Posted by: बैरे May 19, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        
- " अघी प्लेनमा तिमीले केही कुरा भन्न आट्या झै लग्या थियो, के हो त्यो कुरा ? " भनी सोधे ।

 

उु एक छिन चुप लागि तर परिस्थितीमा गधालाई पनि बाउ भन्नु पर्छ भने झै आफ्नो अड्कन भन्ने बिचार गरीन् - " अघी मैले भने झै, म र मेरो साथीले सँगै अप्लाई गर्या थियौ तर उसले भिसा पाएन । मेरो मामा डि.सी मा हुनुहुन्छ वहाँले अमेरिका आएर काम गर्नु पर्ने हुन्छ ,  त्यसैले कलेजको दोर्ममा नबस्नु भन्नु भाको थियो ।  भेगसमा रेन्ट लिएर बस्नु काम गर्न जान आउन सजिलो हुन्छ भन्नु भाको थियो तर अब म एक्लै परे । दोर्ममा रूम बुक गर्ने टाईम पनि सकी सक्यो अब कहाँ बस्ने केही थाहा छैन । त्यसैले तिमीहरु कहाँ बस्न आट्या छौ कि भनी सोधु झै लाग्या थियो "

 

हामी पनि काम गर्न सजिलो हुन्छ भनी रेन्टमा बस्ने प्लान गर्या थियौ, पैसा भन्दा पनि हाम्रो खाचो अर्कै थियो । पैसा त नेपालबाट पेली हाल्थे त्यहाँ त मोज गर्न लुटाउने जगेणा मात्रै गर्नु पर्ने थियो । मैले हामी रेन्टमा बस्न आट्या कुरा गरे भने उसले पनि हामी सँगै बस्ने प्रस्ताब राख्थी त्यो मलाई थाहा थियो । तर उु सँग बस्नु भनेको नियम काईदामा बस्नु पर्ने हुन्थ्यो, केही गरी खैरिनी पट्टे पनि आफ्नो कोठामा ल्याउन नमिल्ने हुन्थ्यो । त्यो म चाहन्न थिए, तर मलाई बाल मत्लब थिएन उसले सोचे कै पुग्नु पर्ने जरुरी पनि त थिएन, मैले, हामी पनि रेन्टमा बस्ने कुरा जनाए । उु केही बोलिन ।

      


हामी केही बेर कुरा अझै कुरा गर्यौ तर उसले हामी सँग बस्ने कुरा चाँही उठाईन । केही क्षणमा च्याङ्ग्रापनी उठ्यो , मैले उसलाई ईशारा गरे उसले बुझ्यो पनि । रिया तिर हेर्दै च्याङ्ग्राले " एक छिन बस्दै गर है म चाँही यो बैरेलाई लिएर कही धुम्रपान गर्ने ब्यवस्था छ कि भनी हेरेर आउछु " भन्यो । उसले हुन्छ भनी जवाफ दियो । हामी त्यहाँबाट टाढा गयौ , "किन के भयो किन ईशारा गर्या" च्याङ्ग्राले सोध्यो ।

 

"तेरो आमा हामी सँगै बस्न आउन खोज्या छ, अघी प्लेनमा पनि भन्दै थियो नि त्यसको साथी को भिसा भएन भन्दै, तिनी हरुको सँगै बस्ने प्लान थियो । तर त्यो अर्कोको भिसा भएन अब हामी सँग बस्न खोज्या जस्तै छ "

 

"तलाई के म बस्न आउँ भनेर सोधी " च्याङ्ग्राले सोध्यो

 

"छैन तर इरदा त्यही छ उसको । सोधे पनि म हुन्न भनी दिन्छु, बेकारमा किन टेन्सन बोक्ने, न हाम्रो बाउँ पट्टी को न आमा " मैले भने   

च्याङ्ग्रा एक छिन सोच्न लाग्यो -" सुन हुन्छ भन " । मेरो दिमाग घुम्यो " के भन्छ यो बौलाइश, कि क्या हो ?"

