Posted by: shirish April 21, 2009
I am impressed
Login in to Rate this Post:     0       ?        

Shall we help this kid ? He seems to be very intelligent.


 


वैज्ञानिक सम्मेलनमा जान खर्च समस्या



सरस्वती कार्की


विराटनगर, ब्रह्माण्ड उत्पत्तिबारे गरिएको नयाँ अध्ययन प्रमाणित गर्न नासाको वैज्ञानिक सम्मेलनमा सहभागी हुन बोलाइएका यहाँका एक किशोरले आर्थिक सहयोग गरिदिन सरकार तथा संघसंस्थालाई अपिल गरेका छन् ।

विराटनगरको बूढानीलकण्ठ स्कुलबाट एसएलसी दिएका १६ वषर्ीय रिजन कार्कीले सोमबार विद्यालयमा पत्रकार सम्मेलन गरी अमेरिकामा हुने सम्मेलनमा भाग लिन जान पारिवारको आर्थिक हैसियत नभएको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

ब्रमाण्ड उत्पत्तिबारे सानैदेखि अध्ययन/अनुसन्धानमा रहेका कार्कीले आफूले गरेको दाबीसहितको फायल विद्यालयमार्फत नासामा पठाएका थिए । 'मैले धेरै मुलुकका वैज्ञानिकलाई मेरो अनुसन्धान पठाएँ, कसैले वास्ता गरेनन्,' उनले भने, 'अहिले नासाले आफ्नै खर्चमा आउन भनेर बोलाएको छ, मसँग पैसा छैन ।' आगामी मे महिनामा वैज्ञानिक सम्मेलन हुँदैछ । आफ्नै खर्चमा शिक्षकसहित ३ जनालाई निमन्त्रणा आएको स्कुलका निर्देशक खगेन्द्र पाण्डेले बताए । '३ वर्षदेखि अनुसन्धानमा लिप्त थिए,' सहयोगको माग गर्दै पाण्डेले भने, 'केही सफल भएको छ तर स्कुलले पनि खर्च बेहोर्न सक्ने अवस्था छैन ।'

ब्रमाण्ड उत्पत्तिबारे केही कुरा चित्त बुझे पनि न्युटनको गुरुत्वाकर्षण र आइन्सटाइनको ब्रमाण्ड स्थिर भइरहने छ भन्ने सिद्धान्तप्रति कार्की असहमत छन् । 'ब्रमाण्डमा एउटामात्र पिण्ड रह्यो भने जीएमएमआर इस्क्वार फर्मुला बेकार छ, यसले गर्दा नै साबित हुन्छ कि ब्रमाण्डमा एउटामात्र पिण्ड भयो भने गुरुत्वाकर्षण शक्ति नरहने हुन्छ,' कार्कीले थपे, 'त्यसैले गुरुत्वाकर्षण सिद्धान्त मलाई चित्त

बुझेन ।' आइन्सटाइनको ब्रमाण्ड स्थिर भइरहने छ भन्ने मान्यता पनि गतल सावित भएको उल्लेख गर्दै भने, 'डार्क इनर्जीका कारणले ब्रमाण्ड फैलिरहेको छ तर डार्क इनर्जी के हो ? यसको उत्पत्तिबारे कसैले भन्न सकेका छैनन् ।'

गुरुत्वाकर्षणको सिद्धान्त ठीक भएको भए अहिले डार्क इनर्जी र डार्क म्याटर जस्ता कुराको हल हुनुपर्ने थियो तर नभएकाले त्यो सिद्धान्त गलत भएको उनको दाबी छ । 'गुरुत्वाकर्षणको पुरानो सिद्धान्त पूरै परिवर्तन गर्ने मेरो सामथ्र्य छ,' सबै कुरा नासामा पठाएको दाबी गर्दै उनी थप्छन्, 'गुरुत्वाकर्षण शक्ति के हो ? यसको उत्पत्ति, डार्क इनर्जी शक्ति के हो ? यसले कसरी काम गर्छ भन्नेबारे मैले हल गरेको छु ।'

स्वीट्जरल्यान्डमा वैज्ञानिकले गरेका एलएचसीको नतिजामा आफ्नो सिद्धान्तबाट त्यसको निष्कर्ष निकाल्न सकिने उनले बताए । 'ब्रमाण्ड फैलिन्छ र यो कालान्तरपछि अन्त्य हुन्छ र फेरि उत्पत्ति हुन्छ,' उनको जिकिर छ ।

Read Full Discussion Thread for this article