भाग-७
"धन्य प्रभु! सगर जस्तो नील भनिन। मलाइ त त्यही भन्ली भन्ने डर थियो।" नीलले नेहालाइ ब्यङ्ग गर्दै भन्यो।
"तिमीलाइ त्यस्तै सुन्न मन छ भने भनि दिन्छु। भनुँ?" नेहाले पनि नीललाइ जिस्काइ।
"तिमीहरु किन एक अर्कालाइ ब्यङ्ग गर्छौ हँ?" साराले दुबैलाइ सोधी। नेहा चुप लागी।
"तिमीलाइ एउटा कुरा थाहा छ सारा?" नील कुनै महत्वपूर्ण कुरा भेटे झैँ जस्तो देखिन्थ्यो।
"के?" सारा उत्सुक भै।
"नेहा हाँस्दा मलाइ एकदम डर लाग्छ नि।" नीलले साँच्चिकै डराएको जस्तो गर्यो। नेहा छक्क परेर नीललाइ हेर्न थाली।
"किन डर लाग्छ?" साराले सोधी।
"उसको मुखमा हवाइजहाज पस्ला भनेर। नेहा हाँस्दा कति ठुलो आँ गर्या जस्तो देखिन्छ।" नीलले छड्के छड्के नेहालाइ हेर्यो। नेहा रिसाइ। सारा हाँस्न थाली।
"तिमी जस्तो कन्जुस हो कि क्या हो? हाँस्दा पनि गाला दुख्ला कि भनेर मुख बन्द गर्ने। हो त, हामी त मन खोलेर हाँस्छौ।" नेहाले तुरुन्तै जवाफ फर्काइ।
"नेहा ! तिमी जस्तो मुस्कानको धनी भाको भए म पनि त्यसै गर्थे। तर के गर्नु आफ्नो भागमा त हाँसो नैं कम छ, बचत गर्दै हाँस्नु पर्छ।" नील अलि गम्भिर देखियो।
"हाँसो कम होइन, तिम्रो मन नैं सानो छ, खुलेर हाँस न। तिमी हाँस्नै डराँउछौ। अनि कसरी हुन्छ त?" नेहा झन के कम थीइ र कुरामा।
"तिमीहरु किन हाजिरजवाफ जस्तो गर्दैछौ? मलाइ बिचमा नपार है। अँ , साँच्चि यो सप्ताहान्तमा तिमी के गर्दैछौ नील?" साराले नेहालाइ भन्दा पहिले नीललाइ सोधी।
"के गर्नु छ र? टी वी हेर्यो, कोठा सफा गर्यो, लुगा धोयो, त्यस्तो बिषेश केहि छैन। एक्लो मान्छे को के नैं काम हुन्छ र? किन र?" नीलले नेहालाइ हेर्दै सारालाइ सोध्यो।
"हामीहरु यो सप्ताहान्तमा एउटा सानो जमघट गर्दैछौं। यदि तिम्रो फुर्सद छ भने तिमी पनि आउन सक्छौ। सबै साथीहरु रमाइला छन्,म तिम्रो परिचय उनिहरुसङ गरिदिउँला।" साराले नेहालाइ पनि आँखा सन्काइ। नीलले नदेखेको जस्तो गर्यो। नेहा गुलाबी भइ।
"हामीहरु भन्नाले, तिमी र नेहा? तिमीहरु सङै बस्छौ?" नीललाइ अलि धेरै बुझ्न मन लाग्यो, नेहाको बारेमा पनि।
"होइन, होइन, हामीहरु भनेको म र मेरो ब्वाइफ्रेन्ड। नेहा एक्लै बस्छे।" नेहाले नीलले बुझ्न चाहेको कुरा बताइ।
"तिमीहरु सबै जोडी जोडी हुन्छौ होला, म मात्र एक्लो हुँदा जोकर त बन्दिन कतै।" नीलको अभिप्राय नेहालाइ बोल्न लगाउनु थियो।
"नेहा पनि आँउदैछे नि। अरु पनि छन् साथीहरु बिजोडी। तिमीलाइ चाहि किन जोडीको पीर पर्या नि।" साराले सोधी।
