Posted by: superduper April 16, 2009
Why Nepali Girls Always Have to Dance in Hindi Music?
Login in to Rate this Post:     0       ?        
यो बिबाद कुनै नौलो बिबाद होइन, धेरै पाहिले देखि चल्दै आएको बिबाद हो| घर भित्र वा अन्य कुनै प्राइवेट पार्टी, कार्यक्रमहरु मा जुनसुकै भाषाको गीत गाए वा जुनसुकै भाषाको गीतमा नाचे पनि त्यों बिबाद को बिषय नबंला तर बिदेश को कुनै यूनिवर्सिटी मा आफ्नो देशको प्रतिनिधित्व गर्ने कार्यक्रममा नेपाली गीत मै नाच्ने वा नेपाली गीत नै गाउने गर्नु पर्छ भन्ने कुरामा कुनै पनि नेपालीको दुई मत नहोला| भनिन्छ, "जति टाडा रह्यो त्यति माया बद्छ", सायद येही कारणले होला नेपाल बाहिर रहने नेपालीहरु नेपाल र नेपालीपन प्रति बड़ी सम्बेदनशील हुन्छन् | यहाँ अधिकांस नेपाली ले कुनै न कुनै नेपाली फिल्म हेरेको हुन्छ वा नेपाली गीत मन पराएको हुन्छ; चिनो, बलिदान, दर्पण छाया, के घर के डेरा, बसंती, कागबेनी, जस्ता चलचित्र हरु मध्ये कुनै न कुनै हेरेकै होलान, नेपाली गीत संगीत सुनेकई होलान | देश भित्र को कुनै उद्योग को बिकाश हुन देशबासी ले तेस्को उपयोग र प्रोत्साहन दिनु पर्छ | यो कुरा सबै ले बुझी दिए नेपाल को बिकाश मा केही सहयोग पुग्ने थियो की? नेपाल रहे हामी नेपाली रहन्छौ, जब नेपाल नै नरहे हामी कहा नेपाली रहन्छौ त? आफ्नो देश लाई चिनाउनमा पछि नपरौ!!
नव बर्षको हार्दिक मंगलमय शुभकामना!!!
Read Full Discussion Thread for this article