Posted by: बैरे May 7, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

च्याङ्ग्रीले, च्याङ्ग्रालाई केही भनिन, उसलाई पनि थाहा थियो च्याङ्ग्राले उसको मुहारमा हासो ल्याउने प्रयत्न गर्दै थियो भनेर । हामी त्यहाँबाट घरतिर लाग्यम् ।


अब मेरा दिन के रात के केही थाहा थिएन, केवल उसको यादले सताइ रहन्थ्यो , आफ्नो मनलाई सम्झाउन नारायण गोपाल, प्रेम धोज प्रधान, र अन्य गायकका सेन्टी गीतहरु आफ्न साथी बन्न पुगेका थिए । उ सँग, सके हप्ता दिन नसके १५ दिनको एक चोटी चाँही कुरा गर्थे । फोनमा उसको स्वोर कापेको हुन्थ्यो, तर आफु नै सम्हालेर उसलाई सम्झाउनु पर्थ्यो , उही नारायण गोपालले भने झै -


केही मिठो बात गर रात त्यसै ढल्किदै छ,
भरे फेरी एकान्तमा रुनु त छदै छ । 


मलेवा जोडीले पनि समय समयमा भेट्न बोलाउथ्यो तर कवाफमा हड्डी हुन किन जाने भनी सके सम्म चाँही तार्थे तर कहिले काही साह्रै कर गरे भने चाँही भेट्न जान्थे । भेट्ने ठाउँ फेरी उही बेकरी, नाङ्ग्लो त हो नि, त्यहाँ गए नि उसैको यादले सताउथ्यो, प्रेम धोजले भने झै -


शहरमा पनि शान्ती छैन
तिम्रो याद नआउने कुनै ठावै छैन ।


फोनमा कुरा भए नि चिट्ठी चाँही लेख्ने नै गरिन्थ्यो, रात गीतहरु ले कटाउथे भने दिन चाँही आर्चिस र हलमार्कमा गई, भावुक कार्ड र नयाँ नयाँ दिजाईन को प्याड खोजेर बित्दै थियो । उसका चिट्ठी आउँदा दिनै रमाइलो हुन्थ्यो, हरेक चिट्ठीमा उसले मेरो अभाव अनुभब गरेको कुरा लेक्थी। दुरीले मेरो महत्वो उसको जीवनमा झन धेरै भएको लेख्थी । अन्तमा चाँही सधैं उसको लागि कुह्री रहनुको लागि आग्र्ह गर्थी ।


जवाफमा मैले पनि सधैं हर पल हर क्षण उसलाई सम्झी रहेको कुरा लेख्थे र उसको लागि जती कुर्नु परे नि कुर्थे भनी लेख्थे, - " म केवल तिम्रो हुँ र तिम्रो बाहेक अरु कसैको कहिले हुन सक्ने छैन " यि शब्दले सधैं चिट्ठी टुङ्गाउथे ।


खडेरी परेको भुमीमा पानीको थोपाले जसरी त्रिप्त बनाइ नयाँ जीवन ल्याउछ, त्यसइ गरी उसले पठाएको एउटा चिट्ठीले मेरो जिन्दगीमा रंग भरी दिएको थियो उनी काठमाडौं आउँदै थियी, दशैंको छुट्टीको लागि । चिट्ठीको अन्त्यमा बैरे म दशैंको छुट्टीको लागि आउँदै छु, आस्विन १२ मा काठमाडौं आइपुग्छु, १ बजे पुग्छौ होला काठमाडौं ।


अब बाँकीको दुई महिना औंला भाच्दै बित्ने भयो । दिन धल्दै, रात बल्दै गए आउने दिन अब एकै हातमा गन्न मिली सक्या थियो । एकै दिन मात्रै बाँकी हुँदा म मलेवा जोडीलाई भेट्न गए, मेरो मुहारको रौनक देखेर च्याङ्ग्राले मलाई चाट्न गगल्स लगायो - " ओहो हिरो, हिरा झै चम्क्या छस नि के हो राज "


