Posted by: nakkali keti June 1, 2009
सबिराको जेरुसेलम यात्रा
Login in to Rate this Post:     0       ?        

सबिराको जेरुसेलम यात्रा


सबिरालाई आज निन्द्रा परेको छैन तर पनि उसलाई भोलिको महत्वपूर्ण काम फत्ते गर्नु अगाडि केही बेर आराम गर्ने निर्देशन दिइएको छ। निदाउन पाउनु सबिराको लागि आधारभुत आबस्यक्ता होइन। उस्ले कयौँ रातहरु झिमिक्कै नगरी काटेकी छ।भोक, प्यास त्रासले गाँजेका ती रातहरु भन्दा आजको रात भिन्नै छ। आज अतितका सम्झनाले सुत्न सकेकी छैन।

सबिराको पुरा नाम सबिरा नजारी हो। पेलेस्टेनी भुभागको पश्चिमि किनारमा रहेको पुरानो शहर रामाल्लाह मा जन्मिएकी थी। बाउ आमाकी कान्छी छोरी सबिराका दुई भाईहरु पनि थिए। सबिराका बाउ सलह अबी नजारी इजराइलले गरेको हवाइ आक्रमणमा पनि मरेका थिए। सयौँ छ्य्त बिछ्य्त भएका लास बिच सलह अबीको लास परिवारका सदस्यहरुले अनुमान गरेर गाडेका थिए। बाबु मरेको १० महिना पछी सबिराले सात बर्षका दुई भाईहरु  अर्को इजराइली आक्रमणमा गुमाएकी थी। उस्का दुई भाईहरु सँगइ  अरु तीन जना बच्चाहरु पनि मारीएका थिए। इजराइलले त्यो आक्रमण आफ्न तीन सैनिक मारीएकोमा गरेको थियो। सबिर सधैं ति तीन सैनिकहरुको छबी बुन्न खोज्छे। पाँच बच्चा बराबर तीन सैनिक... ... ...  यो हिसाब उस्ले कहिले पनि बुझ्न सकिन। सबिराको कथा यही सकिँदैन। साँची भन्ने हो भने उस्को जीवन कथा पश्चिमिहरुको लागि एक साँझ खर्चिने फिक्सन मुभि बन्न सक्छ।

यसरी युद्दले जर जर भएको भुमिमा ज्यान जोगाउनु कम चुनौतीपूर्ण काम होइन। त्यस माथि सबिरा एक नारी। संसारका हरेक नारीलाई झै उस्लाई पनि आफ्नो अस्मिता बचाउनु पर्ने जिम्मेबारी छँदैछ। हुन लुटिइ सकेकी छ। उस्को जीवनको पछील्लो घटना। १५ जनाको सैनिक टोलिले घेरेको थियो , उस्की आमा, दुई दिदिहरु अनी अरु , जना आइमाइहरुलाई। सबिराले मन मनै गनेकी थि ति मान्छेहरुलाई। आधुनिक हतियारको ताकतले मात्तिएका ति सैनिकहरु पागल हात्ती झै देखिन्थे। ती जनावरहरुले आक्रमण गर्दा उस्की आमा दिदिहरुले प्रतिकार गरे। डुँग् डुँग् गोलीको आवाज आयो। क्षण भरमै , जनाको लास काठको मुडो बनेर तेर्सियो। १५ बर्षकी सबिरा तर्सी। उस्लाई ती नरपिसाच भन्दा मृत्‍यु भयन्कर लाग्यो। त्यसैले चुँइक्क  पनि नगरि सुम्पी नि उस्ले आफ्नो अस्मिता। तर उस्लाई त्यस्को पछुतो छ। त्यसैले यो काम गर्न जाँदैछे नि भोली।

