Posted by: nepalitexan1 April 28, 2009
Again STREET PROTEST in Nepal.
Login in to Rate this Post:     0       ?        





सेनापति विवादमा कांग्रेसले सडक आन्दोलन गर्ने

 








नेपाली कांग्रेस पार्टीको झण्डा (फोटो सौजन्य: नेपाली कांग्रेस वेबसाइट)
प्रधानसेनापति विवादमा नेपाली कांग्रेसले माओवादी सरकारको विरोध गरिरहेको छ
प्रधानसेनापति हटाउने सरकारको कदम विरुद्ध मुख्य विपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेपछि उक्त विवाद थप जटिल बन्ने देखिएको छ।

सरकारको नेतृत्वकर्ता एकीकृत नेकपा माओवादी, दोश्रो ठूलो सत्ताधारी पार्टी नेकपा एमाले र विपक्षी नेपाली कांग्रेसबीचका छुट्टा-छुट्टै बैठकहरु सेनापति स्पष्टीकरण विवादमा सहमति जुटाउन असफल भएपछि कांग्रेसले मंगलबार त्यस्तो निर्णय लिएको हो।


सेनापति स्पष्टीकरण विवादमा संविधानसभाका अधिकांश पार्टीहरुको समर्थन पाएको कांग्रेसले आन्दोलनमा ती दलहरुको पनि साथ पाउने जनाएको छ।


कांग्रेस केन्द्रीय कार्य समिति बैठकको निर्णय बारे जानकारी दिंदै प्रवक्ता अर्जुननरसिंह केसीले भने, “लोकतन्त्रको आवरणमा सत्ता कब्जा गरी सर्वसत्तावाद लाद्‌ने माओवादीको कदमबारे जनतालाई जानकारी गराउन आन्दोलनको विकल्प नदेखेर सडक संघर्षको घोषणा गरेका हौँ।”

Last edited: 28-Apr-09 12:25 PM
Read Full Discussion Thread for this article