Posted by: sajhabusaima April 23, 2009
Let's make CHITWAN our new Capital.
Login in to Rate this Post:     0       ?        
 समग्र नेपाल मा चितवन भन्दा अरु राम्रो ठाँउ कुनै छैन राजधानि बनाउन को लागि  तर के हाम्रा देशका राजधानि मा हैकम चलाउने जनावरहरु को एनालाइसिस गरेका छौं त, त्यिनिहरु लाइ चितवान सार्न ? होइन ए साथि हो यिनिहरु को लागि फेरि राजधानि काँहा बनाउने भरपुर हाइट मा कि टिकौलि जङगल मा कि उहि माडिको  छेउ छाउ, कि नभए उहि हाम्रो दाहाल जेठा (प्रचण्ड दाइ) को पिढि  १० नम्वर वार्ड मा मा हाल्ने हो। आर्मि सँग झगडा भएको बेला छ कि सन्काउने हो आर्मि ब्यारेक लिएर वाइसियल लाइ बाँढन भरतपुर उकालो मा छ भोलिदेखि वाइसियल सबै करोडपति। फेरि साथि हो कि नभए यो क्याम्पस पढेर आतङककारि जन्माउनु भन्दा बन्द गर्ने हो, हेर्नु न त्यो टि यु को  उपकुलपति र रेक्टर त आतङ्कबादि रहेछन बाइसियल ले कालो मोसो लगायो सारा बिद्धानहरु को अगाडि। ढालदिम त्यो  पुरानो क्याम्पस के भन्छ बिरेन्द्र बहुमुखि,पुराना राजा को नाम छ अनि सधै काग्रेस ले सधैं राज गर्ने यसपालि पनि खुट्टा नभाचेर चुनावमा उठन दिएको भए ठेगान थिएन क्रान्तिकारिको, हान्दिम हान्दिम यसैलाइ हान्दिम।
नारायण घाट त साथिहो मलाइ धेरै पटक याद छ बाढि आउदा पानि ले भरतपुर को ओरालो सम्म चौका  मारेको। फेरि उहि अर्को दाशढुङ्गा, राजधानि लाइ छक्का हान्ला र हाम्रा प्रचण्ड र बाबुराम जि खोज्न दिल्लि पश्नु पर्ला नि नारायणगढ मा राख्यो भने, गिरिजा जि र ओलि जि को त कुरै नगरु उहाँहरु को रोग नै दिल्लि बाट सरेको दिल्लिसँग बाहेक अरु सँग औषधिनै छैनरे ।
साथिहो अब पुर्बचितवन तिर लाग्यो भने रामहरि श्रेष्ठको पिचासले तर्साउछ, झाक्रि झलनाथ सँग यसको उपचार छैन। फेरि झाक्रि पनि कति दर्हा चाइना जान प्लेन चढनु अगाडि कटुवाल को जागिर जसरि नि काट्नु पर्छ भन्ने झाक्रि फर्किदा प्लेन बाट झ्रन पनि नभ्याउदै म आर्मि मा राजनिति भएको हेर्न सक्दिन वा झा्करि वा कुखुरा गुम्ला भन्ने कत्रो डर।  त्यसमाथि पनि मैले हुइया ले भनेको सुनेको लालमनि चौधरि ले थारुहरु को हो यो चितवन, अनि मधेश नेपाल मा ‍छैन तराइ मात्र छ र थारुहरु भुमिपुत्र भनेदेखि कता कता माओबादि का घाँटि मा झुन्डिएको घण्ट उट्पट्याङ यादब  पुर्ब त के चितवन नाम सुन्ना साथ बर्बराउछन रे।
 त्यहि भएर यि गनाएका मानिसहरु को भिड खाल्टो मा नै ठिक छ , निका्लयो भने सारा गन्हाउछ, त्यहि पनि  राजधानि भन्ने मात्रै हो हो नि काम कि त दिल्लि , कि त बेजिङ्ग त्यति ले पनि धानेन भने वासिङ्गटन, राजधानि किन चाहियो। बरु सारे हुन्छ मुस्ताङ वा मनाङ यि गन्हाएका सँगै गए भने काठमाण्डौ उपत्यका को मुहार फेरिनेछ अनि पसुपति नाथ ले सबैको रक्षा गर्नेछन ।

साथिहो यो अचार हालेको बिचार सबै लाइ डाइजेस्ट नगर्न सक्छ, गर्न सकेन धोति भाइ को हाजमोला खाएर डाइजेस्ट गर्नुहोला ।
Read Full Discussion Thread for this article