एमालेको पनि सरकार छाड्ने चेतावनी
हैन यो नेपालाँ के भा को ? एक जमानामा सरकारमा जान दलहरु मरिहत्ते गर्थे। अहिले चाहिँ सरकार छाड्नेमा मरिहत्ते गर्छन्।
अब हेर्नुस् न, प्रधानसेनापति हटाउन नसके सरकार छाड्ने धम्की सबैभन्दा
पहिले माओवादीले दिएको थियो। अब त्यसको सिको एमालेले गरेको छ। बिहीबार
राति अबेरसम्म बसेको एमालेको आकस्मिक बैठकले सहमतिमा नभई एकल निर्णयबाट
प्रधानसेनापति हटाउने निर्णय गरे सरकार छाड्ने चेतावनी दिएको छ।
प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद बैठक बोलाएर सेनापतिलाई कारवाही
गर्ने संकेत देखिए पछि के गर्ने भन्ने रणनीति बनाउन एमालेले साँझ ७ बजेतिर
आकस्मिक बैठक डाकेको थियो। स्थायी समितिको त्यही बैठकमा यस्तो निर्णय
गरिएको हो।
एक्लै भए पनि अघि बढेर कारबाही गर्ने र गर्न नसके सरकार छाड्ने बताउँदै
आएको माओवादीले अब के गर्छ, हेर्न बाँकी छ। काँग्रेसले भने सत्ता छाड्ने
होडबाजी भएका बेला भावी प्रधानमन्त्री को हुनसक्छ भनी छलफल समेत थालिसकेको
कुरा पनि सुनिएको छ।
अब हेर्न बाँकी छ, सरकार पहिले कसले छाड्ने हो ?
src: mysansar . com