मैले केही बोलिन, बोल्ने काम मेरो हातले त्यस्को ढाडमा गर्‍यो, च्याङ्ग्रीले "अनी भोलीको दिन सम्झी सम्झी निन्द्रा नै लाको छैन कि क्या हो" भन्दै सोधी, मैले उसको कुरा हासेर नै उडाए । "भोली १ बजेको आगमन छ १२:३० मै घर बाट निस्किनु पर्छ है " मैले भने


च्याङ्ग्रा हाँस्दै -  "कहा १२:३० सधैं ढिला हुन्छ चाहे आर ए होस् या पि आइ ए । तेरो घरको छतबाट आकाश तिर हेरुम्ला जहाज आउँदै गर्या देख्नै बित्तिकै लागुम्ला नि, हुन्न र " 


च्याङ्ग्रा अरु केही बोलेन उु ढाड सुम्सुमौदै ब्यस्त भयो । च्याङ्ग्रीले हुन्छ भोली १२:३० बजे तिरै पुगुला भनीन् । ढल्केको घाम सँगै हामी पनि त्यहाँबाट निस्केर सुस्ताउन गयौम् । तर मैले त त्यो दिन चन्द्रमाको पनि दाइत्व निभाउनु पर्ने थियो रात भरी अधेरो बाटोमा मार्ग देखाउने गरी चम्की रहे । चन्द्र र सुर्यले आफ्नो कार्य साट्ने छोटो समयको अन्तरमा आँखा लाग्या मात्रै थियो आमाले ढोका ढकढकाईन्, उठेर आफ्नो नित्य कर्म गरी गाडी लिदै लागे च्याङ्ग्राकोमा । त्यहाँ बाट नयाँ बानेस्वोर चोक मा च्याङ्ग्रीलाई लिदै हामी बिमान्स्थल तिर लाग्यौ ।


हरेक मिनट पनि युग बित्या झै भयो र घडीको सुईले १:०० लाई छोयो, तर प्लेन आगमन भएको कुरा चाँही सुनिएन । च्याङ्ग्रा करौदै मैले भनेकै थिए यहाँ सधैं प्लेन आउन पनि धिला जान पनि धिला , नेपाली टाईममा आउँ भन्या के मान्थीस्, ल एक सर्को लगाउ बिहान देखी तान्या छैन । मन नभए नि गए , हेर्दा हेर्दै, घडी १८० डिग्रीको अन्तरमा पुग्यो तर पनि जहाजको केही पत्तो थिएन ।


उसका परिवार पनि उसकै प्रतिक्षामा बसी रहेका थिए, साशुलाई त थाहा थियो ससुरालाई भने मेरो बारे ज्ञान थिएन । पर्खाइ पनि धेरै भयो भन्दै च्याङ्ग्रा खै को  दाईलाई सोधी आउछु भनी गयो, उसको त्यो दाई चाँही टावोरमा काम गर्छ रे भन्दै गयो ।


म एक्कै छिन् त्यहाँ बाट हटी सौचालय तिर लागे, बाहिर निस्किदा च्याङ्ग्रा आउँदै गरेको देखे, तर उु आउनु भन्दा अघी नै माहोल बद्लिसकेको रहेछ । मेरी मायालुको बाउँ लाई खबर आइसकेको रहेछ उसका परिवारमा कोलाहल सुरु भयो । मैले सोच्नै नहुने कुरा हरु सोच्न थाले च्याङ्ग्री पनि त्यही बसी आँखाबाट आशु झार्दै थियीन् । च्याङ्ग्रा म भए ठाउँमा आयो , मैले के भो, भन्दा केही बोलेन मलाई हिड अली पर जाम भन्दै लग्यो । मैले सोचेको यथार्त भएको रहेछ, जहाजसँग बार्तालाव छुटे पछी विष्फोट भएको जानकारी गराईएको थियो ।


