Posted by: Jawala May 4, 2009
Maoist proved they are the true democratic party of Nepal
Login in to Rate this Post:     0       ?        

Civil Society will also protest against the President's move about the Army Chief.


 


लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन


प्रेस विज्ञप्ति


जननिर्वाचित कार्यकारी अधिकारसम्पन्न सरकारको प्रधानसेनापति रुक्माङ्द कटवाललाई अवकास दिने निर्णयलाई उल्टाउने गरी गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा वर्तमान अन्तरिम संविधानले परिकल्पना नै नगरेको कथित अधिकार प्रयोग गरी मध्य रातमा निज कटवाललाई सेनापतिमा कायम नै रहन दिएको निर्देशलाई लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन भत्र्सना गर्दछ । असंवैधानिक महत्वाकाङ्क्षा राख्ने राष्ट्रपतिको क्षेत्राधिकार तथा पदीय मर्यादाविपरीत यो कदम ऐतिहासिक जनआन्दोलन सम्पन्न भए लगत्तैदेखि देशमा प्रकट भएको प्रतिगमनलाई पुनः भित्र्याउने र शान्ति प्रक्रियालाई जनादेशअनुसार निष्कर्षमा पुर्‍याउन नदिने दुष्कार्यहरूको श्रृंखला हो भन्ने लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको ठहर छ । राष्ट्रपतिलाई यो अशोभनीय निर्देश दिन उक्साउने राजनीतिक दलहरु र अन्य सङ्कीर्ण स्वार्थहरूको कार्य सैनिकीकरणलाई बढावा दिने चेष्टाका रुपमा अभिव्यक्त भएको छ ।


राष्ट्रपतीय संस्थाले जे जस्तो गरिमा, प्रतिष्ठा र मर्यादा प्राप्त गर्दै आलङ्कारिक स्वरुपमा रहनुपथ्र्यो त्यसको सट्टा यो संस्था संविधानलाई नै संहार गर्ने कार्यमा प्रत्यक्षरुपले प्रयोग हुन थालेको दृष्टान्तले लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनलाई अत्यन्त चिन्तित र आन्दोलित बनाएको छ । हामी सदैव र निःशर्त लोकतन्त्र, मानवाधिकार र शान्तिका पक्षपाती हौँ । लोकतान्त्रिक विकासक्रम र दिगो शान्तिको आधारशिलालाई सुदृढ गरी सदाकालको निम्ति कुनै पनि स्वरुप र सारको अधिनायकवादलाई व्यहोर्नु नपर्ने अवस्थाको सिर्जना भएको हामी हेर्न चाहन्छौँ । कुनै पनि पक्षबाट कुनै पनि आवरण र बहानामा अराजकता, उद्दण्डता र दण्डहीनताको बुुई चढेर आउने विधिको शासन र लोकतन्त्रविरोधी प्रवृत्ति नागरिक आन्दोलनलाई स्वीकार्य छैन ।


ऐतिहासिक जनआन्दोलन तथा बृहद् शान्ति सम्झौतापछि प्राप्त नागरिक अधिकार, गणतन्त्र र संघीयताजस्ता उपलव्धिहरुलाई नयाँ संविधानद्वारा संस्थागत गर्दै देशलाई फेरि हिंसा र मुठभेडतिर जानबाट रोक्न थोरैमात्र समय बाँकी रहेको यो घडीमा सबै समस्याको समाधान गर्ने माध्यम वार्ता र संविधानसभालाई नै बनाउन सबै पक्षलाई हामी आह्वान गर्दछौँ । आप\mना कार्यहरुमा लोकतान्त्रिक विधि र प्रक्रियाको हेक्का राख्न र आप\mनो आम पङ्क्तिलाई असंयमित तथा हिंस्रक हुनबाट रोक्दै लोकतन्त्र र शान्तिको पक्षमा शान्तिपूर्ण जनदवावमा मात्र सीमित रहन हामी सबै पक्षलाई आग्रह गर्दछौँ ।


निहित स्वार्थबाट माथि उठेर संविधान लेखन कार्य सम्पन्न गरी देशलाई लोकतन्त्र तथा शान्तिको दिशातर्फ उन्मुख गराउन सम्पूर्ण राजनीतिक दलहरु, सभासद्हरु र नागरिकहरुलाई हामी आह्वान गर्दछौँ । साथै भोलि बैशाख २२ गते बिहान ११ बजे शीतल निवासबाहिर हुने नागरिक धर्ना कार्यक्रममा सहभागी बन्न हामी सबै जागरुक नागरिकहरुलाई आग्रह गर्दछौँ ।


डा. देवेन्द्रराज पाण्डे


लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका तर्फबाट


२०६६ वैशाख २१ (May 4, 2009)

 
Last edited: 04-May-09 02:34 PM
Read Full Discussion Thread for this article