Posted by: crazy_love May 13, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

भाग-६


त्यसो भए सगर खोइ त? बर्सौं देखि नेहाको मन मस्तिस्कमा छाएको सगर कता हरायो? के उ चेतन र अबचेतन मनबाट आफैलाइ छलिरहेकी छे? नेहा यो प्रश्नले भयभित भइ, सगर उसको मनको सतहमा डुल्न थाले जस्तो लाग्यो उसलाइ। सगरले कलेज छोडेर अन्तै जानु पर्ने कुरा केहि दिन अघि मात्र भनेको थ्यो उनिहरुलाइ। सगरको बाबा कुनै ठुलो बिकासे संस्थामा काम गर्नु हुन्थ्यो र उहाँको सरुवा भइरहन्थ्यो। जब सगरले अचानक कलेज आउने नसक्ने कुरा बतायो, शुरुमा नेहाले पत्याइन। त्यही कुरालाइ केहि बेर छलफल गरेपछि मात्र उसले थाहा पाइ, सगर उ बाट अब धेरै टाढा जाँदैछ। त्यस दिन उसको मन रोइरह्यो, आँखा रसाइरहे तर मुख जबर्जस्ती मुस्काउने प्रयत्न गर्थ्यो। भन्ने कुराहरु थिएनन्, बास्तबमा भन्ने हो भने उनिहरु बिच प्रेम- सम्बन्ध को बारेमा प्रत्यक्ष केहि पनि कुरा भएको थिएन। मन मनै नेहा सगरलाइ प्रेम गर्न थालेकी थी। सगरले केहि भन्छ कि भन्ने आशा थ्यो उसलाइ। तर अन्तिम दिन पनि सगर खालि झोक्राएर बसि रह्यो, केहि भनेन। बिगतको सम्झनाले फेरि नेहाको आँखामा कालो बादल लाग्यो, ठुलो झरि पर्नु अघि उ उठी र सुटकेश् खोली र महाकबि लक्ष्मी प्रसाद देवकोटाको "मुना मदन" निकाली। किताब लिएर उहि झ्याल निर आइ, हतार हतार पानाहरु पल्टाउन थाली, मुना मदनको बिचमा उसले कलेजदेखि राखेकी "असारे फूल" का अबषेशहरु बाँकी थिए। सुकेर धुलो धुलो भएका ती अबषेशहरु सगरको स्पर्शको प्रतीक थियो। तिनै मायाको प्रतीकलाइ बिस्तारै सुम्सुम्याउन थाली नेहा, आँखाको डिलबाट तातो तातो आँशुका ढिक्काहरु खस्न थाली सकेका थिए। अचानक हावाको एक झोँका कोठा भित्र आयो र उडायो ती अबषेशहरुलाइ कता कता नेहाले कहिले नभेटाउने ठाँउमा। नेहा एकछिन स्तब्ध भइ, आफ्नो सर्बस्व गुमाएको अनुभव भयो उसलाइ। केहि बेर सोचि, भोलि अर्को असारे फूल ल्याँउछे उ बोटबाट, सगरको सम्झनाको चिनो।


बिहानै नेहा उठ्नासाथ गइ असारे फूल टिप्न, बोटमा हाँसीरहेका फूलहरु उसैलाइ स्वागत गर्दैथे। उसले एक झुप्पा झुरुप्प फूलेका फूलहरु टिप्न हात बढाइ, उसको मन फेरि परिबर्तन भयो। किन टिप्नु यी सुन्दर फूलहरु, टिपेपछि ओइलाइहाल्छन्, बरु बोटमै ओइलाउन। त्यसपछि फूलहरुलाइ शुभदिन भन्दै फर्की।


काममा त्यति मन लागेको थिएन त्यो दिन नेहालाइ। राति राम्ररी सुतेकी थिइन, तैपनि जाँगर चलाउनै पर्ने भयो। उसले आफ्नो ठाँउमा पुग्ने बितिकै उहि दिशातिर नजर दौडाइ। हिजोको ठाँउमा अरु कोहि थियो, सगर जस्तो सगर थिएन। मन झन खिस्रिक्क भयो नेहाको। हिजो त्यति राम्रो कुरा गर्ने मान्छे आज चाहि किन नआको होला। काममा झनै ध्यान दिन मन लागेन उसलाइ। कति खेर सारा भेटुँ र मनको कुरा गरु जस्तो भयो नेहालाइ। लन्च ब्रेकमा नेहाले सारालाइ हिजो "सगर जस्तो सगर" सङ भएको सबै कुरा बताइ।