म निस्ब्द भए, हात खुट्टा काप्न थाले, आँखा अगाडि अन्धकार छायो, आशु झर्ने कि नझर्ने निर्णय नै गर्न सकेन । बिधाताले आएर मेरो शरीरबाट मुटु चुडाली लगे झै मुटु दुख्न थाल्यो । मेरो सारा संसार नै उल्टेको थियो , मैले त्यो कुरा हुनै सक्दैन भन्दै फेरी च्याङ्ग्रा सँग गई यात्रीको लिस्ट हेर्ने अनुरोध गर्यौ । बिधीको बिडम्बनालाई मैले फेर्न सकिन उस्को नाउँ त्यो लिस्टमा देखियो । च्याङ्ग्री आएर मलाई अंगालो हाली, म मा केही बोल्ने क्षमता नै थिएन, केवल आँखा बोली रहेका थिए ।


मेरो आँखा अगाडि मेरो मायालुको मुहार झल झली आइरहेका थिए । उसले चिट्ठीमा प्रतिक्षा गर, प्रतिक्षाको फल मिठो हुन्छ भनी लेख्या थियी, मैले प्रतिक्षा गरे तर निठुरी दैवले मेरो भागको फल अरु कसैलाई दिएछ । उसका हरेक कुरा हरु उसको हरेक स्पर्श हरु अझै पनि मेरो शरीरमा हरेक श्वास सँगै बगी रहेका थिए केवल उसको अवाभ थियो । उसकी आमा पनि मेरो सामु आएर मलाई अंगालो हाल्नु भयो , यो के भयो भन्दै मलाई सोध्नु भयो ....... म सँग वहाँको प्रश्नको जवाफ नै थिएन ।


खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ भने झै त्यो पिडाको पिडा केवल सहँदा  नै थाहा हुन्थियो । त्यो एक्लोपन , पिडालाई बयान गर्न साहित्यकारहरुको कुबेरको शब्दवली त रित्तो हुन्छ भने म मा त्यस पिडालाई बयान गर्ने शब्दहरु के होला? तर त्यो पिडा सत्रुले भोग्न नपरोस् भन्ने कामना गर्छु ।  त्यो पिडाको चोट दैवले मेरो लागि साचेर राख्या थियो   


च्याङ्ग्रा मलाई समहाली राखेको थियो, च्याङ्ग्रालाई हेर्दै , च्याङ्ग्रीले  - " तिमीले मेरो लागि जे पनि गर्न सक्छु भन्या होइन, मेरो साथी लिएर आउन भन्दै बिन्ती गरिन "
 
च्याङ्ग्राले मेरो घरमा फोन गरी मेरो आमा बाउँ लाई खबर गरी सक्या रहेछ, मेरो आमा बाउँ आइ मलाई फेरी आफ्नो अंगालोमा हाले, मेरो आमा मेरी मायालुको आमालाई समवेदना, सहानुभुती दिन जानु भयो । हामीलाई लिएर घर तिर लाग्नु भयो।


म कोठामा पसे, साथमा च्याङ्ग्रा र च्याङ्ग्री पनि थिए । सबको आँखामा मेरी मायालुको तस्विर आशुले धुदै झन चहकिलो पर्दै थियो ।


च्याङ्ग्राले हिड माथि कौसी जाम भन्यो - हामी तिनै जना कौसी तिर लाग्यम् ।


केही क्षणको मौन्ता पछी च्याङ्ग्रीले - " बैरे तिमीले आफुलाई सम्हाल्नु पर्छ, जे भयो त्यसलाई न त तिमीले बदल्न सक्छौ न त मैले, तर तिमीले आफ्नो जीवनलाई यही क्षणमा राखी अघी नबढ्नु चाँही ठुलो गल्ती हुने छ " भन्यो ।


म सँग बोल्नको लागि न त केही शब्दहरु थिए न त ईच्छा नै । म केवल कौसी बाट देखिने त्रिभुवन बिमान्स्थल तिर हेर्दइ थिए ।


