Posted by: crazy_love May 7, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

भाग-४


"तिमी कुरामा मात्र होइन, हसाँउने कलामा पनि पोख्त रहेछौ। कसरी सिक्यौ यी कलाहरु?" नेहाले हाँसोलाइ जबर्जस्ती रोक्दै सोधी।


"तिमी पत्याउदैनौं होला मेरो कुरा।" सगर जस्तो सगरले भन्यो।


"किन?" नेहाको स्वरमा अरु कौतुहुलता देखियो।


"केटा मान्छेलाइ धेरै गार्हो छ।" छोटो उत्तर दियो सगरले।


"मैले त केहि पनि बुझिन त।" नेहा झन अलमल्ल परी।


"आधुनिक केटिलाइ केटा मान्छे "स्मार्ट" मात्र भएर पुग्दैन रे, "सेन्स अफ ह्युमर" पनि चाहिन्छ रे नि त। अनि त सबै कुरा सिक्नै पर्‍यो नि।" सगर जस्तो सगरले कुरा प्रस्ट्यायो।


"कुरा त गहकिलो गर्‍यौ नि।" नेहा  भित्तेघडि हेर्न थाली, लन्चको समय सिद्धिनै लागेकोथ्यो।


"तिमीलाइ मैले बोर त गरिन है?" सगर जस्तो सगर चिन्तिन्त देखिन्यो।


"होइन, होइन। म त काममा फर्किने बेला भएर पो घडि हेरेकी। अब धेरै समय बाँकि छैन।" नेहाको जवाफले सगर केहि ढुक्क देखियो।


"के तिमीलाइ म एउटा अनुरोध गर्न सक्छु?" सगर जस्तो सगरले अनुनय गर्‍यो।


"त्यो भन्दा पहिले एउटा कुरा भनुँ?" नेहाले उल्टो प्रश्न थपी।


"अबश्य! भन" सगर तयार देखियो।


"तिमी मलाइ ठ्याक्कै मेरो कलेजको एउटा साथी जस्तै देखिन्छौ। उस्तै हेराइ, उस्तै हाँसो, उस्तै अनुहार।" नेहाको कुरा सुनेर सगर जस्तो सगर एक्छिन चुप लाग्यो।


"त्यसो भए म तिम्रो लागि "उ" जस्तो मात्र हुँ?" नेहालाइ गहिरिएर हेर्दै सोध्यो सगरले।


"मलाइ त्यस्तै लाग्छ, तर यो पनि थाहा छ तिमी "उ" हैनौ।" नेहा आफै सगर र सगर जस्तो देखिने सगरलाइ छुट्याउनै नसकिने भइ।


"कुरा अलि जटिल हुँदैछ। के तिमी मलाइ इमान्दारीपूर्बक भन्न सक्छौ। तिम्रो "उ" साथी मात्रै थियो? तिमीले मलाइ हेर्ने नजरले त्यस्तो भन्दैन। के उ तिम्रो प्रेमि थियो?" सगरले केहि बेर सोचेर सोध्यो।


"तिमीले बुझिसकेको छौ, उ प्रेमि जस्तो साथी अथवा साथी जस्तो प्रेमि, तर अब्यक्त प्रेमको स्वरूप हाम्रो सम्बन्ध थियो।" नेहा गम्भिर देखिन्थी।


सगरले एकचोटि लामो सुस्केरा तान्यो, अनि हेर्‍यो नेहालाइ उहि आग्रहपूर्ण नजरले।
"ठिक छ, म तिम्रो लागि "उ" मात्र रहेछु। तर के यो संभव छैन, तिमी मलाइ "म" भनेर सम्झ।" सगरले फेरि सोध्यो।


"म कोशिश गर्नेछु।" नेहा उठी।


"त्यसोभए के हामी साथी बन्न सक्छौ?" सगर जस्तो सगर नेहाको उत्तरको प्रतिक्षामा अधैर्य थियो।


"अबश्य!" नेहाको जवाफले सगर जस्तो सगर ढुक्क भयो।


"अहिले नैं फोन नम्बर माग्न त मिल्दैन होला, नाम त थाहा पाउन सक्छु होला नि मेरो साथीको।" सगरले जिस्क्यायो।


"नेहा!" आफ्नो नाम भन्ने बितिकै "ल अहिले म गएँ।" भन्दै नेहा त्यहाँबाट हिँडी।


जाँदै गरेकी नेहालाइ पछाडीबाट सगर जस्तो सगर भन्दैथ्यो।


"ए, हसिँली साथी! नेहा ! मेरो पनि नाम छ। मेरो नाम चाहि चाँहिदैन तिमीलाइ?"


नेहा उ बाट धेरै पर पुगिसकेकी थी। शायद नेहाले उसको अन्तिम अनुरोध सुन्न भ्याइन।


क्रमश:

Read Full Discussion Thread for this article