"आज त काम गर्नै मन छैन हेर न।" भन्दै नेहाले मुख बङाएर लामो "हाइ" गरी।


"के हो? रातिभरि उसकै बारेमा कबिता लेख्दै बस्या हो कि के हो?" साराले जिस्काइ।


"ह्या, उ कहाँ छ कहाँ के सम्झिनु सधैं।" नेहाले झुठ बोली।


"म यहीँ छु नि, बिहान पो अर्को अफिसमा गाको थेँ, तिमीले सम्झिन्छौ भन्ने मलाइ थाहा थ्यो।" अचानक "सगर जस्तो सगर" उनिहरु टेबुल नजिकै उभियो।


नेहाले हत्तर न पत्तर चिनाउन थाली दुबैलाइ।


"उ मेरी साथी सारा अनि उ......... " नेहालाइ बल्ल याद आयो उसले "सगर जस्तो सगर" नाम सोधेकी थिइन।


"भन, भन ! के हो मेरो नाम?" सगर जस्तो सगरले पनि उहि बिषय भेट्यो।


"उस्को नाम के नि?" साराले सोधी। नेहा अकमक्क परी।


"सरी, मैले तिम्रो नाम नै सोध्न बिर्सेछु हिजो। तिम्रो नाम के हो?" नेहाले सोधी सगर जस्तो सगर लाइ।


"के म त्यस्तो नराम्रो छु कि मेरो नाम सोध्ने प्रयास पनि गर्दैनन् कोहि कोहि।" नेहालाइ ब्यँग गर्दै सारालाइ सोध्यो सगर जस्तो सगरले।


"हैन, हैन, त्यो कारणले होइन। तिमी सगर जसतो हिस्सी परेको छौ। त्यसैले मलाइ तिम्रो नाम सगर नैं हो जस्तो लाग्छ। जब तिमी हाँस्छौ नि, त्यतिबेला तिम्रो देब्रे गालामा खोपिल्टो पर्छ। त्यो पनि ठ्याक्कै सगर हाँस्दाखेरि देखिएको गालाको खोपिल्टो जस्तो छ।" नेहाले अलि बिस्तारै भनी।


"त्यसोभए भोलि नैं प्लास्टिक सर्जनका जान्छु?" सगर जस्तो सगर गम्भिर भएर भन्यो।


"किन?" सारा र नेहाले एकैचोटि प्रश्न गरे।


"यो मेरो गालामा पर्ने खोपिल्टो पुर्न।" सगर जस्तो सगरले तुरुन्तै उत्तर दियो।


"त्यसो नगर, त्यो खोपिल्टो असाध्यै राम्रो छ। बेकारमा किन पुर्ने?" नेहालाइ सगर जस्तो सगरको कुरा मन परेन।


"तिमी खालि मलाइ सगर सङ मात्र दाँज्छौ त! म सगर होइन।" सगर जस्तो सगर अलि दिक्क भयो।


"मलाइ थाहा छ तिमी सगर होइनौ, मैले त त्यस्तै देखिन्छ मात्रै पो भनेकी।" नेहा पनि गम्भिर भइ।


"ल, ल! तिमीहरुको कुरा जटिल हुन थाल्यो। अब तिम्रो नाम भन न त। अनि सगरको नाम कहिल्यै लिदैंन नेहाले तिम्रो अगाडि।" साराले समस्या समाधान गर्ने जुक्ति दी।


"ल सुन! म तिमीलाइ मात्र भन्छु।" सगर जस्तो सगर साराको कान नजिकै गएर बिस्तारै केहि भन्यो।


"नील!" साराले ठुलो स्वरमा भनी।


"नील होइन होला।" नेहाले टाउको हल्लाइ।


"नील नभए के त?" सगर जस्तो सगर अर्थात नील रिसायो।


"नील जस्तो नील!" नेहाले ठट्टा गरी। सबै जना हाँस्न थाले।


 


 


 

Last edited: 13-May-09 07:54 PM
Read Full Discussion Thread for this article