Posted by: बैरे May 5, 2009
At last, mysansar speaks about video: नायक प्रचण्ड रातारात खलनायक
Login in to Rate this Post:     0       ?        

 


माइ संसार -


माओवादी सरकारमा हुँदा हुँदै देशलाई लुटेर आफु देशको कानुन भन्दा माथि बसी देश बिरोध गरेका छन, कुनै पनि पार्टी, कुनै पद पनि देश र त्यस्को कानुन भन्दा माथि हुँदैन, के तपाईको कोम्रेड अब त्यसको सफायको लागि कानुनको अगाडि आउन तयार छ । कानुन, जन्ताले दिएको सजाय के भुगत्न तयार छ ?


प्रचण्डले भनेका शब्द हरु यस् प्रकारका छन - " सरकारलाई १० लाख रुपैया मागेर, ७ लाख रुपैया हतियार को लागि लगाउदै छौ। हाम्रा सेना बास्तवमा ६ हजार त छन नि। २० हजार भन्नु हाम्रो रणनिती मात्र हो। अब संबिधान सभा पनि हुदैन, किनकि संबिधान सभा हामि हुन दिदैनौ। अहिलेको हाम्रो राजनिति भनेको सत्ता कब्जा गर्ने हो। हामिले गरिरहेको यो षडयन्त्रको कसैलाई पनि जानकारि नदिउँ अहिले, तपाई हाम्रो यो भित्रको कुरा हो। "


याद राख्नु होला जनता जनार्दन हो, बौलायो भने जंगल त होइन जलाउन लाई आगो नि पाउने छैन, जुन जनताले विश्वाश गरेर नयाँ संबिधान बनाउन जिम्मा दिएको छ, त्यो विश्वाशको त्याग गरेर "अब संबिधान सभा पनि हुदैन, किनकि संबिधान सभा हामि हुन दिदैनौ" भन्नको लागि बौलाएको हुनु पर्छ । मरेका हरुको नामबाट उठाएको पैसा सही ठाउँमा उपायोग नगरि देशको बिरोधमा नै खर्च गर्ने ? जुन थालमा खायो त्यही हग्ने कस्तो प्रबिर्धी हो यो ?
 
माइ संसार, तपाईले बुझ्नु पर्ने कुरा चाँही सापँलाई जती दुध ख्वाए पनि डस्न छोड्दैन त्यसै गरी १) माओवादीलाई फेरी सरकारमा आउन दिनु हुँदै हुन्न २) देशमै बस्ने रहर छ भने इनिहरु लाई कडा से कडा कारबाही हुनु पर्छ ३) शनि र राहुको पूजा गर्दै गर्नु, यी डाँकाहरु भोली तपाई माथि नि आइ पर्ला, पहिले पनि आफ्नै लाई काट्या इनिहरुले नदेखेको त होइन ।


अन्तमा आफ्नो देशको लागि साथै तपाईको हितको लागि पनि प्रार्थना गर्छु।

Read Full Discussion Thread for this article