Posted by: crazy_love May 12, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

भाग-५


त्यो दिन पुरै नेहा र सगर जस्तो सगरको नजरहरु लुकामारी खेलिरहे। नेहा बादल माथि माथि हिडिरहेकी थी। एकप्रकारको रमाइलो अनुभव थियो, अलि धेरै खुशी अनि थोरै थोरै सकोंच पनि थियो। दिन छर्लङ खुलिएको थियो, न त धेरै गर्मी न त धेरै चिसो। नेहाको मनका भावनाहरु पनि दिनको सौन्दर्यसङ मस्त भएकोथ्यो। नेहा प्रेम गीत हरु सम्झी सम्झी गुन गुनाँउदैथी।


साँझ पनि उस्तै सुन्दर देखियो त्यो दिन, नेहा उहि असारे फूलहरुलाइ जिस्काउन गइ। बिहानभन्दा अझै बढी मुस्काए झैं देखिन्थे तिनीहरु, यस्तो लाग्थ्यो उनिहरु पनि प्रेममा छन्, प्रेमको अथाह गहिराइमा र बुझ्दैछन् नेहाको मनका कुराहरु। ती फूलहरु नेहाको प्रेमको साक्षी बनेका थे, त्यो बेला पनि र अहिले पनि। उहिले सगर थियो अहिले पनि सगर जस्तो सगर छ। आखिर सगर नैं त छ उसको मनमा र छन् यी असारे फूलहरु।


राति निद्रा लागेन, झ्यालबाट देखिने आकाशले नेहालाइ बोलाइ रह्यो। आकाश यानि सगर नेहा आफै मुस्काइ र हेरि आकाशलाइ। ताराहरु झिलमिल झिलमिल गरी आकाशलाइ सजाइरहेको थ्यो। ती ताराहरुको माझमा एउटा चन्द्रमा मुस्काइरहेकी थी। नेहालाइ चन्द्रमाको सौम्य र शीतल रुप देखेर आनन्द लाग्यो। उ सधैं झै मनलाइ बुझाउने सुत्र उपयोग गर्न थाली। यो आकाशलाइ म देख्छु, आकाशले पनि मलाइ हेर्छ। सगर पनि यो संसारको कुनै कुनामा आकाशलाइ हेर्दो हो, आकाशले पनि उसलाइ देख्दो हो। यदि ज्यामितिय सुत्र बनाउने हो भने त नेहाले सगर देख्छे, सगरले पनि नेहा देख्छ। उसले सुत्र फेरि दोहोर्‍याइ नेहा=आकाश, आकाश=सगर, नेहा= सगर। उ फेरि एकपटक खुशी भइ, सगर त्यति टाढा पनि छैन, किनभने उनिहरुको आकाश एउटै छ। बाहिर सिर्सिर बतास चलेको जस्तो लाग्यो नेहालाइ। त्यसपछि झ्याल खोली। झ्यालको ठ्याक्कै अगाडी एउटा रुख थ्यो, त्यो रुखको हाङाहरु बिच चन्द्रमा उसैलाइ नियाली रहेकी थी। झ्याल खोल्नासाथ सरर बतासले उसको अधरमा सुमसुमायो, उ आँखा बन्द गरेर सगरलाइ सम्झिन पुगी। साँच्चै यो बतासले नेहालाइ स्पर्श गर्छ र फेरि गएर सगरलाइ छुन्छ, यसरी कल्पिदाँ नेहा र सगर एक अर्काको स्पर्शको अनुभुति गर्न सक्छन्। नेहालाइ लाग्यो उ हरेक कोणबाट सगरसङ समाहित भएकी छे। यो मानिसले अर्थ्याएको भौतिक दुरी केहि होइन, उनिहरु सुक्ष्म रुपमा एक भएका छन्।


चन्द्रमा अझै नजिक आइ, नेहा निदाउने कोशिशमा थी। चन्द्रमाको उज्यालोले उसलाइ निदाउन गार्हो भैरहेको थ्यो।


"कस्ती तिमी त! अहिले नैं कुरा गर्न आउनु पर्ने! म निदाउन चाहन्छु।" नेहाले चन्द्रमालाइ बनावटी रिस देखाइ।


"तिमी प्रेममा कस्तो सपना देख्न चाहन्छ्यौ?" चन्द्रमाले सोधे झैं लाग्यो नेहालाइ।


"तिमी सगरलाइ देख्न सक्छौ?" नेहाको प्रश्न अरु केहि हुन सक्दैनथ्यो।


चन्द्रमा मौन भइ र भनी "म सबैलाइ देख्छु।"


"मलाइ थाहा छ तिमी सबैलाइ देख्छौ। तर मैले तिमीले सगरलाइ देख्छौ कि भनेर मात्र सोधेको।" नेहालाइ चन्द्रमाको कुरा मन परेन।


"नेहा!" चन्द्रमाले जबर्जस्ती आँखा बन्द गर्न लागेकी नेहालाइ बिस्तारै बोलाइ।


नेहा बोलिन, नसुनेको झैं गरी।


"नरिसाउ न नेहा! मलाइ एकचोटि त हेर।" चन्द्रमाले बिन्ती गरी।


नेहालाइ धेरै बेर रिसाएको नाटक गर्न मन लागेन, उसले बिस्तारै आँखा खोलेर चन्द्रमालाइ हेरी।


"ल भन अब! तिमी म मा कसलाइ देख्छौ?" चन्द्रमा सोध्दैथी।


नेहाले एकचोटि फेरि आँखा बन्द गरी र देखी उसलाइ, मनको ऐनामा "सगर जस्तो सगर" मुस्काइ रहेको थ्यो।


नेहा सगरलाइ खोज्ने प्रयास गरि रही, मनको कुना कुनामा।


क्रमश:


 

Last edited: 12-May-09 12:13 PM
Read Full Discussion Thread for this article