सबिराको यो कथा पेलेस्टाइनिहरुको लागि भने नौलो होइन। यस्तो कथा इजराइलले ओगटेको पेलेस्टाइनमा बस्ने हरेक दोर्सो, चौथो सबिराको हुन सक्छ। तर कुनै संचार माध्यामहरुले उनिहरुको कथा भन्दैन। उनिहरुको घर, देश इजराइलले जबरजस्ती कब्जा गरेको कुरा गर्छ। गरोस् नै किन, सबिराको वा सबिरा जस्ताको संचार माध्याममा लगानी , सेतो घर सँग निकट सम्बन्ध। तर दोष यहाँ बिदेशिको मात्रा होइन। सबिराका आफ्नै बाउ, काका, दाजु, भाईहरु पनि फुटेर फताह हमास बनेका छन। यसै बिदेशिले कब्जा गरेको भुमी , त्यस माथि आफ्नै घरमा कलह भएपछी कसरी त्यहाँ बस्ने मानिस सुरछित हुन सक्छन ?

कयौँ बर्षदेखी सबिराहरुको भुमिमा चल्दै आएको संघर्सको समाधान सरल छ। इजराइल पेलेस्टाइन दुई छुट्टा छुट्टै राज्यको स्थापना तर कार्यन्वन अत्यन्त जटिल छ। इजराइलले पेलेस्टाइनी भुमीमा यहुदी बस्तीहरुको सन्जाल फिजाइ सकेको छ। त्यस माथि उस्लाई अमेरिकाको सहयोग छ। आफुलाई
संसारको नाइके भन्ने अमेरिकाले इजराइललाई बर्सेनी करोडौंको सहयोग गर्छ।
त्यसैले त हरेक बर्ष कयौँ सबिराका परिवारहरु मारिन्छन नि। हुन त सबिराका
टाढाका नातेदारहरु पनि सक्ती सम्पन्न छन्। प्रसस्त तेल र पैसा छ
उनिहरुसँग। चाहेको खन्डमा उनिहरु यो अत्याचार रोक्न सक्छन। तर किन हो किन ति तमासे बनेका छन्।

आफ्नो सर्बस्व गुमेपछी सबिरा अल-अमारी शरणर्थी केन्द्रमा पुगेकी थि।  तर उ त्यहाँ बस्न चाहिन। आफ्नै देशमा शरणर्थी बन्नु पर्ने त्यो कस्तो बाध्यता। उ भित्र आक्रोस छ। देश हडपिएको आक्रोस, परिवार मारीएको आक्रोस अनी आफु लुटीएको आक्रोस। आफु भित्र दन दन बलेको आगो निभाउन चाहन्छे उ। त्यसैले त कता कताबाट करिब १५ दिन जती अघी रामाल्लाहमा रहेको हमासको  एउटा
सानो समुहमा भित्रिएकी छ उ। उ भित्रको आगोलाई हमासका ति सदस्यहरुले
प्रत्यक दिन हम्कन्छन। उ अहिले सही गलत केही देख्दिन। उ केवल भोलीको
पर्खाइमा छे।

मनमा अनेक थरी ताना बाना बुन्दै उस्को रात बितेछ।
उ उठेर तयार हुन्छे।



समुहका सबैले प्रार्थना गर्छन् अनी
सबिरा लाई शपथ खुवाइन्छ।
समुहको नाइकेले उस्को कम्मर म एउटा गर्हौँ पेटी बाँधिदिन्छ अनी एकछीन केही
प्राबिधिक कुरा गर्छ। अहिले उस्लाई निरिह सबिराबाट सक्तिसाली सबिरा भएको
अनुभब हुन्छ। त्यस पछी उस्लाई जेरुसेलमको जाफा भन्ने ब्यस्त सडकमा लगेर
छोडिन्छ। केही समयपछी एउटा ठुलो बिस्फोटनको आवाज आउँछ। CNN, BBC हरु
समाचार फुक्न ब्यस्त हुन्छन जेरुसेलममा आत्मघाती बम बिस्फोटमा परी १३ जनाको मृत्‍यु... ... ति मध्ये ५ जना बाल बालिका... ... ...


अस्तु




Last edited: 01-Jun-09 08:12 AM
Read Full Discussion Thread for this article