 

"बौलाएको छैन, एक त पैसा पनि शेर हुन्छ, तरुनी भए पछी मिठो मिठो पनि खान पाहिन्छ , घर पनि सफा सुगर हुन्छ हामी पनि भलद्मी झै बस्छौ "

 

च्याङ्ग्राको कुरामा सत्यता थियो , तर थाहा छ भोली गएर खैरी भेट्ने हो कि होइन तर पनि भेटी हलियो भने ठिटी भाको घराँ कहाँ अरु तरुनी ल्याउने । मैले त्यही प्रश्न च्याङ्ग्रा सँग गरे - "अनी हाम्रो प्लान नि, भोली ठिटी पाहियो भने कहाँ लाने नि ?"

 

" हेर केटा, बच्चा पाउने कहिले कहिले, भोटो सिलाउने अहिले भन्या झै कुरा नगर, हामीले तरुनी पाउने हो कि होइन त्यो स्योर पनि छैन । बरु उसलाई पनि हेल्प हुन्छ हामी लाई पनि , यसमा हाम्रो क्षती भन्दा फाईदा धेरै छ । फेरी के थाहा हामी सँगै पट्टीन्छ कि ? अवसरलाई हेर,  बारम्बार ढोका ढक्ढकाउन आउँदैन । बरु तेरो इम्प्रेसन पार्ने मौका यही हो तै भन " च्याङ्ग्राले भन्यो । कुरा त ठीक हो, त्यही पनि मेरो मन चाँही मान्या थिएन ।

 

कुरा सकाई हामी फर्कियौ , च्याङ्ग्राले ईशारा गर्‍यो । म आफ्नो ठाउँबाट उठेर उसको छेउमा गएर - " रिया, एक छिन तिमी सँग कुरा गर्नु छ "

 

उु अच्चम्म परी, तर थपक्क उठेर म्रो छेउमा आइ । च्याङ्ग्राले - " म के छ यहाँ खानको लागि म हेरी आउछु भनी हामीलाई एक्लै छोड्यो " । मैले कुरा कहाँ बाट सुरु गरुम भनी सोची रहेको थिए, मेरो सोच अली लामो नै भएको होला उसले नै - "किन के भयो र ? " भनी सोध्यो ।

 

"तिमी कलेज गएर कहाँ बस्छौ ? " मैले प्रश्न गरे

 


म - "तिमीलाई हामी सँग बस्न मन छ ?"  

 

रिया - " खै के भनु, कलेजमा कोही भेटिएन भने भन्छु नि हुन्न र ?"

 

म - "हुन त हुन्छ तर तिमीले हामीलाई चाडै खबर गर्नु पर्छ, तिमी हामी सँग बस्ने हो भने ३ रूमको अपार्टमेन्ट लिनु पर्छ , नभए २ रूम लिए हुन्छ हामीलाई "

 

रिया - " हुन्छ म तिमीलाई खबर गर्छु, तिमीले डिसिसन गर्नु अघी नै "

 

हामी हङकङबाट अमेरिका म्क्कर्‍अन इन्टरन्यासनल  एअरपोर्ट प्रस्थान गर्ने बेला भयो, हामी कोउन्टरमा गई आफ्नो बोर्डइङ पास लियौ , तीन जना सँगै भएको हुनाले हामीलाई सगै को सिट प्राप्त भयो । प्लेनमा चढी सके पछी थाहा भयो कि यात्रामा धुम्र पान निषेध थियो भनेर । मन मनै सोछे नेपालको जाबो ४ घन्टे यात्रामा धुम्रपान गर्न पाईने यहाँ यात्रो लामो यात्रामा चाँही नपाईने कस्तो नाटक । जहाजले केही क्षण मै गगन चुम्यो , कुम्भ कर्ण अघी भर्खर उठ्या पनि फेरी सुन्त बस्यो , मेरो एक छेउमा रिया थियो भने अर्को छेउमा कुम्भकर्ण । अब यत्रो लामो यात्रा नबोली कटौ भने आफुलाई नै गाह्रो तर कुरा पहिले आफुले नगर्ने निधो गरे ।

 

