Posted by: SaagRaSisnu May 10, 2009
दिक्क लाग्छ यि गधाहरुको ताल देखेर…
Login in to Rate this Post:     0       ?        

दिक्क लाग्छ यि गधाहरुको ताल देखेर… - चमन घले ‘पिडीत’



दिक्क लाग्छ यि गधाहरुको ताल देखेर... (pic. credit - www.minidonkey.net)

नागर्जुनमा बाउ मुसु मुसु हाँस्दो हो

सिङ्गापुरमा छोरो उफ्रि-उफ्रि नाँच्दो हो

खुसी हुँदै यि गधाहरुको ताल देखेर


राष्ट्रपती जिद्दी उस्तै ट्वाके परेछन्

प्रचण्ड त झन् सोरैआना ख्वाके छदैछन्

दिक्क लाग्छ यि गधाहरुको ताल देखेर


उता गिरीजालाई के गरुँ के गरुँ भैसक्यो

शेरु त्यसै भक्-भक्-भक्-भक्-भक्भक्यो

चुनावहरुवा माकुनेको मुख्मा र्र्याल आइसक्यो

फोरमले झन्डै सित्तैमा गिफ्ट ह्याम्पर पाइसक्यो


सिंहदरवार भित्रको खाली कुर्ची देखेर


उफ्!


दिक्क लाग्छ यि गधाहरुको ताल देखेर…


स्याऊ र केरा जस्ता नेताको निती देखेर

टायरको हाँडी काठमाण्डु सिटी देखेर…

नेताहरुमा ठप्पै नभाको युनिटी देखेर…


- चमन घले ‘पिडीत’


Read Full Discussion Thread for this article