Posted by: बैरे May 5, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        

बिस्टेले भन्या झै म पनि राजनीति बाट टाढै राख्न चाहन्छु त्यही पनि केही टिप्पणी दिन मन लागेकोले केही शब्द कोर्न चाहन्छु ।


सर्ब प्रथम त ठुल्दाइले भने झै जंगलमा बस्या यि डाँकाहरुलाई देश चलाऊन दिन नै हाम्रो भूल थियो तर दशक भन्दा पनि बेसीको तानाशयी सरकार होस् वा डर र त्रास हामीले हाम्रो नेत्रित्व यि डाँकाहरुलाई गर्न दिउम। तर अब आफ्नो गल्ती सच्चाउने मौका फेरी भाग्यले हाम्रै हातमा राखी दिएको छ । न त म कांग्रेस भक्त हुँ न त माले मलाई अरु साथी भाई हरु जस्तै देशको प्रेम छ । जुन पार्टी अगाडि बढे पनि देश बिकास होस् भन्ने चाहन्छु ।


साझाको धेरै थ्रेडहरुमा कती पय साथी भाई हरुले नेपाल गई केही गर्ने धारणा पनि राख्नु भएको छ तर देश को यस्तै परिस्थिती हो भने त्यो सम्भब हुने छैन, देश को नेत्रित्व गर्ने राजनीतिक्यहरु ले सोच्नु पर्ने कुरा यदी देशमा जनताको सहभागीता चाहिन्छ भने त्यहाँको बातावरण अनुकुल बनाउने जिम्मा उनिहरु माथि स्वोम्पेको छौ हामीहरुले । अनुकुल बातावरण भयो भने देशवासीहरु अघी बध्ने मौका पाउछन र देशवासी अघी बध्नु भनेको देश अघी बध्नु हो । हुन त हामी २० सताब्दी लाई छोडेर २१ सताब्दीमा आएका छौ तर आफ्नो देश भने २० सताब्दीलाई पनि छुन सकेको छैन ।


अब आउने नयाँ पार्टी तनाबमा होइन एक्क्रित भएर अघी बध्नु पर्ने छ, अबिश्वासको प्रस्तव भन्दै बर्षै चुनाव गर्ने पनि ठीक होइन, हरेक चुनावमा देश को ढुकुती रित्तिदै जान्छ त्यसको सदुपयोग अरु केही क्षेत्रमा गरे उचित हुने छ । मलाई राजनीतिक्यहरुले आफ्नो राजस्व बढाएकोमा पनि केही भन्नु छैन तर जब देशको हितको कुरा आउछ आफ्नो राजनीति र स्वार्थलाई पछी राखेर सामान्ताले अघी बढ्नु पर्छ भन्ने मेरो सोचाई हो ।


हुन त भन्न र गर्नमा ठुलो अन्तर छ तर पनि सुरुवात गर्नमा केही गाह्रो हुने म चाँही देख्दिन , अब यो माओवादी डाँकाहरुलाई फेरी जंगल पस्न दियौ भने चाँही कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्रोमा राखे पनि बाङ्गै भन्या झै त्यो हाम्रो गल्ती हुने छ । यी चोरहरुलाई जंगलमा पनि वास दिन चाँही हामीले हुन्न । अर्को सरकारले यि डाँकाहरु कडा से कडा सजाय दिनु पर्छ, आफ्नो देश आफ्नो आमालाई आँफै नग्न बनाएर लुट्ने यि डाँकाहरु हुन् ।


अब आउने सरकारले देशको उन्नती र प्रगती गरुन भन्ने प्रथार्ना पशुपतिनाथ सँग गर्दै आफ्नो टिप्पणी यही टुङ्गाउछु ।
 


बैरे


 

Read Full Discussion Thread for this article