म पनि चुप थिए र उु पनि हाम्रो सुन्यतामा च्याङ्ग्राको लामो सास स्वार र फ्वार गर्दै सुनी रहेको थियो । मैले उु तिर हेर्दा उनी आफ्नो आँखाबाट ओभ्रिएको पानी पुछ्दै थि ।  मन मनै कती रुन सक्ने हो सोचे, तर फेरी उु त केटी मान्छे कमलो मन हुन्छ भन्ने कुरा थाहा नै थियो घर याद आयो होला भनी सोचे । उसको मन हल्का बनाउने बिचारले मैले आफ्नो स्वाभिमान निली उु सँग कुरा गरे । कुरा हरु त्यही कहाँ घर, को को हुनुहुन्छ घरमा ,  कहाँ पढ्या, किन अमेरिका, यसलाई चिन्छौ, उसलाई चिन्छौ मै बित्यो । हामी बिच न त एक अर्कामा केही आकर्शण नै थियो न त अरु खासै केही । उु मेरो लागि केवल एक नेपाली केटी थि, जो भोली मेरो रूम मटे हुने सम्भावना चाँही धेरै थियो । कुरै कुरामा उसले हामीसँग बस्ने निधो गरेकी पनि सुनाई तर एक चोटि काठमाडौं खबर गर्नु पर्ने कुरा सुनाई, उसको त्यो कुरा जाहिज थियो । अल्लारे ठिटाहरु सँग बस्नु नेपाली केटीको लागि स्वभाविक थिएन , यहाँ त मत्लब हुँदैन थियो तर नेपालमा उस्का बाउ आमालाई त्यो खबरले कस्तो असर पर्छ त्यो उसले सोच्नु पर्ने थियो । केही बेर हामी पनि आँखालाई थकान दिन सुस्तायौ ।

 

४८ घण्टा अघी हामी आफ्नो मातृभूमी मा थियौ आहिले हामी सात समुद्र पार गरी अमेरिका आगमन गर्दै थियौ ।  भेगस भन्ने शहर कस्तो उराठ लाग्दो रहेछ , प्लेन बाट वरी परी मर्भूमी नै मर्भूमी देखियो । तर नजिकै आउँदा केही ठुला ठुला घर हरु पनि देखिए । हामी आफ्नो क्लेरेन्स गरी बाहिर निस्क्यौ । कस्तो अचम्मको एअरपोर्ट रहेछ भित्रै जुवा खेल्ने मेसिन हरु भरी भराउ रहेछ । नेपाल छोड्नु अघी अमेरिकन लाइब्रेरी को दाई ले त भन्या थिए त्यहाँ जुवा पाइलै पछी खेल्न पहिन्छ, त्यसैले मन बरालिन नदिनु भनेका थिए । आमाले पनि घर छोड्नु अघी "बाबु जुवाले युधिस्थिरको त मती भ्रस्ट गर्‍यो तेरो पनि गर्ला , एक दम सोच बिचार  गर्नु सके सम्म जुवा मा मन नभुलाउनु है भन्या थियीन् " । आफु पनि सके सम्म जुवा बाट टाढै बस्ने सोचियो, तर वास्तबमा जुवा भन्दा पनि मन अन्तै भुलाउने सोच्या थिए । त्यस माथि १ सेन्टकै खेले नि ६.५० नेपाली हुने आफुलाई त महंगै हो ।

 

हामी त्यहाँ बाट निस्की कलेज तिर प्रस्थान गर्यौ । आफु लाई कलेज को इन्टरन्यासनल अफिसमा हाजिर गराइ, ओरिएन्टेसनको मिती र समय फिक्स गर्यौ । अडभाईसरले नेपाल फोन गर्न पनि दियो, आफु पुगेको खबर गरी हामी कोठा खोज्न निस्क्यौ, सामन हामीले कोठा नभेटुन्जेल त्यही राख्ने आग्र्ह गर्यौ । रियाको आँखामा अली खुशीका किरण हरु छछल्केको देखियो कारण मैले बुझिसकेको थिए, त्यही पनि उसले आइ "म तिमी हरु सँगै बस्छु" भनी । 

 

 

 

 
Read Full Discussion Thread for this article