Posted by: बैरे April 21, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

ल हिड जाम घर तिर । तरुनीले धोका दिए नि खाना ले साथ दियो, यो खाना त २-३ दिन ननीकाली भुँडी भित्रै राख्ने खालको छ भन्दै उु बाइकमा बस्यो । मिठोले भुँडी भित्रै राख्न खोज्या हो कि, आउँदा खेरीको रापलाई सम्झेर भन्या हो त्यो चाँही भुज्न गाह्रो थियो त्यही पनि केही नबोली घर तिर लाग्यौ हामी ।


 


पाटन ढोका भई घर जाने रहर थियो तर पेट्रोल हाल्ने मालिक च्याङ्ग्रा थियो, कहाँ महङ्गाइमा लामो बाटो जाने, हिड आकै बाटो फिर्ता, भेटी हाल्छे कि ? भन्दै च्याङ्ग्रा करायो ।


 


लौ भन्दै फेरी बङ्गला मुखी तिरै फर्कियौ ।


 


बङ्गला मुखी कट्न मात्रै के आट्या थियो अगाडिको द्रिश्य भुकम्पले हल्लाको झै हल्लियो । तर भुकम्प होइन मेरो हेल्मेटमा च्याङ्ग्राको हात बज्री रहेको थियो ।


 


च्याङ्ग्रा - सुन त्यहाँ बङ्गला मुखीको ढुङ्गे धारामा , मुक्ती नाथ हो कि गोसाई कुण्डको पानी आउछ रे, बहुनको छोराले भैंसी चपाको छ हिड मेरो नि पाप मुक्ती हुन्छ कि ? मुख धुन जाम ।


 


- त मर्ने बेला एकै चोटि त्यहाँको पानी तेरो सैय्यामा राखे हुन्न ? तैले भोली नि हिड जाम अरु केही नभए नि मासुको रसबरी खान जाम भन्छस क्यारे ।


च्याङ्ग्रा  - ल ल धेरै दाइलोग, नछोड, घर गए बुढाको कच कच, यहाँ तेरो । रोक अनी हिड ।


 


ढुङ्गे धारा सम्म पुगेर भर्र्याङ् झर्न के आट्या थियौ, च्याङ्ग्राले एक्कासी - "ओहो .......  माते, मन्दिरनै छोडि यहाँ सम्म किन दर्शन दिन आउने कस्ट किन गर्नु भयो ? "


 


म अचम्म परी किन भुत्भुतायो यो बौला भनेर हेर्दा, बिहानकी तरुनी त्यहाँ उपस्थित रहेछिन । म फेरी च्याङ्ग्राको पेलाईलाई कुह्री रहा थिए ।   


च्याङ्ग्रा - " बिहान आकै हुँ, फेरी बिहीवार पनि आउछु भने कै थिए, यती चाडै म सँग प्रशन्न हुनु भयो ?" ...


 


मैले च्याङ्ग्राको कुरो काटेर अब ३ वटा बर पाउने भईस्, ल मोज गर । म फेरी च्याङ्ग्राको मुख तिर हेर्दइ थिए अर्को ब्यङ्गको प्रतिक्षामा 


 


 स्वोर त आयो तर त्यो च्याङ्ग्राको थिएन ।


 


- बिहानै काम परेर कलेजबाट चाडै निस्किनु पर्‍यो । किन बौला कुकुरले टोक्या झै कराइ रहा । खूब तितौरा लिएर पर्खिन्छु भन्दै थियौ त, कसरी यहाँ सम्म आइपुग्यौ ? तितौरा दिन हो ?


 


मेरो त बोल्ती नै बन्ध भयो, तर  च्याङ्ग्रा हार मान्ने खालको थिएन, - "कडा अती कडा , जो चोर उसकै ठुलो स्वोर । सस्रुराली खोज्न आको नि । ससुराले नानी पधेरो सम्म गाको छे, ज्वाँई बस्दै गर्नु भन्या थिए । म चाँही होइन मै लिएर आउछु भनेर निस्क्या नि । "


 


उनीहरुको कुरो सुनेर म वाल्ल पारी रहा थिए, मन मनै सोचे - " इनिहरु त बिहे भएकै दम्पती झै कुरा गरी रहा छन, कतै च्याङ्ग्राले चिन्या कोही केटी नै थियी कि ? मलाई मुर्गा त बनाइ रहा छैन ? "


 


च्याङ्ग्रा - "छोराले बोलाको सधैं पुराउछ, लौ लिउ तितौरा । लौ भोली भेटुम्ला, हामी त्यही पूल पारी नै हुन्छु । बरु आहिले धर सम्म छोड दीउ कि ससुरालाई पनि लागे भन्नु पर्ला "


- "भयो भयो, धेरै जान्ने हुने होइन, फेरी टोल उठेर आउँला नि "


 


ए भि एम स्कुलको झगडा हुँदा पाटनको घरबाट हजुर बाउँ देखी नाती ओर्लेको ज्ञान थियो, त्यही सम्झी होला च्याङ्ग्राले "भई हाल्यो उसो भए, लौ भोली भेटुम्ला" भनेर मलाई "लौ हिड के लाटाले पापा हेर्या झै हेरी रहा" भन्यो । त्यहाँबाट निस्किनु अघी तरुनी तर्फ हेर्दइ फेरी च्याङ्ग्राले - "बरु कोही साथी छ भने यसको उद्दार पनि गरी दिए हुन्छ " भन्यो


- "भई हाल्छ नि, भन्दै तरुनी मुस्कुराएर आफ्नो बाटो लागिन"


 


म अझै, कुरा बुझ्न खोज्दै थिए, तर दिमागलाई किन धेरै दु:ख दिनु भनेर सिधै च्याङ्ग्रालाई - "ए मारोगी, तेरो बाउँलाई, मुर्गा बनाउन आट्या " भनेर गर्जे ।


च्याङ्ग्रा झन वाल्ल परेर - " के भन्छ यो जिमु, म चाँही झन तरुनी क्या कडा हगी, डर नै नमानी चिन्या झै कुरा गरी भन्न आट्या, यो भने मै माथि हुईकिन्छ बा "


-"जस्ले जे भने नि तरुनी चाँही जोली, रहेछ । सही हुनेछ दोस्रो भेट" भन्दै दङ्ग पर्‍यो - "बरु सुन भोली नि आउनु पर्छ अघी भने झै त्यही पूल पारी । अब नयाँ आँखडा बन्ने भयो त्यहाँ पनि,  क्रेडिट चलाऊनु पर्छ बुझिस "


हामी घर तिर लाग्यौ ।

Read Full Discussion Thread for this article