Posted by: yakthumba May 7, 2009
साझाको Admin लाई बिन्तीपत्र
Login in to Rate this Post:     0       ?        
Administration ज्यु

साझा अमेरिकी नेपालीहरु माझ लोकप्रिय साईट हो। यसको धेरै गुणहरु राम्रो छ। यसको लोकप्रियता एकदम उचाई थियो तर अहिले आएर साझा भनेको केवल आफ्नो आफ्नो रिस पोख्ने थलो बनेको छ । अरुको खुट्टा तान्ने, व्यक्तिगत रिसईवी गरेर अर्काको सेखी झार्न खोज्ने थलो बनेको छ।
सबैभन्दा बढी admin ले ख्याल गर्नुपर्ने चाही साझाबासीहरुको अश्लिल र आपत्तिजनक वाक्य प्रयोग गर्ने गरेको छ, जस्ले यो साईटको लोकप्रियतामा ह्रास आउन पुगेको छ।
यो साईट प्राय सबै अमेरिकन नेपालीहरु मात्रै हुन्छ तर पनि त्यस्तो सभ्य देशमा रहेर साईट मा अनेक असभ्य शब्दहरु र हरेक किसिमको आसन्दर्भिक बादबिवाद भईरहन्छ।
त्यसर्थ साईटले लोकप्रियता कमाउन सजिलो छ तर यसको ईज्जत र लोकप्रियता कायम गर्न गार्हो हुन्छ।
अन्तमा Admin ज्यु यस्ता अश्लिल शव्द भएको Thread हरु हटाउने प्रयास गर्नुहोला। र कुनै पनि आसन्दर्भिक लेखहरु र कुनै व्यक्तिहरुको प्रतिष्ठामा आँच पुर्याउने प्रकारको Thread हरु सकभर मोडरेसन गरेर प्रकाशित गर्नुहोला।
यदी यही तरिकाले नै हो भने पहिलेको जस्तो लोकप्रियता पाउन गार्हो छ किनकी पहिले पहिले यो साईटमा एकै पटक ५००-६०० जनाले हेर्ने गर्दथ्यो भने अहिले त्यहाबाट झरेर पुग नपुग १०० मा झरेको । यसको सुईको त Admin ले थाहा पाएकै होला।

साझालाई सबै नेपालीहरुको साझा चौतारी बनाऔ र रचनात्मक कुरा, लेखहरुको बादबिवाद गरौ।
म सारा साझाबासीहरुलाई यही अपिल गर्दछु। अश्लिल शब्दहरु लेखेर आफ्नो स्तर नझारौ।


http://www.sajha.com/sajha/chat/smileys/m-biggrin.gifमेरो ह्रदय, मेरो नेपालhttp://www.sajha.com/sajha/chat/smileys/npflag.gif
http://www.sajha.com/sajha/chat/smileys/npflag.gif
मलाई नेपालदेखि बाहिर लान सक्छौ तर मेरो नेपाल मभन्दा बाहिर लान सक्दैनौ

http://www.sajha.com/sajha/chat/smileys/m-rolleyes.gif
http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
अस्तु!!!!!!!!!@@@@@@@@@
Read Full Discussion Thread for this article