Posted by: aficionado April 20, 2009
Slumdog Millionaire कि स्टार बिक्रीमा
Login in to Rate this Post:     0       ?        
बहुचर्चित फिल्म Slumdog Millionaire कि बाल कलाकार रुबिना अली लाई बिक्रीमा राखिएको उनका बाबुले बताएका छन।  गरिबीको कारण आफ्नी ९ वर्षिया छोरीको भविश्य बिग्रने देखे पछी उनले यो निर्णय गरेको बताएका छन। मुम्बईमा बसोबास गर्दै आएका उनक बाबु Rafiq Qureshi ले उनलाई २ लाख पाउण्ड सम्म पाएमा अरु लाई दिने बताएका छन।

"म उनको भविश्य देखी धेरै नै चिन्तित छु। मेरो छोरीले अभिनय गरेको चलचित्र बाट उनीहरुले धेरै नै नाम र दाम कमाए तर हाम्रो लागी शुरुमा अलिकती पैसा दिनु सिवाय केही गरेनन। शुरुमा मुम्बईमा घर समेत दिन्छौं भनेका उनीहरुको सबै कुराहरु भनाई मा मात्र सिमित भयो" उनका बाबुले दुखेसो पोखे।

उनका दाजुले पनी यसमा सहमती जनाउदै भने, "अहिले मेरी बहिनी सामान्य बच्ची होईन यो ओस्कार अवार्ड विजेता हो त्यसैले हामीहरुले त्यसको बदला त्यसको बदला यती पैसा चाहान्छौं"।

ओस्कार अवार्ड विजेता डेनी बोयलको स्लमडग मिलेनियरले १८५ मिलियन पाउण्ड व्यापार गरे पनी त्यसको एकदमै सानो हिस्सा समेत आफुहरुले नपाएको गुनासो उनीहरुको छ।
Read Full Discussion Thread for this article