Posted by: chhina May 8, 2009
न्यूयोर्कमा साकेला साकेवा धुमधामकासाथ मनाउने तयारी
Login in to Rate this Post:     0       ?        

अमेरिकामा वस्ने किरात राईहरुले यसपाली पनि आफ्नो चाँड साकेला साकेवा न्यूयोर्क
शहरमा धुमधामकासाथ मनाउने भएका छन् ।

किरात राई सोसाइटी अफ अमेरीका
च्याप्टरको आयोजनामा मे महिनाको २३ तारिखमा विबिध संस्कृतिक कार्यक्रम सहित साकेला
पर्व मनाउने कुरा सोसाइटीले बताएको छ । सो संस्थाका अनुसार यसपालीको साकेला पर्व
पहिलेको भन्दा भिन्न र विशेष ढंगले मनाइने छ । यसका लागि सोसाइटीले मणि वाङ्देलको
संयोजकत्वमा आयोजक समिति पनि गठन गरेको छ ।

अमेरीका एउटा विशाल देश भएको
हुनाले विभिन्न राज्यमा छरिएर वसेका किरात राई सदस्यहरुलई एकै ठाउँमा जुटाउन सधै
चुनौतिपूर्ण हुने गर्दछ । तरपनि अमेरीकामा रहेका अधिकांस किरात राई समुदाय आफ्नो
साँस्कृतिक पर्वलाई विशेष महत्व दिएर एक ठाउँमा जुट्ने सकेसम्म प्रयास गर्ने गरेको
पाइएको छ ।

सोसाइटीले हरेक वर्ष झै यो साकेला पर्वका लागि अमेरीकामा वस्ने
सबै किरात राई समुदायलाई सहभागीताको लगि आग्रह गरेको छ । यसका साथै यसपालीको साकेला
पर्वलाई विशेष आर्काषक बनाउन नेपालबाट कलाकार झिकाएर कार्यक्रम संचालन गर्ने सक्दो
प्रयास भैरहेको कुरा संयोजक मणि वाङ्देल बताउनुहुन्छ ।

अमेरिकामा साकेला
पर्व मनाउने परम्परा किरात राई सोसाइटी अफ अमेरीकाले सन २००३ साल देखि शुरु गरेको
हो तर हालैका वर्षहरुमा यो संस्थाबाट अलगिएर अन्य संस्था पनि खोलिएको र यसले गर्दा
अमेरीकामा वस्ने किरात राईहरुमा अन्यौलता ल्याएको कुरा सोसाइटीले जनाएको छ

from: nepalbritain.com

Read Full Discussion Thread for this article