"नेहा आइभने कहाँ एक्लि आँउछे र? सगर पनि आइहाल्छ नि उ सङै। उसको जोडी त सगर नैं हो नि। जतिखेर पनि उसको मुखमा सगर बाहेक अरु केहि झुन्डिदैन जस्तो छ।" नीललाइ नेहालाइ जिस्काउन मज्जा लागिरहेको थ्यो।
"हो त! तिमीलाइ किन पीर पर्यो त मेरो?" नेहा रिसाइ हाली।
"कति छिटो रिस उठ्छ यो केटीलाइ भन्या? ल उसो भये म आँउदिन त्यो पार्टीमा।" नीलले अलिकति भाउ खोज्न थाल्यो।
"तिमीहरु दुबै खुरुक्क सात बजे आउने। मलाइ तिमीहरुको घुर्कि सुन्नु छैन। ल अब म हिडेँ।" सारा उठी।
"सारा! म भोली यो अफिस आँउदिन। मेरो उतै मुख्य अफिसमा काम छ। मलाइ तिम्रो घरको ठेगाना देउ न।" नील यो कुरा नेहालाइ सुनाउन चाहन्थ्यो।
"म दिन्छु तिमीलाइ साराको ठेगाना अहिले।"
नेहाले सारालाइ सजिलो पार्न खोजी र नीलसङ केहि एकान्त पनि। साराले कुरा बुझी, उ उनिहरुलाइ छोडेर त्यहाँबाट हिडी।
"यदि म बाटोमा अलमलिएँ भने, कसरी थाहा पाउने साराको घर?" नेहाले खेस्रा कागजमा साराको ठेगाना लेख्दै गर्दा नीलले सोध्यो।
"एक्दम सजिलो छ, म तिमीलाइ बाटोको नक्सा पनि कोरिदिन्छु। ल हेर" भन्दै नेहाले देखाउन थाली।
"नक्सा हेरेर पनि भुँले भने नि। साराको फोन नम्बर त थाहा छैन छैन, तिम्रो पनि थाहा छैन।" नीलले फोन नम्बर लिने बहाना राम्रै बनायो। नेहाले कुरा बुझी।
"हरायौ भने हरायौ। ल, लिउ यो ठेगाना।" नेहाले नीलको चाहनालाइ बेवास्ता गरे झैं गरी।
"म भोली आँउदिन। पर्सि पनि ठेगान छैन, उता अफिसमा पनि काम धेरै छ। के तिमी मलाइ सारा कहाँ नजाउ भन्ने चाहन्छौ?" नीलको आँखामा केहि आशा थियो।
"त्यसो भए साराको नम्बर लिउ। ल टिप त।" नेहाले नम्बर भन्न थाली "दुइ, पाँच, एक---", नील एकोहोरो नेहालाइ हेर्न थाल्यो।
"कस्ति छुच्ची तिमी त!" नीलले जे पर्ला पर्ला भनेरै बोल्यो।
"के रे? छुच्ची रे!" नेहालाइ पनि रिस उठ्यो।
"अनि के त? जाबो फोन नम्बर पनि दिन नहुने? के तिम्रो नम्बर लिएर म तिमीलाइ बेकारमा फोन गर्छु र? बाटोमा हराए भने पो गर्छु भन्या त!" नील पनि नम्बर लिने कोशिशमा लागि परेको थ्यो।
"लिने भए साराको नम्बर लिउ, होइन भने मलाइ धेरै रिस नउठाउ।" नेहा जुरुक्क उठी, साराको ठेगाना लेखेको कागज त्यहीँ छोडी।
"भोलि मलाइ सम्झेर रुने होइन त्यहाँ।" नीलले पनि जाँदै गरेकी नेहालाइ सुनायो।
"तिमी सगर हौ र सम्झेर रुनलाइ?" नेहाले उल्टो क्षेप्यास्त्र प्रहार गरी।
नील नेहालाइ ढोकाबाट ओझेल नहुन्जेल हेरिरह्यो र मुसु मुसु हाँस्यो।
क्रमश: