Posted by: Slackdemic April 9, 2009
Kathmandu US Embassy's Hit and Run
Login in to Rate this Post:     0       ?        

अमेरिकी दूतावासको विरोध


From: Mysansar


 



राजतन्त्रमा राजपरिवारका सदस्य सडकमा सर्वसाधारणलाई गाडीले कुल्चेर बेवास्ता गर्दै हिँड्थे, गणतन्त्रमा अमेरिकी दूतावासका कर्मचारीहरुले त्यस्तै गर्न थालेछन्। गत मार्च ९ तारिखमा राजधानीको हात्तीसारमा राति करिब साढे नौ बजे सन्नी नकर्मी चढेको बा २७ प १४५७ नम्बरको मोटरसाइकललाई अमेरिकी दूतावासका कर्मचारी जेनिफर एल केरले चलाएको ६१ सीडी २५ नम्बरको गाडीले ठक्कर दिएर भागेछ। सुरुमा क्षतिपूर्तिको कुरा गरे पनि पछि भने दूतावासले जे जे गर्न सक्छौ गर भनेर चुनौति पो दिन थालेछ। बिचरा सन्नी भने राजधानीको एउटा नर्सिङ होममा बेहोस अवस्थामा छन् अझैसम्म पनि।


राजधानीको ब्लु क्रस नर्सिङ होममा कोमामा रहेका २० वर्षीय सन्नी नकर्मी। फोटो साभारः नेपालन्युज



अमेरिकी पारस ? यिनै हुन् जसले सन्नीलाई ठक्कर दिए। यो लाइसेन्स ट्राफिकले जफत गरेको थियो। तर पछि दबाबका कारण छाड्न बाध्य भएछ।


नकर्मीका परिवारजनले सन्नी नकर्मी जीवन संघर्ष समिति गठन गरी न्यायको लागि आवाज उठाउँदै छन्। यसै क्रममा उनीहरुले आज बबरमहलमा अमेरिकी दूतावासको विरोधमा यसरी प्रदर्शन गरेका थिए-

पुरानो बानेश्वरबाट सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वर, माईतिघर मण्डला हुँदै मैतीदेविमा पुगेर टुङ्गिएको थियो। फोटो सौजन्यः रासस


यही दुर्घटनाको कारण घाइते नकर्मीका पिताको आकस्मिक निधन भैसकेको छ। घाइतेकी आमाले दोषी उपर कडा कारबाही र क्षतिपूर्तिको माग गरेकी छन्। र्‍यालीमा सहभागीहरुले पहुँच र प्रभावका आधारमा परी कारवाही नगर्ने प्रवृत्तिको विरोध गरेका छन्।


दोषी उपर कारवाहीका लागि विभिन्न सञ्चारमाध्यमहरुले पटक–पटक खबर प्रसारण प्रकाशन गरे पनि ट्राफिक प्रहरी कार्यालय हुँदै हनुमान ढोका प्रहरी कार्यालयमा पुगेको यस घटनाको थप अनुसन्धान हुन सकेको छैन। आफन्त, मानवअधिकारवादी तथा केही विदेशी सम्मिलित र्‍यालीका सहभागीले चैत ३० गते सम्म यथोचित सुनुवाई नभए उपत्यका बन्द गर्ने चेतावनी दिएका छन्।


दूतावासले भने पीडितहरु मिडियामा गएकोमा रोष प्रकट गर्दै अब कानुनी लडाइँ नै लड्ने जवाफ दिएको स्रोत बताउँछ। कानुनी लडाइँमा गयो भने ट्राफिक प्रहरीले निकै फितलो रेकर्ड राखेका कारण दूतावास पक्ष नै विजयी हुने देखिने प्रहरी बताउँछ।



अमेरिकी राजदूत ज्यु, मतलबै नगर्ने यसरी ?






Read Full Discussion Thread for this article