Posted by: amitraja May 12, 2009
"शिव to Mr. Sam"
Login in to Rate this Post:     0       ?        


      "2"



पहिलो पटक Airplane चड्न लागेको डरले सात्तो गएको थियो मेरो। Twin Otter धरि नचडेको यो ज्यान ले एकै पल्ट Boeing चड्दा आपतै हुने भो नि। डर हटाउन चड्नु अघि एक  Quarter Whisky घ्याम्पे लगाथे। पछी Plane ले त उडायोन Whisky ले झन नै बेसि उडायो। Plane को उच्चाइ संगै मनमा अनेकौ आशा उमङ चाचाहुई सरर गर्दै थिए। Whisky को नशा र मेरो अन्तर्मन एक अर्क सँग कुस्ती लड्न थाले।  नशा मलाई सुताउन चाहन्थ्यो, तेस्को जन्जालो मा पारि मलाई बिहोश बनाउ न चाहन्थियो, हुनत तेस्को प्रक्रिती नै तेही हो। तर हावाइ जहाज को उचाइले हो या देश छोड्ने बियोग ले हो आखिर मेरो अन्तर्मन नशा माथि बिजयी भयो। यहि बिजय को घमन्ड चडेर होला मेरो अन्तर्मन म सँग सार्है अफ्ठ्यरा प्रश्नहरु गर्न थालयो। के का लागि जान्छस आफ्नो थलो छाडेर?  जवान छँदा बुवा आमालाई धेरै दु:ख दीइस् के बुदेशकाल मा खुशी पार्न सक्छस? बिदेश को शुखमय जीवन लाई अंगाली आफ्नै माटो लाई भुल्छस कि? यस्ता प्रश्न हरुको म सँग कुनै जवाफ नै थिएन तेस्बेला न त, ति प्रश्नका जवाफहरु, यतिका बर्ष पछी पनि भेटाउनै सकेको छु।


मेरो मामा को साला पर्ने रोशन नाम गरेको ब्यक्ति New York मा बस्ने हुँदा, म पनि New York नै आएको थिए। मेरै उमेरको तर अली मोटो जिउँडाल को केटा हाथ हलाउदै मतिर हेर्दैइ थियो। हुनत त्यँहा प्राय नेपाली झै देखिन्थे तर मलाई बोलाउने उही मात्रै थियो। म त्यो ब्यक्ति सामु मात्र के पुग्या थिए।


"नमस्कार शिव जि" भन्यो, म अच्चम्म परे।


नमस्कार भन्दै हाथ दिदै प्रश्न गरे "यतिका भिड मा कसरी ठम्याउनु भयो।" 


"भेना ले तँपाई को फोटो email गर्नु भएको थियो।"   


मनमनै मामा लाई धन्यवाद दिए, नत्र तेत्रो ठुलो एअरपोर्टमा एउटा मान्छे खोज्नु समुन्द्र मा मोती खोज्नु बराबर हो।


म रोशन को पहेलो taxi मा बसेर उस्कै घर तिर लागे। रोशन को गाडी को गति सँगसङै मेरो जीवन को नयाँ यात्रा, मेरो कथा को दोस्रो अध्याय र "शिव देखी Mr.SAM" यात्रा को पनि सुरुवात भयो, विश्वकै राजधानी अमेरिका को न्यू योर्क शहरमा । न्यू योर्क का ठुला ठुला घरहरु, फराकिला सडक, लाखौं मान्छेहरु अनि मान्छे भन्दा धेरै गाडीहरु नियाल्दै थिए। मनमा अनौठो तरङ प्रभाह भयो। केही आशा, केही उमङ, केही डर र केही एक्लोपन थियो। अनि बारम्बार मेरो अनतर्मन तेही प्रश्नहरु दोहोराउन थाल्यो, तर जवाफ फेरि पनि शुन्य नै थियो।   

Read Full Discussion Thread for this article