Posted by: sumedhu April 24, 2009
के के भयो सेना भित्र ?
Login in to Rate this Post:     0       ?        
रुक्मागत कटुवालको 'कू' र माओवादीको सेनालाई 'कुलबहादुर कू' मा बदल्ने योजनाको तुलना गर्दा , रुक्मागतकको 'कू'  असल हुनसक्छ । किनभने , माथिको समाचार अनुसार र आजको कान्तिपुरमा अखिलेसले लेखेको समाचार अनुसार , रुक्मागतलाई पर्‍यो भने मारेर भए पनि सेनामा कुलबहादुरलाई सेनापतिमा स्थापित गराउने माओवादी योजना रहेछ । साथै यसो गरिसकेपछि कुलबहादुरले माओवादीका पासाङलाई आँफू पछिको रोलमा स्थापित गराएर नेपाली सेनालाई माओवादीको झोलामा पुर्‍याउने योजना रहेछ । यस्तो स्थितिको छनक पाएपछि, सेनामा खलबली मचिनु स्वाभाविक हो र अन्य राजनैतिक वृत्तमा माओवादीको कुत्सित योजनाको बिरोध हुनु स्वाभाविक हो किनभने यो योजना माओवादीले देशलाई पूर्ण रूपमा आफ्नो एउटा पार्टीको नियन्त्रणमा लिने योजना अनुरूप बनेको देखिन्छ । यही योजना हो भने जति नै अप्रिय लागे पनि , कुनै पनि लोकतन्त्रवादीले यी २ वटा उत्तिकै नमीठा विकल्प बीचबाट रुक्मागतको कू लाई उचित ठान्नु पर्ने स्थिति आउँदथ्यो । कमसेकम रुक्मागतको 'कू' ले केही समय पछि बांग्लादेशको तरिकाले दलहरूको सरकार स्थापना गराउने आशा गर्न सकिन्थ्यो भने , 'माओवादी र कुलबहादुरको कू' ले हाम्रो नेपाललाई अर्को उत्तर कोरिया बनाउने निस्चित रहेछ , हैन र ?
Read Full Discussion Thread for this article