ता। नीललाइ त्यसरी नबोली बस्न झनै गार्हो भयो।


"आज आकाश कस्तो सफा देखिएको है?" नीलले आकाश र नेहाको अनुहारमा हेर्दै भन्यो।


"म सङ नबोल तिमी!" नेहा अझै रिसाइरहेकी थिए।


"नबोलीकन कसरी कुरा हुन्छ त हाम्रो? साराले कुरा गर्नु र मिले पछि मात्र भित्र आउनु भनेकी होइन?" नील अलि टाढै बसेर बोल्यो।


"तिमीले मलाइ जिबनमा गति लिन नसकेकी आफैप्रति प्रष्ट नभएकी केटी भन्यौ?" नेहाले कुरा फेरि निकाली।


"त्यो त उपन्यासकी नायिका क्याथरिनलाइ पो भनेको मैले। तिमीलाइ भनेको जस्तो लाग्यो भने ल मलाइ माफ गर। सरी!" नीलले माफी माग्नु उचित ठान्यो।


"तिमीले मेरो र सगरको प्रेमलाइ किशोराबस्थाको आकर्षण मात्र ठान्यौ?" नेहाले स्पस्टिकरण मागि फेरि।


"त्यो कुरामा त म माफि माग्न सक्दिन। त्यो मैले जे भने ठिक भनेको हुँ।" नील यसपालि कठोर देखियो।


"तिमीलाइ त म सङ राम्रो ब्यबहार गर्नै आँउदैन, एउटी केटिसङ कसरी कुरा गर्नु पर्छ भन्ने नै थाहा छैन। जे मुखमा आयो त्यही भन्या छ। तिमी कहिल्यै रोमान्टिक हुन सक्दैनौ।
एकोहोरो गुनासो मात्र गरेको छ। म के चाहन्छु भन्ने कुरा कहिले बुझेको छौ?" नेहाले सोधी।


"त्यो त तिमीले भन्नु पर्छ मलाइ, नभनीकन म तिम्रो मनको कुरा कसरी बुझुँ नेहा? हो, म तिमीलाइ प्रभाव पार्न झुठो कुरा गर्न सक्दिन। म जे छु, यस्तै छु। तिमी पनि त म सङ रुखो ब्यबहार गर्छौ नि। फोन नम्बर मागेको त दिएनौ, अब रोमान्टिक भएर फूल दिउँ भने त्यही फूलले मलाइ उल्टो झटारो हान्लौ भन्ने पीर। डेटको लागि जाँउ भनौं भने फेरि नबोली बस्लौ भन्ने पीर। ल भन, म के गरुँ?" नीलको आफ्नै पीरमाथि पीर  थियो।


"तिमीलाइ त सगरको माध्यमले कटाक्ष ब्यँग गर्न मात्र आँउछ, मलाइ चोट पुग्ने गरी। तिमी मलाइ कहिलें कहीँ पत्थर हुनु पर्ने जस्तो लाग्छ।" नेहा उस्तै रुखी भइ।


"तिमी नि तिमी!" नीलको स्वर लै कडा सुनियो। "तिमी मलाइ देख्नासाथ आउने तिम्रो आँखाको चमकलाइ लुकाएर जहिले पनि सगरकै कुरा गर्छ्यौ। तिमी आफुलाइ "कुकून" भित्र सुरक्षित महसुस गर्छयौ। सगर खालि तिम्रो बहाना हो, बास्तबमा तिमी जिन्दगिमा गति लिन चाहन्नौ। तिमी त्यही सगर नामको जालोभित्र खुम्चिएर बस्न चाहन्छौ। तर एउटा कुरा तिमी स्वीकार गर्न सक्दैनौ। मलाइ थाहा छ, तिमी पनि मलाइ चाहन्छौ। फरक यति छ, म ब्यक्त गर्छु, तिम्रो आँखाहरु बोल्छन।" नीलले मनको कुरालाइ जस्ताको त्यस्तै उतारिदियो नेहाको अगाडी।


"तिमीहरुको कुरा मिल्यो कि मिलेन?" सारा फेरि ढोकामा उभिएर हाँसी। नील र नेहा दुबै केहि बोलेनन्।

"खाना खान आउ अब!" भन्दै सारा फेरि भित्र गइ, नील चुपचाप साराको पछि पछि लाग्यो, नेहा नील गएको एक्छिन पछि भित्र पसी।


क्रमश:


 


 



 

Last edited: 01-Jun-09 11:45 AM
Read Full Discussion Thread for this article