Posted by: demoqwasi April 30, 2009
कामरेडको नाममा खुल्लापत्र
Login in to Rate this Post:     0       ?        

Source : http://www.hamroblog.com/?p=1886#more-1886 .. Just wanted to share it here..


थारुहटको आन्दोलनको कारण नागरिक त्राहिमाम छन । हिजोसम्म एक मुठा साग किन्न सक्ने नागरिकको हालत पलता भइसकेको छ । बन्दका कारण न गाडिमा हाल्ने तेल सहज बनेको छ त खाने तेल नै सहज बन्न सकेको छ । तराइका २२ जिल्ला बन्दका कारण नागरिकको भान्छाको वजेट डामाडोल भएर उनीहरु हैरान छन । तर कामरेडको बाहुल्यता रहेको सरकार भने एकोहोरो कटवालको केसमा मरिहत्ते गरेर लागेको छ । तिम्रा चासो कटवाल हुनसक्छ किनकी तिम्रो भान्छामा इच्छाएको पकवान पाक्छन । पेट्रोल हाल्न तिमि ५ घन्टा लामो लाममा तालु तताएर बस्नुपनि पर्दैन । तर,हामीलाइ हेर त कामरेड हाम्रा दुख कहिल्यै तिमिले भोगेका छौं तिमि केवल आफ्नो स्वार्थसिद्ध गराउन फेरी हाम्रै दुहाइ दिएर हिडेका छौं । नागरिक सर्वोच्चताको दुहाइ दिएर आफ्नो एकल सर्वोच्चता स्थापनाका लागि मरिहत्ते गरेका छौं । भनेपछि यो देशको नागरिक भनेको तिमि र तिम्रा वरिपरी तलुवा चटनीका लागि घुमिरहनेहरु मात्र हुन त ? के ति बाहेक हामी सबै अनागरिक ?


इन्धन ठप्प बराबर बनिसकेको छ । साग मुठाको ५ रुपैंयावाट १५ पुगिसकेको छ । ग्यासको अभाव शुरु भइसक्यो । काठमाडौंवाट बाहिर जाने नागरिक काठमाडौंमा अलपत्र छन अनी काठमाडौं भित्रीने नागरिक विच सडकमा अलपत्र परेका छन । तर नागरिकको सेवाको नारा अलाप्ने तिमि र तिम्रा सरकारमा मन्त्री कानमा तेल हालेर बसेका छन । तिमि र तिम्रा आसेपासे केवल कटवाल कटवाल भनेर रट लगाइरहेका छन । यो जत्तिको विडम्बना अरु के हुनसक्छ कामरेड ?


भान्छाको चिन्ता एकातिर, अर्कोतिर कुन बेला कु हुने हो ? अनी हिड्दा हिड्दै विच सडकमा कुन चै गोलिले इहलिला समाप्त हुने हो भन्ने चिन्ताले नागरिक त्राहिमाम भएको पनि २ साता पुग्न लागिसकेको छ । जताततै कु को हल्ला छ । कोही सेनाको कुको आतंकमा छन त कोही राष्ट्रपतिको । कोही लौ माओवादीले जनसेना लगाएर सत्ता कब्जा गराउने भो भन्ने त्रासमा छन । नागरिक तनावमा छन । तिमिले सधै अलाप्ने राग सर्वहाराका हुन । अहिले तिम्रा त्यही नाराका पि्य वर्गको भान्छाको टिन चामलविहिन बन्न पुगेको छ । तिमि बालुवाटारवाट बाहिरिए सर्वहाराको कोठामा छिरेर सोध त चामल कि कटवाल भनेर ? उनीहरुवाट जे निर्णय आउंछ त्यही अनुसार के तिमि काम गर्न सक्छौं ?


यदी तिम्रो सरकार नागरिकको हितको पक्षमा हो भने यसको पहिलो चासो कटवालमा हैन बन्द रहेको तराइका २२ जिल्ला खोल्नमा हुन्थ्यो । जसको प्रभाव आम नागरिकसम्म पुग्थ्यो र उनीहरु सरकारप्रति कृतज्ञ हुनेथिए । भान्छाको वजेट योजना अनुसार चल्ने थियो । इन्धन अभाव हट्ने थियो । त्यसपछि कटवालको केसमा लागेको भए केही जनसर्मथन पनि बटुल्न सक्थ्यौं कि । तर तिम्रा सरकारलाइ यो के को चासोको विषय भयो र ? तिम्रा लागि सागको ५ भएपनि ५० भएपनि तिम्रो भान्छामा पाकिहाल्छ । चढ्ने गाडि तेल भएन भनेर कहिल्यै रोकिएको छैन । तिम्रो भान्छामा इच्छा अनुसारको पकवान पाक्छ नै । यदी यही नै नागरिक सर्वोच्चता ? हो भने हिजो महेन्द्र शाहका पालामा भोकाएका नागरिकले-सरकार भात खान पाइएन’ भन्दा दुध भात पनि खान पाएनौ ? भने जस्तै तिमि र महेन्द्रमा के चै फरक भयो र ?


तिमी बालहठमा लागेर सेनाले कु गरे गरोस यत्रैसिती कटवाललाइ चै छोडिन्न भनेर लागेका छौं । तिम्रा लागि ति सामान्य हुन । कारण हिजो नागरिकका छोरालाइ बन्दुक बोकाएर तिमी भारतमा मोज लुटेर बसेकै हौं । भोलि पर्यो भने तिमि लाग्नेपनि त्यत्तै त हो नी । अनी मर्ने उही हिजोका झै  नागरिक । जसलाइ तिमिले मुक्तीको नारा दिएर विष भरिएको ललीपप दिएर मैदानमा मर्नका लागि पठाउने छौं ।


त्यसको मार पर्ने नागरिकलाइ नै हो । जो फेरी तिम्रा मुक्तिकामी लाल आतंक अनी संरक्षणकामी सरकारी फौजको चपेटामा पर्नेछन । यसमा तिमिलाइ के चासो ? लाल आतंक रक्षक तिम्रा गुलामीमा सधै हाजिर भइहाल्छन । अर्को सेनाका उच्च हाकिमहरु पनि भोलि पुन सत्तामा आए भने अप्ठ्यारो पर्ला भनेर चाकरीमा लागि हाल्छन । तिमिलाइ त द्धन्द्ध चर्किएर के भयो र ? थप दुबै हातमा लड्डु । द्धन्द्ध चर्काएर राज्यसत्ता कब्जा गर्ने जो तिम्रो घातक रणनीति छ । त्यो रणनीति सफल बनाउन तिमि आफु र आफ्ना परिवार बाहेक सबैको बलिदान दिन तयार रै छौ नी हैन ? तिम्रो बालहठले पुष्टी गरिसकेको छ कामरेड तिमि नागरिक सर्वोच्चताका लागि हैन आफ्नो सर्वोच्चताका लागि यि सबै नौटंकी गरिरहेका छौ । जसले तत्कालका लागि तिमि हिरो झै हौला तर इतिहासको पानामा दक्षिण एसियाको पोलपोट बनौला है ?  होस गर ।

Read Full Discussion Thread for this article