छद्मनामी वाइस्यालहमित्रहरू,
क्याण्टोनमेण्टको चारोमा पालिएर आतंकको मृत्यूगीत गाउने भजनदासहरू लाई बाहेक अरूलाई अहिलेको नेपालका प्राथामिकताहरू अरू नै छन् ।,
यो माओवादी मुखपत्रबाट साभार गरेको समाचार भ्रष्टाचार नभएर बेरूजू सम्बन्धी हो । यो महालेखा परीक्षकको कार्यालयबाट पत्र काटी उठाउन सकिन्छ र सरकारले गर्नु पर्ने काम हो । अनि यहाँ नेताहरूले लिएको भनिएको केही लाखको रकमहरू उठाउन पर्छ , तर मेरो प्रश्न छ :
१) तिम्रा माओवादी आतंकरकारी ठगहरूले अहिलेसम्म बैँक, कार्यालयहरू लूटेर, राज्यको संरचना उडाएर अनि राष्ट्रको ढुकुटीबाट छापामार र नेताको नाममा लुटाइएको अरबौँ खरबौँ नेपाली रूपैयाँको हिसाब किताब दिन पर्छ कि पर्दैन ? हो , वेश्या स्वास्नी हुन सक्छे होला तर , हत्यारा लूटेरा र डाँकाहरू राज्यको सरकार हुन सक्छन कि सक्दैनन् । यो नियम जनताको अस्तित्व नै नमान्ने तर नागरिक सर्वोच्चताको रटमा जनतालाई कम्युनिष्ट ठगहरूको दास बनाउन खोज्ने आतंककारीहरूलाई लागू हुन्छ ।
२) शहीदको रगतमा सरकारसंग सौदा गर्दै अरबौँ कुम्ल्याएर, ट्रकमा हतियार ल्याउने र मुलुकलाई रणभूमि बनाएर फासिस्ट पोलपोट राजमा रमाउन खोज्नेहरूबाट मुलुकलाई जोगाउन सकियो भने, लोकतन्त्रले पाखा लगाउने छ सबै भ्रष्टहरूलाई । तर, अहिलेको प्राथामिकता हो आदमखोर रक्तपिपासु जनवारहरूको झुण्ड जुन शिविरमा बसेर राज्ययन्त्र कब्जा गर्ने सुरमा छ त्यसको अन्त्य हुनु पर्ने कुरा ।
भ्रष्टाचार अन्त्य जरूरी छ तर त्यो भन्दा बढी आतंकको अन्त्य जरूरी छ जुन आतंकले सम्पूर्ण भ्रष्टाचार र विकृतिको अभिभावकत्व लिएर बाँचेको छ । अरूलाई गाउँका भ्रष्ट ठीक पार्यौँ भनेर गाली गर्ने भट्टराई स्वयंको काम ठीक छ तर उसले आफ्नै श्रीमतिको भ्रष्टचारलाई फरियाको फेता बनाएर ओढेको छ, ऊ लाचार छायाँ हो हिसिलाका कर्तूतहरूको ।