Posted by: paasa7 May 4, 2009
सरकारको नेतृत्वमा फोरमको दावी
Login in to Rate this Post:     0       ?        






All these viruses need to be eliminated if not quarantined (inside the prison)


सरकारको नेतृत्वमा फोरमको दावी






 

काठमाडौं, वैशाख २२ -दैनिकी)- सत्ता समीकरण राजनीतिमा ´निणर्ायक´ मधेरी जनअधिकार फोरमले माओवदी र एमाले तथा कांग्रेससँग आफूले सरकारको नेतृत्वु गर्न पाउनु पर्ने प्रस्ताव राखेको छ । एमालेका नेता माधव कुमार नेपालको नेतृत्वमा माओवादीवाहेकका सबै राजनीतिक दलको सहभागितामा सरकार बनाउने तयारी शुरु भएपछि फोरमले सरकारको नेतृत्व पाउनु पर्ने माग गरेको छ ।


फोरमले माआवादीसँग फेरी गठबन्धन गर्न सकिने र त्यसमा केही साना दलसँगै मिलेर सत्ता चलाउन सकिने हुँदा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव राखेको हो । मध्यावधी निर्वाचनपछि तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेस र एमाले अल्पमतमा परेको समयमा दुई दुई पटक सत्ता समिकरणमा प्रधानमन्त्री पाएको स्मरण गर्दै फोरमले प्रधानमन्त्री आफैं बन्न पाउनु पर्ने माग राख्न थालेको छ । माओवादी र फोरम गरी दुई सय ९२ सभासद छन् । यसमा केही साना दलको समर्थन प्राप्त भएका ३ सय १ पुर्‍याउन कठिनाई छैन । अहिले सरकार बनाउनका लागि फोमर र केही साना दलको निर्णायक भूमिका हुने छ ।

http://www.dainikee.com/news/index.php?action=news_details&news_id=6569
Read Full Discussion Thread for this article