" बैरे, उसले भनेको कुरा ठीक हो, तैले जीवनमा अघी बढेर नै उसको मायालाई जिवित राख्नु पर्छ, त यहाँ यो तालमा बसिस भए उस्को आत्मा लाई पनि शान्ती हुँदैन " च्याङ्ग्रा ले भन्यो ।


म - " म कसरी अघी बध्नु ? मैले मेरो जीवन उु सँगै बिताउने कसम खाएको छु, हर पल हर क्षण उु सँगै बिताउने बाचा गरेको छु, समय को अन्त सम्म उसको प्रतिक्षा गर्ने प्रण गरेको छु, म कसरी अघी बढ्ने ? "


च्याङ्ग्रा - " तेरो प्रण उु यहाँ भएको भए पुरा गर्ने कर्तब्य हुन्थ्यो तर जब उु नै यहाँ छैन, त्यो प्रणको के नै मान्यता भयो र ?"


म बहसमा पर्न चाहन्न थिए , चुप लागि बसे ।


त्यो रात च्याङ्ग्रा र च्याङ्ग्री दुबै मेरो मा नै बसे ।  रात भरी म मेरो भाग्य सँग जुधी रहेको थिए , रामले छोडेको राम बाण र बिधाताले लेखेको भाग्य के फर्किन्थ्यो र ? हार मेरै भयो । रातको अधेरोलाई आँखाको आशुले धोई बिहानीको किरण झ्याल बाट कोठा भित्र पस्यो , मलाई त्यो दिनको केही मान्यता थिएन । मेरो सुर्य त हिजै डुबेको थियो र अब कहिले उदाउने थिएन ।


च्याङ्ग्रा र च्याङ्ग्री पनि रात भर मेरै साथमा थिए उनीहरुको जीवनमा मेरी मायालुको अभावले एक्लो पन छाएको थियो ।


च्याङ्ग्रा - "बैरे, आज तेरो लागि नयाँ दिन हो, तैले पनि अब उसलाई जान दिनु पर्ने छ, तलाई समय लाग्ला तर छोड्नु तैले पर्छ । आज नै त्यसको सुरुवात गर्नु पर्छ, हुन त बुढा पाकाले यसतो समयमा मन्दिर जानु हुन्न भन्छन तर हामी चाँही जानु पर्छ । यो कथा जहाँ सुरु भाको हो त्यही टुङ्गाउनु पर्छ । आज मंगलबार हो , यो कथाले बङ्गला मुखीमा सुरुवात गरेको थियो आज त्यही गई एसको बिसर्ग गर्नु पर्छ । त तयार हुँ । "


हामी त्यहाँबाट बङ्गला मुखी तिर लाग्यौ , भागवती सँग एक छिन गुनासो पोखे तर ढुङ्गाको मन भएकीले के नै बोल्थी र ?  दर्शन सँगै मेरो मायालुलाई शान्ती मिलोश भन्ने कामना गरेर त्यहाँबाट फर्के ।


बाटोमा च्याङ्ग्राले चुरोट सल्कायो, आँखा भरी आशु पार्दै, "यो तिहारमा बहिनीको हातको टिका लगाइ आफ्नो आयु पनि उसैलाई लागोस भन्ने कामना गर्छु भन ठानेको थिए, तर उनी रिसाइ मलाई एक्लो पारी गयो ।" आशु पुछ्दै उसले एक लामो सर्को तानी मुसुल्टो धुवा सँगै आफ्नो बहिनीलाई पनि आफ्नो गाठोबाट मुक्त गर्दै -


" जीवन छ छोटो यहाँ तर दरिलो माया,
झर्दो रहेछ आशु यहाँ छोडि जानेको यादमा ।
थाहा छ सबलाई यहाँ छोडि जानु छ एक दिन
त्यही पनि रोई दिन्छ, छोडि जानेको यादमा ।।"


हामी आफ्नो आफ्नो घर तिर लाग्यौ ..............................


समाप्त     
              
 
 



 

Read Full Discussion Thread for this article