"3"
हिजो मात्र अमेरिका आएको जस्तो लाग्छ चार बर्ष बिती सकेछ। म भर्खर मात्र अमेरिका आउँदा १ महिना २ महिना गन्दै बस्थे, त्यस बेला मेरा एक मित्र ले भन्नु हुन्थियो "भाइ सुरु सुरु मा १ महिना २ महिना गर्दै बित्छ पछी १ बर्ष २ बर्ष बितेको थाहा हुँदैन। त्यती बेला यो कुर सुनेर अचम्म परे, तर सच्चै पनि येतीका समय बितेको पत्तै भएन। पर्देश को जिन्दगी अनेकौ दु:ख सुखमा चल्दै थियो। कहिले dishwasher त कहिले salesman त कहिले cashier कहिले manager सबै खाले काम गरियो। काम र राम्रो दाम को खोजिमा East coast to West Coast,अमेरिका को २०-२२ वटा राज्य घुमियो। मेरी आमा सधैं भन्नु हुन्थियो यस्को दुबै पाइतला मा चक्र छ यस्ले त विश्व भ्रमण् गर्छ। पैतलामा होकी यो पापी खप्पर मा चक्र हो दुई बर्ष जती घन्च्चर झै थुप्रै चक्कर काँटे।
काम र मामा को खोजिमा जता घुमे पनि आखिर न्यू योर्क लाई नै आफ्नो थलो बनाउनु पर्यो। न्यू योर्क को जीवन र चहल पहल मा पनि आफ्नै किसिम को रमाइलो छ। संसार भरी का सबै जाती र धर्मलम्बी यही छन। हजारौ भाषाका पत्र पत्रीका र त्यो भन्दा धेरै परीकार यही पाईन्छ। त्यही न्यू योर्क को भिड मा मेरो जीवन ले पनि धेरै मोड हरु लिदै थिए। मेरो पुरनो मित्र रोशनले मलाई ट्याक्सी चलाऊन सिकायो। बिस्तारै सिकारु बाट ब्यबसायिक चालक बने। हुनत न्यू योर्क मा ट्याक्सी चलाऊ नु कुनै जोखिम खेल भन्दा काम हुँदैन। यो एक किसिम को Advanture नै हो, कहिले आँखा झिमिक्क गर्द U trun गर्नु पर्छ त कहिले जस्तो सुकै गतिमा भएनी ग्रहाक देखे पछि गाडी झाय्प रोकी हिडाइ हाल्नु पर्छ। यही करण ले होला न्यू योर्क घुम्न आउने पर्यटक हरुले प्राय भन्ने गर्छन् "Today I Survived New York Cab ride"
यसरी नै Taxi को गति सँगसगै मेरो जीवन को गती पनि बढ्दै गयो। कसरी चार बर्ष बितेछ थाहानै भएन। चार बर्ष भित्र नेपाल जने धेरै प्रयास गरे तर आजभोलि गर्दा गर्दै नेपाल फर्केर जनपाईन। पोहर साल जाने निधो पनि थियो पैसा पनि थियो। तर अझै बढी पैसा को लोभमा जान भने गैयन अब आउने दसैं मा त अबश्य जान्छु भन्ने प्रण गरे। धेरै पैसा जोगान प्रय Night Shift काम गर्ने थाले। आफ्नो त बाशै पनि Manhattan र कामै पनि Manhattan थियो। Lower Manhattan मा धेरै रेस्टुराँ र बार हुने हुँदा मेरो कर्मछेत्र त्यही नै थियो। बिहान घर देखी अफिस, बेलुक अफिस देखी बार अनि राती बार ढेखी घर सम्मा पुरयाउने काम गरिन्थियो। Taxi चालक को राम्रो वा नराम्रो पक्ष ग्रहाक पनि हुन। थरी थरी का ग्रहाक र तिन्का दु:ख सुख का कुराहरु। ग्रहाक का सुख सङै रमाउने र दु:ख सँग दुखी हुन्थे। उन्का कथा सङै आफ्नो दु:ख तुलन गर्ने थाले। आखिर यो सनसर मा को नै खुशी रहे छ त। कसै लाई काम को पिर, कसै लाई माम् को पिर त कसैलाई ब्यापार को र कसैलाई प्यार को पिर। चालक र ग्रहक बिच अनौठो नाता हुन्छ। छणिक सहयात्रि, साथी, मालिक,र सबै भन्दा ठुलो अपरिचताको। ग्रहक र चालक नजिक हुन्छन तर एक अर्का लाई पूर्णरुप्मा देख्दैनन। अपरिचित हुन्छन तर गनिस्ठ हुन्छन। एक ले अर्को को लछ्य को निर्धारण गर्छ छन। चालक ले आफ्नो कमाइ को लछ्य प्रप्ती गर्छ भने ग्रहाक ले आफ्नो गन्तबय को। हजारौं ग्रहाक हजारौं स्वभाब र प्रकृतिका हुन्छन। हरेक ग्रहाक सँग अपरिचितता को र आत्मियता को नाता गसिहालिन्छ। दुई बर्ष को चालक जीवन मा धेरै ग्रहाक हरु देखे र चिने। मलाई लाग्छ taxi चालक एउटा राम्रो मानब मनोबैज्ञान का ज्ञाता हुन्छन।
एही अपरिक्षात को फाईदा उठाएर ति ग्रहकहरु मेरो गाडी मा आएर आफ्नो दु:ख पिर समस्या बिसाउछन। कोही रिसाउछन्, कोही कराउछन, कोही खित्का छोडेर हस्छन, कोही डाँको छोडेर रुन्छन। ठुला ठुला ब्यापारि, कलाकार, मोडल्, केटा केटी, काल काली, गोरा गोरी सबै रोएको देखेको छु। राती को सुन्सान मा मेरो taxi मा बसी खै के सोच्दा हुन कुन्नी नरुने त बिरलै भेटे। सुक सुक गरेर पनि रोए करायरै रोए, कती पटक त ति ग्रहाक हरु सङ्सँगै आफु पनि रोए। घरबार, देश, गाउ, साथी र प्रेमिकाको याद र माया बिना यो मन खाली खाली नै छ। मुटु भित्र अनेकौ पिडा बोकी नकली हाँसो हाँसेकै छु।
क्रमश: