Posted by: eternalbliss May 12, 2009
विमानस्थलका ३५ प्रहरी एक्कासी बिरामी; ´स्वाइन फ्लु´ को आशंका
Login in to Rate this Post:     0       ?        
विमानस्थलका ३५ प्रहरी एक्कासी बिरामी

दैनिकी संवाददाता
काठमाडौं,२९ बैशाख
त्रिभुवन विमानस्थलको सुरक्षाका लागि खटिएका करिव तीन दर्जन प्रहरी अज्ञात रोगका कारण एक्कासी बिरामी परेका छन् । सोमबार राती ८ बजेदेखि ती प्रहरीलाई टाउको दुख्ने, बान्ता आउने र रिङ्गटा लाग्ने भएपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।
बिरामी परेका ३५ सुरक्षाकर्मीको अहिले वीरेन्द्र प्रहरी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को आशंका गरिए पनि अस्पतालले भने खराब पानीका कारण बिरामी परेको जनाएको छ ।
उनीहरुले खाना खाने मेसमा रहेको खानेपानीका कारण उनीहरु बिरामी परेको अस्पतालले जनाएको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को लक्षण नरहेको अस्पातलले जनाएको छ । विमानस्थलमा पर्यटक ओहोरदोहोर गर्ने केन्द्र भएको हुनाले स्वाइन फ्लुको आशंका गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सक डा. संगिता घिमिरे र डा. मनिषा मास्केका अनुसार अस्पतालमा भर्ना भएका ३२ मध्ये १२ को अवस्था गम्भिर छ । उपचारका लागि अस्पताल लगिएका मध्ये कोही पनि काममा फर्किएका छैनन् ।

source:
http://paramananda.blogspot.com/2009/05/blog-post_11.html
Read Full Discussion Thread for this article